logo

वाइडबडीको कथाव्यथा–९

आर्थिक खोज
नेपाल सरकारको आर्थिक वर्ष २०७१/०७२ को वार्षिक बजेट वक्तव्यमा नेपाल वायुसेवा निगममा विमानहरु थप गरी आगामी पाँच वर्षमा आन्तरिक उडानतर्फ १५ वटा र अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाज सञ्चालनमा ल्याउने उल्लेख भएको थियो । नेपाल सरकारको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक बजेट वक्तव्यमा नेपाल वायुसेवा निगममा थप जहाजहरु ल्याउने प्रक्रिया सुरु गरिनेछ भन्ने उल्लेख भएको थियो । नेपाल सरकारको, तत्काल सुधार कार्ययोजना २०७२ मा ‘अन्तर्राष्ट्रिय उडान सेवा विस्तार तथा विदेशी वायुसेवा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न तथा आन्तरिक उडानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल वायुसेवा निगमले आवश्यकताअनुसार विमानहरु खरिद गरी सञ्चालनमा ल्याउने’ उल्लेख भएको थियो । नेपाल वायुसेवा निगमको तीन वर्षे सुधार कार्ययोजना २०७२ अनुसार २०७२ फागुनभित्र दुईवटा वाइडबडी विमान खरिदको लागि बोलपत्र (आरएफपी डकुमेन्ट) तयार पार्नुपर्ने उल्लेख भएको थियो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा ‘आगामी आर्थिक वर्षमा दुईवटा वाइडबडी विमान खरिद गर्ने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख भएको थियो । नेपाल सरकार (उपप्रधान तथा अर्थमन्त्रीस्तर)को मिति २०७३/०५/२९ को निर्णयबाट नेपाल वायुसेवा निगमलाई २ थान वाइडबडी वायुयान खरिदका लागि ऋण तथा जमानत ऐन २०२५ को परिधिभित्र रही नेपाल सरकार उक्त ऋणको लगानीमा जमानत बस्ने निर्णय भएको थियो । २०७३ साल माघ ३ गतेको निगमको सञ्चालक समितिको बैठकले ‘एमओडी’ स्वीकृत गर्न शिशिर ढुंगानाको संयोजकत्वमा चार सदस्यीय कमिटी बनेको थियो । त्यसमा बुद्धिसागर लामिछानेर टेकनाथ आचार्य सदस्य थिए । महाप्रबन्धक सुगतरत्न कंसाकार सदस्यसचिव थिए । अरु कमिटीको तत्कालीन संयोजक हाल राजस्व सचिव छन् । २०७३।११।२६ गतेको शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको निगमको बैठकले ए–३३०–२०० विमान खरिद सम्झौताको मस्यौदा गर्न बुद्धिसागर लामिछानेको संयोजकत्वमा छ सदस्यीय कमिटी गठन गरेको थियो । त्यसमा मुक्तिराम पाण्डे, निमानुरु शेर्पा, अच्यूतराज पहाडी, सुगतरत्न कंसाकार सदस्य र पारस पौडेल सदस्यसचिव रहेका थिए । मिति २०७३/१/२ को निगम सञ्चालक समितिको बैठकले विमान खरिद कार्य अघि बढाउन नियमानुसार सञ्चालक समितिका सदस्यको संयोजकत्वमा चार सदस्यीय वाइडबडी विमान खरिद उपसमिति गठन गरेको थियो । त्यसमा संयोजक सूर्यप्रसाद आचार्य, सदस्यहरुमा निमानुरु शेर्पा, रमेश बहादुर शाह र रामहरि शर्मा थिए ।

उक्त उपसमितिले निगम सञ्चालक समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । सो प्रतिवेदनको आधारमा दुईवटा वाइडबडी विमान खरिदका लागि आरएफपी डकुमेन्ट, व्यापारिक योजना कार्यान्वयनको कार्यतालिका, बोलपत्र (रिक्वेस्ट फर पर्पोजल)आह्वानको लागि प्रकाशित गर्ने सूचनाको ढाँचा, संशोधित तीन वर्षे कार्ययोजनालगायत पेस गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै निगम व्यवस्थापनले दुईवटा विमान खरिदको लागि तयार गरेको ‘एष्टिमेटेट ए३३० डेलिभरी प्राइस इन २०१७’ अनुसार प्रतिविमान लागत अनुमान ११ करोड ८१ लाख ६३ हजार ७ सय ७३ अमेरिकी डलर रहेको थियो । मिति २०७३/६/७ मा बसेको सञ्चालक समितिको बैठकले जहाज खरिद गर्ने प्रयोजनका लागि व्यवस्थापनबाट प्रस्तुत आरएफपी (रिक्वेष्ट फर पर्पोजल)लाई स्वीकृत गरी रोल्स रोयस त्ग्रेन्ट ७७२बी इन्जिन जडान भएको दुईवटा वाइडबडी विमान ए३३०–२०० खरिद गर्न अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरी सार्वजनिक सूचना प्रकाशित गर्न व्यवस्थापनलाई स्वीकृति दिएको थियो । मिति २०७३/६/१० मा दुईवटा वाइडबडी विमान ए३३०–२०० खरिद गर्न नेपालका विभिन्न अंग्रेजी दैनिक पत्रिका, निगमको वेबसाइटमा सार्वजनिक सूचना आरएफपीप्रकाशित भएको र सोको जानकारी नेपालस्थित विभिन्न कूटनैतिक नियोगहरुमा तथा विदेशस्थित नेपाल राजदूतावासमा गराउन परराष्ट्र मन्त्रालयमा समेत पत्राचार गरिएको थियो ।

सार्वजनिक सूचनाअनुसार तोकिएको म्यादभित्र विभिन्न मुलुकका ११ वटा बोलपत्रदाताहरुबाट प्रस्ताव प्राप्त भएको थियो । प्राप्त प्रस्ताव मूल्यांकन गर्न ११ सदस्यीय मूल्यांकन समिति गठन भएको संयोजक रमेश बहादुर शाह, सदस्यहरुमा रामहरि शर्मा, क्याप्टेन रवीन्द्र कुमार शेरचन, जनकराज कालाखेती, प्रभास कुमार कर्माचार्य, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, क्याप्टेन सोहन रिजाल, पारस पौडेल, उमेश पौडेल, सदस्यसचिव बृहतमान तुलाधर थिए । उक्त मूल्यांकन समितिले नियमानुसार प्राप्त प्रस्ताव मूल्यांकन गरी सुझावसहितको आफ्नो प्रतिवेदन महाप्रबन्धकलाई २०७३ पुस २ मा बुझाएको थियो, जसमा आरएफपीको शर्त पूरा भएको र कम मूल्यमा नयाँ विमान उपलब्ध गराउने गरी प्रस्ताव पेस गरेको एएआर कर्पो.सँग विमान खरिद सम्झौता गर्न सिफारिस गरिएको थियो । सञ्चालक समितिको निर्णयबमोजिम मिति २०७३/१०/२ मा एएआर कर्पो.लाई निगम व्यवस्थापनले विमान खरिदसम्बन्धी आशयपत्र जारी गरेको थियो । तत्पश्चात् समितिले एयर कर्पोसँग एमओयू गर्न व्यवस्थापनलाई स्वीकृति दिएको थियो र व्यवस्थापनबाट एमओयू भएको थियो । सञ्चालक समितिको मिति २०७३/१२/२५ को निर्णयबाट दुईवटा बाइडबडी ए३३०–२०० जहाज खरिद गर्न खरिद सम्झौता (एसपीए) तथा एस्क्रो अग्रिमेन्टको मस्यौदामा हस्ताक्षर गर्न महाप्रबन्धकलाई स्वीकृति दिने निर्णय गरिएको थियो र तत्पश्चात् व्यवस्थापनले खरिद सम्झौता गरेको थियो ।

सेल एण्ड पर्चेस अग्रिमेन्टबमोजिम निगमले बिक्रेतालाई रकम भुक्तानी गरेको थियो । यी दुवै जहाजको स्वामित्व र सञ्चालन निगमको रहेको छ । पहिलो वाइडबडी विमान ए३३०–२००, ९एन–एएलवाई अन्नपूर्ण मिति २०७५/३/१४ (२८ जुन २०१८) मा फ्रान्सको टुलुजबाट त्रि.अ.वि., काठमाडौंमा अवतरण गरेको र पहिलो व्यावसायिक उडान १ अगष्ट २०१८ मा कतारको दोहाबाट सुरु गरेको थियो । दोस्रो वाइडबडी विमान उ३३०–२००, ९एन–एएलजेट मकालु मिति २०७५/४/१० (२६ जुलाई २०१८) मा फ्रान्सको टुलुजबाट त्रि.अ.वि., काठमाडौंमा अवतरण गरेको र पहिलो व्यावसायिक उडान २४ अगष्ट २०१८ मा थाइल्याण्डको बैंककबाट सुरु गरेको छ । दश वर्षपहिले निगमले छवटा विमान खरिद प्रक्रिया मिति २०६५/९/११ देखि सुरु गरिएको र अन्तिम अवस्थामा पुगिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धानले मिति २०६७/९/९ मा हालेको मुद्दा सम्बन्धमा तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश स्व. भरतराज उप्रेतीको सर्वोच्च अदालत संयुक्त इजलासले मिति २०६९/१/१२ मा गरेको फैसलामा उल्लिखित केही वाक्यहरु मुलुकको विकास निर्माणको दृष्टिकोणले निकै महत्वपूर्ण भएको धेरै वकिलहरुको भनाइ छ।

उक्त फैसलाको केही अंशहरु (सार्वजनिक जवाफदेही पदमा रहेका हरेक राष्ट्रसेवकहरुसँग कानुनसंगत व्यवहार र इमानदारिताको अपेक्षा गर्नु स्वाभाविक हुन्छ। त्यसको अतिरिक्त पदीय जिम्मेवारी पूरा गर्नसक्ने व्यावसायिक क्षमता, दूरदर्शिता, नेतृत्व गुण आदि कुराहरुको पनि अपेक्षा गरिएको हुन्छ।.....व्यापारिक निर्णयहरु नियमित, प्रशासकीय निर्णयहरुभन्दा भिन्न र आवश्यकताअनुसार तत्कालै र जोखिम लिएर भए पनि निर्णय गर्नुपर्ने हुनाले राष्ट्रसेवकहरुलाई तोकिएको जिम्मेवारीको प्रकृतिअनुसार उनीहरुको कामको मूल्यांकन गर्नुपर्ने हुन्छ।........वायुसेवा निगमका लागि आवश्यक रहेका विमान खरिद गर्ने प्रयोजनको लागि वायुसेवा निगम र राष्ट्रकै लागि समेत आवश्यक ठानिएका कारण विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाई सो सम्बन्धमा आवश्यक निर्णय गर्दा निश्चय नै तत्कालका विकल्पहरुमध्ये उत्तम विकल्प छानिने र विकल्प चयन गर्दा असल नियतले निर्णय गर्ने कुराहरु वाञ्छनीय हुन आउँछ नै।.....खराब नियत र भ्रष्टाचारमा संलग्न भएको भन्नलाई वस्तुतथ्यले अन्यथा देखिन आएमा बाहेक हरेक करारीय शर्तमा भ्रष्टाचारको आरोप लगाउन हुँदैन।.......अधिकारप्राप्त अधिकारी वा निकायहरुले हमेसा कानुनसंगत र व्यावसायिक हिसाबले सही निर्णय गर्नुपर्ने आमअपेक्षा भए पनि कोही कसैको कुनै निर्णयमा कुनै प्रशासनिक वा होसियारीसम्बन्धी कुनै त्रुटि औंल्याउनेबित्तिकै त्यसलाई अपराधीकरण गर्नु वा त्यस्तो गर्ने सोचले बढावा पायो भने अन्ततः सही नेतृत्व लिने व्यक्तिको पलायन हुने खतरा बढेर जान्छ।.....व्यवस्थापकको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूला–ठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजमा पुँजी हुन् भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ र विधिसंगत निर्णय लिने सोच सबैमा हुन जरुरी छ।’ (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दुर्घटनामा युवकको मृत्यु

धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको...

वन्यजन्तु शिकारी पक्राउ

थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका...

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै