logo

खेल सङ्घको विवाद समाधान गर्न समिति

काठमाडौँ, मङ्सिर १९
युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको समिति गठन गरेको प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिएका छन् । आठौँ राष्ट्रिय खेलकूद तथा १३आँै दक्षिण एशियाली खेलकूद प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमासमेत एउटै खेलको दुईवटा सङ्घ हुँदा समस्या परेको भन्दै मन्त्रालयको दुई सङ्घबीच वार्ता र समन्वय गरी एउटै सङ्घ बनाउन पहल गर्न समिति गठन गरिएको हो । अहिले कराँते, जिम्न्यास्टिक, तेक्वान्दोलगायतका खेल सङ्घमा विवाद छ । समितिलाई एक महिनाभित्र ती सङ्घका विवाद समाधान गरी प्रतिवेदन मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ । मन्त्रालयबाट अधिकार पाएपछि उपाध्यक्ष तिम्सिेनाले अहिले सात मुख्य सङ्घमा विवाद देखिएको बताउँदै त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एउटै प्रकृतिका खेल सङ्घ भिन्नभिन्न हुँदा खेलाडीलाई पनि अप्ठेरो परेकाले समस्या समाधान गर्न मन्त्रालयले आफूलाई जिम्मेवारी दिइएको उल्लेख गरे। तिम्सिनाले अहिले खेलकूद क्षेत्रमा लगानी मात्रै भइरहेको तर प्रतिफल भने नआएको बताउँदै खेलकूदको लगानी बालुवामा पानी सरह भएकाले यसलाई सुधार गर्नुपर्ने उल्लेख गरेका छन्। यसअघि पनि चारवर्ष परिषद्मा उपाध्यक्ष भइसकेका तिमिल्सिना सङ्घको विवादबारे जानकार छन् । उनले भने, “हरेकजसो खेल सङ्घमा विवाद गरेर फरक÷पmरक अस्तित्वका दुई सङ्घ भएकाले सबैलाई मिलाएर न्यायसङ्गत तरिकाले समाधान गर्छु ।” जिम्मेवारी पाएलगत्तै समितिको पहिलो बैठक आज मन्त्रालयमा बसेको छ । समिति सदस्य एवं प्रवक्ता न्यौपानेले भने, “आज हामी पहिलो बैठक बसेका छौँ, केही ठोस् योजना अगाडि ल्याउँछौँ ।” सङ्घमा विवाद बढ्दै गएपछि दुई दिनअघि राखेपले आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने चेतावनी दिँदै जिल्ला छनोट समेत रोकेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

इपिएल : भैरहवा प्लेअफमा

भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताको...

महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ ।...

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै