logo

लैंगिक हिंसाविरुद्धको अभियानमा हाम्रो प्रतिबद्धता

न्हुंछेनारायण श्रेष्ठ
प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपाललगायत विश्वभरि मनाउने गरिएको छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि निरन्तर रुपमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रमहरु गरी अभियान मनाउन थालिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०७५/८/२ को बैठकले २०७५ मंसिर ९ गते देखि २४ गतेसम्म सचेतना सहित लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार नेपालमा लैंगिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार भन्ने नाराका साथ विविध कार्यक्रमहरु गरी मनाउने निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने आवश्यकता रहेको छ । नेपाल सरकारका मन्त्रालय, संघीय सरकारका मन्त्रालय तथा निकायहरु, सातवटै प्रदेश सरकार ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु, विद्यालय, सामाजिक संघ–संस्थाहरुलाई सो दिवस भव्यताका साथ मनाउनका लागि सरकारले सार्वजनिक रुपमा आह्वान गरिसकेको परिप्रेक्ष्यमा हामी सबै एकजुट भई महिला हिंसा विरुद्धको अभियानलाई सार्थकता प्रदान गर्नु आवश्यकता रहेको छ ।

त्यसो भन्दैमा यो दिवसको औचित्यलाई कम आँकलन गर्न सकिँदैन । नेपाल सरकारले महिला र बालबालिकाहरुप्रति हुने हिंसा, दुव्र्यवहार न्यूनीकरणका लागि पाठ्यपुस्तक, सञ्चार माध्यमबाट विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु भने नगरेको होइन ।
नेपालमा वर्षेनी महिलामाथि हुने हिंसा, घरेलु हिंसा न्यूनीकरणका लागि सर्वप्रथम महिला स्वयं जागरुक र चनाखो हुनुपर्दछ । आफू अन्यायमा परी–परी पनि आफ्नो श्रीमान् र समाजको इज्जत जान्छ भनेर चुप लागेर बस्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको छ । कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने जस्तै चुप लागेर बस्नेलाई न्यायालयले न्याय दिनसक्दैन अतः आजैबाट महिला हिंसाको सशक्त रुपले विरोध गरौं । यस वर्षको नारामा भनिएझैं नेपालमा लैगिक हिंसा अन्त्य हुनुपर्दछ, यो कसैलाई स्वीकार्य हुने विषय हुनैसक्दैन यसको अन्त्य तपाईं हामी सबै गोलबन्द भई, एकत्रित भई आफैं बाट सुरु गर्नुपर्ने अपरिहार्य भइसकेको छ । नारी शक्ति र बालबालिकाहरुप्रति हामी सबै कृतज्ञ हुनुपर्दछ । आजको बालबालिकाहरु नै भोलिका कर्णधार हुन् त्यसैले तिनलाई संविधानप्रदत हकाधिकार, जन्मसिद्ध अधिकारहरु प्रदान गर्नका लागि कुनै कन्जुस्यार्ईंं गर्नुहुँदैन । बालबालिकाहरुलाई उचित शिक्षादीक्षा, मनोरञ्जन दिनु राज्यको कर्तव्य हो तर आजभोलि समय र प्रविधि सँगसँगै महिला तथा बालबालिकाहरु परिवर्तन भएका छन् । फेसबुक, इमेल, इन्टरनेटले गर्दा उनीहरु सक्षम मात्रै होइन नराम्रो कुसंस्कारको समेत रोगी र सिकार बन्न पुगेका छन् र तिनकै कारणले उनीहरु सानै उमेरमा बलात्कृत बन्न पुगेका छन्, अनाहकमै बन्धक, अपहरण र मृत्युवरण समेत गर्न पुगेका छन् । यसतर्फ हामी सबैको ध्यान आवश्यक रहेको छ । 

नेपाल सरकारले नेपालमा सरकारले २५ तारीखका दिनमहिला हिंसाविरुद्ध अभियान दिवसको रुपमा मनाउने निर्णय गर्नुले सरकार महिला हिंसा विरुद्ध छ, महिला प्रति सकारात्मक छ भन्ने प्रस्ट नै हन्छ । सरकारले महिला हिंसाविरुद्धको अभियानमा विगतका वर्षहरुदेखि नै विभिन्न प्रतिबद्धता र कार्यक्रमहरु ल्याएता पनि कार्यक्रम प्रभावकारी रुपमा लागू हुननसक्नु र लक्षित वर्गको पहुँचमा नपुग्दा दिनहुँ जस्तो महिला हिंसा र बालबालिकाहरुप्रति हिंसा हुने क्रम रोकिन सकिरहेको छैन । महिला हिंसा पीडितहरुले आफू अन्यायमा परी न्यायको माग गर्दा समेत समयमै न्याय नपाउने, जबर्जस्ती रुपमा सुरक्षा निकायले मिलापत्र गरिदिने, डर, धाक धम्की, प्रलोभन देखाई गाउँमै मिलापत्र गरिदिने गलत परम्पराले गर्दा अझै पनि वास्तविक रुपमा महिला हिंसाका घटनाहरु सार्वजनिक हुनसकिरहेका छैनन् । 

धेरै वर्षदेखि महिला अभियन्ताहरु म्हिला हिंसा विरुद्ध लागिरहेका छन् तर पनि महिला हिंसा हुने क्रम घट्न सकिरहेको छैन । कार्यक्रम तर्जुमा गरेर विविध कार्यक्रमहरु गरिरहँदा अहिले पनि मुलुकका विभिन्न स्थानहरुमा महिलामाथि हुने दुर्व्यवहार बढ्नु दुःखद विषय हो । नेपालको संविधान २०७२ ले महिलाहरुलाई ३३ प्रतिशत हकाधिकार प्रदान गरेको छ र सोहीबमोजिम महिलाहरुले हाल सरकारका उच्च पदहरु राष्ट्रपति राष्ट्र प्रमुखलगायत केन्द्र, प्रदेश र स्थानीय सरकारमा समेत उल्लेख्य उपस्थिति रहेको छ । हरेक दिन मुलुकका विभिन्न स्थानहरुमा लैंगिक हिंसाविरुद्ध विधि घटनाहरु एकपछि अर्को गर्दै घटिरहेका छन् । साढे तीन महिनाअघि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो तर अहिलेसम्म पनि सरकारले हत्याराहरु पत्ता लगाउन सकिरहेको छैन भने राजधानीको गोकर्णेश्वरमा दुई जनाबाट एक बाह्र वर्षकी बालिका सामूहिक बलात्कार भएकी छिन् तराईमा अझ बलात्कारका घटना दिनदिनै बढी नै रहेका छन् ।

यी तथ्यहरु हेर्ने हो भने बालबालिकाहरु अझै सुरक्षित छैनन्, राज्यले दिने शान्तिसुरक्षामा गहिरो प्रश्न चिह्न उब्जेको छ । त्यस्तै गरी रुट परिवर्तन गरी चेलीबेटी बेचबिखन गर्नु, बलात्कार, हत्यालगायत विभिन्न घटनाहरु दिनदहादै घटिरहेका छन् । महिला भएकै कारण यति ठूलो सजाय किन र कसका लागि? रगत सबैको रातै हुन्छ । छोरा र छोरी एकै हुन तापनि विभेद किन ? नेपाल सरकारले घटनाका दोषीहरुलाई चाँडोभन्दा चाँडो सार्वजनिक गरी कानुनी कठघरामा उभ्याउन कुनै कसुर बाँकी राख्नु उपयुक्त हुँदैन । आधुनिक नेपाली समाजमा महिला सम्बन्धित विभिन्न समस्याहरु रहेको पाइन्छ । यसको समाधानको लागि कानुनी एवं व्यवहारमा एकरुपता ल्याउनुपर्ने देखिन्छ  । महिलाहरुको समस्या समाधानको लागि मूलत कानुनमा संशोधन गरिनुपर्दछ तर त्यस्ता कानुनहरुबाट मात्र महिलाको हक अधिकारको रक्षा हुन्छ भन्ने कुरामा ढुक्क हुन्छ भन्ने स्थिति रहेको पाइँदैन । महिलासँग सम्बन्धित हिंसा वा मुद्दाहरु महिला स्वयंले नै चुपचाप सहने हुनाले त्यस्ता कुराहरु समाजमा लुकेर नै बसेका हुन्छन् । महिलाहरुलाई समाजले हेर्नै दृष्टिकोण नराम्रो भएको हुनाले आफूमाथि नतिसुकै अन्याय भए पनि सकभर त्यस्ता कुरा महिलाहरु सार्वजनिक गर्न चाहदैनन् । यसैकारण महिलामाथिको अन्याय अत्याचार र शोषणले पराकाष्ठा लिंदै आएको अनुमान गर्नसकिन्छ  । नेपालमा वि.सं. २०२१ को मुलुकी ऐन खारेज गरी मुलुकी देवानी र फौजदारी आचारसंहिता आएको छ । यस संहिताका थुप्रै प्रावधानहरुमा महिलाहरुको हकाधिकारका पक्षमा रहेका छन् । अहिले सो आचारसंहिता कार्यान्वय भइसकेको छ तर विडम्बना कानुन संशोधन भएको बारे अझैसम्म पनि आम नागरिकहरुलाई थाहा हुनसकिरहेको छैन ।

त्यस्तै गरी संविधानको मौलिक हकअन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिंगको आधारमा भेदभाव गरिनेछैन भन्ने व्यवस्था लगायत नेपालका विभिन्न ऐन, कानुनहरुमा भएका व्यवस्थाहरु, प्रावधानहरु बारे महिला तथा बालबालिकाहरु अनविज्ञ नै रहेका कारण उनीहरुले समयमै न्यय पाउन पछि परेको सहजै अनुमान लगाउन सकिन्छ । पछिल्लो समय विश्वका विभिन्न देशलगायत नेपालमा समेत महिलाहरु आफूमाथि भएको हिंसाको खुलेर आउने प्रयास मी टु (म पनि) भन्ने अभियानका साथ अगाडि बढिरहेका छन् यसप्रैकारको कार्यलाई हामी सबैले सकारात्मक रुपमै लिइनुपर्दछ तर बर्षौं पहिले घटेका घटनाहरुलाई गुम्स्याएर चुपचाप सहने र अहिले आएर सार्वजनिक गर्दा वास्तविक दोषी, प्रमाणहरु नष्ट भइसकेका हुन्छन् । मी टु अभियानको सकारात्मक र नकारात्मक पक्ष दुवै होलान् तर पनि अहिले महिलाहरुमा आएको यस किसिमको परिवर्तनलाई सकारात्मक रुपमै लिइनुपर्दछ । महिलाविरुद्ध हुने हिंसाको कुर्नै न कुनै तवरबाट घटना सार्वजनिक हुनुपर्दछ र घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउनै पर्दछ तर यो अभियान कसैको नैतिक आचरण, रिसइवी साट्ने कार्यमा मात्रै प्रयोग हनु कदापी हुँदैन । अहिले राजधानी लगायत मुलुकका विभिन्न स्थानहरुमा दिनदहादै हत्या, हिंसा, बलात्कारका घटनाहरु दिनदहादै घटिरहेका छन् यस्ता घटना घट्न नदिन जनचेतनाको खाँचो रहेको छ । खासगरी महिलाविरुद्ध घरेलु हिंसा निम्त्याउने प्रमुख कारण दाइजो, मादक पदार्थ, जुवातास, परस्त्री राख्ने, बालविवाह, बहुविवाह आदि नै प्रमुख कारक तत्व रहेका छन् ।

महिलाहरुलाई खासगरी हाम्रो देशका कतिपय दुर्गम स्थानमा छोरीलाई विदेशमा काम गर्न पठाउने, बेच्ने कार्य पुरुषहरुले गर्ने गर्दछन् । यस्ता कार्यलाई निरुत्साहित गर्न राज्यले विशेष भूमिका खेल्नुपर्दछ । रोजगारीको अवसर शिक्षाको अवसर पर्याप्त मात्रामा दिनुपर्दछ । आर्थिक रुपमा सक्षम बनाउनुपर्दछ । त्यस्तै हाम्रो देशका विभिन्न स्थानहरुमा चेलीबेटी बेचबिखनका सन्दर्भहरु पनि भेटिएका छन् । आर्थिक प्रलोभनमा पारी आफ्नै छोरी, स्वास्नीलगायत गाउँघर छरछिमेकका दिदीबहिनीहरुलाई विदेसमा लगी बेचबिखन गरी नारकीय जीवन बिताउन बाध्य पारिएका हुन्छन् । यस्ता गैरकानुनी कार्य गर्नेहरुलाई हदैसम्मको सजाय दिनुपर्ने हो तर भएका कानुनहरु फितलो भएकोले कारबाही नाम मात्रको हुनपुगेको देखिन्छ । मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि जनचेतना, शिक्षालगायतका क्षेत्रहरु अगाडि बढाउनुपर्दछ र कडाभन्दा कडा कानुनी व्यवस्था हुन जरुरी देखिन्छ । महिलासँग सम्बन्धित समस्याहरुमा घरेलु हिंसा र चेलिबेटी बेचबिखन, शैक्षिक, आर्थिक, राजनैतिक, शारीरिक, कानुनी, आमसञ्चार माध्यम, धार्मिक समस्या, पारिवारिक समस्या र अन्य विविध समस्याहरु रहेको हामी पाउँदछौँ । महिलाविरुद्ध भेदभावपूर्ण कानुनहरु, विद्यमान संयन्त्रको प्रयोग नहुनु, सीमित क्षेत्रमा मात्र विशेष व्यवस्थाहरु, समानताको सिद्धान्तको अवधारणागत स्पष्टताको अभाव, विभेदित स्थितिको मूलकारण औंल्याउन नसकिएको र निर्णयक तहमा न्यून महिला सहभागिता नै नेपाली महिलाहरुको समस्याहरु हुन् । महिलाविरुद्ध हुने हिंसाको अन्त्यका लागि महिलाहरुलाई सक्षम स्वावलम्बी बनाउनुपर्दछ र यसको लागि विशेष किसिमको नीति निर्माण गर्नुपर्दछ ।

साथै महिलाहरु सक्षम, जागरुक र शिक्षित हुनुपर्दछ । जसको लागि महिलालाई उचित शिक्षा र कानुनी उपचारको व्यवस्था गरिनुपर्दछ । योग्यता तथा दक्षता भएका महिलाहरुको लागि राज्यले विशेष अवसर प्रदान गर्नुपर्दछ । राज्यले विभेदकारी कानुनलाई अन्त्य गर्दै समानतामा आधारित कानुन निर्माण गर्नुपर्दछ र परस्परमा बाझिने कानुनलाई अविलम्ब संशोधन गर्नुपर्दछ । महिलाहरुको क्षमता अभिवृद्धि, दक्षतावृिद्ध आदि कार्यक्रमहरुको निर्माण गरी गाउँदेखि केन्द्रसम्म लागू गर्नुपर्दछ । महिलामाथि हुने हिंसाहरुको अन्त्यका लागि राज्य संयन्त्रबाटै पहल गरिनुपर्दछ । विभिन्न समयमा गरिएका महिलासँग सम्बन्धित सम्झौता वडापत्रमा गरिएका व्यवस्थालाई अक्षरशः पालना गरिनुपर्दछ । विश्वसामु नेपाललाई अझ चिनाउनको लागि ऐन, नियम, कानुनहरुको पालना गरी अघि बढ्नुपर्दछ । महिलाहरुको हकहितका लागि नागरिक समाज, राजनीतिक दल, शिक्षक, विद्यार्थीलगायत स्वयं महिलाहरु मिली एकताबद्ध भई लाग्नुपर्दछ आजको आवश्यकता रहेको छ । महिला हिंसाविरुद्ध राष्ट्रकै कलंक भएकोले यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने आवश्यकता रहेको छ यसतर्फ निकायको चाँडै ध्यान पुगोस् ।  (आर्थिक  दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै