logo

किरा भएको पानी बेच्ने दुगडब ग्रुपविरुद्ध उजुरी

उत्पादन रोक्का गरेर अनुसन्धान गर्छौं : महानिर्देशक गौचन

रोशन कार्की
काठमाडौं, मंसिर २०
एचसी दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको आक्वा हन्ड्रेडको सिलबन्दी बोटलभित्र किरा (साङ्ला) भेटिएको समाचार प्रकाशित भएपछि हदैसम्मको कारबाहीको माग राख्दै उक्त ग्रुपविरुद्ध सम्बन्धित सरकारी निकायमा उजुरी परेको छ । उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सो ग्रुपले लामो समयदेखि मिनिरल वाटरको नाममा बिक्री गर्दै आएको आक्वा हन्ड्रेड नामको पानीको बोटलभित्र खुला आँखाले देखिने किरा भेटिएसँगै आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको, गुणस्तरहीन पानीको बिक्री वितरण गर्दै आएको दाबीसहित सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग राख्दै उजुरी परेको छ । सो उजुरीपत्रमा खुला आँखाले प्रष्ट देखिने गरी किरा भएको भन्दै सो किरासहितको पानीका जार र बोटलहरु बजारमा बिक्री भइरहेकाले उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने हुँदा तत्काल सो कम्पनी सञ्चालकमाथि हदैसम्मको कारबाहीको माग राखिएको छ । विभागमा ९२९ नम्बरमा सो उजुरी दर्ता भएको विभागले जनाएको छ ।

सो समूहद्वारा उत्पादन गरेको पानीमा खुला आँखाले किरा देखिएपछि र बोटल सिलबन्द भएकाले तत्कालै उत्पादनमा रोक लगाई अनुसन्धान प्रक्रिया अगाडि बढाउने विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । महानिर्देशक गौचनले भने, ‘खुला आँखाले बोटलभित्र किरा (साङ्ला) देखिएपछि दुगड समूहले हेलचेक्र्याइँ गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको देखिन्छ, यथार्थ के हो सोबारे उत्पादनमा रोक लगाई अनुसन्धान गरेपछि मात्र थाहा हुने भएकाले हामी अनुसन्धान गरी कारबाही गर्नेछौँ ।’ सो समूहले उत्पादन गरेको ‘के ०१८ ब्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिने गरी किरा (साङ्ला) भेटिएको थियो । सो किरा भेटिएको बारे आर्थिक दैनिकले बुधबारको अंकमा ‘दुगड ग्रुपको आक्वा हन्ड्रेड मिनरल वाटरमा किरैकिरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि सोही समाचारको आधारमा विभागमा उजुरी परेको विभागले जनाएको छ । सो कम्पनीले १४–११–२०१८ मा १४ बजेर ४१ मिनेटमा प्याक गरिएको अधिकांश बोटलमा कैफियत रहेको अनुमान उपभोक्ताहरुले गरेका छन् । बजारमा खुद्रा पसलमा खरिद गरिएको सो पानीको बोटलभित्र साङ्ला भेटिएपछि पटक–पटक सो कम्पनीका आधिकारिक व्यक्तिसँग सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेन । नेपालको आफ्नो, नेपालमा बनेको भन्ने नारा लेखेर बजारमा पठाएको सो पानी आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपले उत्पादन गर्दै आएको सो ग्रुपको वेबसाइटमा उल्लेख गरिएको छ ।

सो समूहको ल्याण्डलाइन नम्बरमा फोन गर्दा कुनै पनि कर्मचारी तथा सो ग्रुपका आधिकारिक व्यक्ति सम्पर्कमा आउन चाहेनन् । लामो समय आफूलाई सो समूहको आधिकारिक व्यक्ति भएको बताउने चन्द्रमणि घिमिरेले पनि गैरकानुनी जवाफ दिँदै फोन लाइन काटेका थिए । पटक–पटक फोन गरेपछि घिमिरेले ‘हामी बिजी छौँ, कुनै पनि कुराको जवाफ दिएर बस्न हामीसँग समय छैन, पत्रकारले सोधेको कुराको जवाफ दिएर बस्नुभन्दा पनि हामी काम गर्ने कम्पनी हो, अहिले मेरो मिटिङ छ, फुर्सद छैन’ भन्दै फोनलाइन काटेका थिए । खाद्य ऐन २०७५ को दफा १८ ‘ग’मा उल्लेख भएको उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्नेको कसुर दफा १८ विपरीत हुने गरी काम गरे वा गराएमा कारबाही हुने विभागले जनाएको छ । सरकारी कार्यालयदेखि प्रधानमन्त्री निवास बालुवाटारदेखि राजधानीको सर्वसाधारण जनतादेखि पाँचतारे होटलमा सो पानीको प्रयोग हुँदै आएको छ । सर्वसाधारण जनताहरूलगायत अत्यधिक विदेशीहरूको चाप रहने राजधानीमा अहिले खानेपानीको अभावलाई पूर्ति गर्ने बहानामा एचसी दुगड ग्रुपले मन्दविष नै बेचेको आरोप उपभोक्ताहरुको रहेको छ ।

अन्य मिनिरल वाटर उद्योगभन्दा अत्यधिक महंगो मूल्य राखेर बजार पठाएको आक्वा हन्ड्रेड नामको सो पानीका बोटल र जारको पानी गुणस्तरहीन रहेको आशंका विभागले समेत गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि सो कम्पनीमाथि कारबाही हुने जनाएको छ । पिउनको लागि सजिलो र स्वस्थकर भएको झूटो प्रचार गर्दै महंगोमा पानी बिक्री गर्ने सो समूहले सिलबन्द बोतलभित्र रहेको किराको सम्बन्धमा भने केही बोलेको छैन । बालाजु औद्योगिक क्षेत्रभित्र सो ग्रुपको फ्याक्ट्री स्थापना गरेर दैनिक हजारौँ बोतल तथा जारहरू उत्पादन गर्दैै आएको कम्पनीबाट उत्पादन भएको उक्त मिनरल वाटरको बोतलभित्र किरासहित भेटिएको थियो । प्रशोधित पानीमा किरा भेटिएपछि उपभोक्ताको ज्यानसँग खेलबाड गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने उपभोक्तावादीहरुको भनाइ छ । सरकारी निकायबाट अधिकांश पानीका उद्योगले खानेपानी उत्पादनमा न्यूनतम मापदण्ड समेत पूरा नगरेको प्रतिवेदन खानेपानीमन्त्री बिना मगरसमक्ष समेत बुझाएको थियो ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा युवकको मृत्यु

धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको...

वन्यजन्तु शिकारी पक्राउ

थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका...

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै