logo

गहुँ बीउको अभावले किसान समस्यामा

वीरगञ्ज, मङ्सिर १९
प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ । पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा किसानले गहुँ खेती गर्दै आइरहेको र यसको लागि ८४ मेट्रिक टन बीउ मात्र उपलब्ध भएको थियो । उक्त बीउ वितरण भइसकेको छ । केन्द्रका प्रमुख डा यादवले राससलाई भने, “पर्साको लागि अब तीन हजार मेट्रिक टन बीउको आवश्यकता रहेकाले बाँकी बीउ चाँडै आउने सम्भावना छ ।” प्रदेश नं २ को सरकारको निर्णयअनुसार किसानलाई ४० प्रतिशत अनुदानमा सात वटा डिलरमार्फत बीउ वितरण गरेको छ । डिलरले बीउमा कालोबजारी नगरोस् भनेर कृषि प्राविधिकको रोहबरमा बीउ वितरण गरिएको छ । प्रतिकिलो ६५ रुपैयाँ ५० पैसा पर्ने बीउमा ४० प्रतिशत अनुदान दिएर किसानलाई प्रतिकिलो ४३ रुपैयाँ ५५ पैसामा वितरण गरिएको छ । केन्द्रको सिफारिशमा डिलरले राष्ट्रिय बीउबिजन कम्पनी हेटौँडाबाट उन्नत जातको बीउ ल्याएर वितरण गर्ने गरेको छ । किसानको सुविधालाई ध्यानमा राखी केन्द्रले सदरमुकाम वीरगञ्जको तीन ठाउँ र ग्रामीण क्षेत्रका पोखरीया, महुवन, सेढवा र बिरुवागुठीमा डिलरमार्फत सो बीउ वितरण गर्दै आइरहेको छ । हाल अनुदानको गहुँको बीउ अभाव भएपछि गहुँ खेती गर्ने किसानले बजारमा पाइने बीउ खरीद गरी खेती गर्न बाध्य भएका छन् ।

पर्सामा रु ४६ करोड बढीको धान उत्पादन
अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु ४६ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको १९ हजार १० मेट्रिक टन धान बढी उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र पर्साका अनुसार अघिल्लो वर्ष किसानले ४७ हजार ३६० हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा प्रतिहेक्टर ४।४ मेट्रिक टन अर्थात् दुई लाख आठ हजार ४० मेट्रिक टन धान उत्पादन गरेको थियो । तर, यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी प्रतिहेक्टर ५।०५ मेट्रिक टन अर्थात् दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेको छ । यस वर्ष ९।१२ प्रतिशतको हिसाबले धान उत्पादन बढ्न गएकाले पर्साका किसानले रु ४६ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको १९ हजार १० मेट्रिक टन बढी धान फलाउन सफल भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । गण्डक नहरमा समयमा पानी छोडिएको, समयमा वर्षा भएको, रोग किराको प्रकोप नदेखिएको, बाढी पहिरोको प्रकोप नभएको, उन्नत जातको धानको बीउ प्रयोग भएकोजस्ता कारणले अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सामा धान बढी फलेको केन्द्रका प्रमुख डा रामचन्द्र यादवले राससलाई बताएका छन्। व्यावसायिक रुपमा धानखेती गर्ने पर्साका ९० प्रतिशत किसानले यसवर्ष सर्णासब–१।सोना मन्सुली साबा मन्सुलीलगायत उन्नत जातको धानखेती गरेका थिए । जिल्लामा सिँचाइ योग्यभूमि ५४ हजार ७३२ हेक्टर क्षेत्रफल रहे पनि २९ हजार ८३१ हेक्टरमात्र सिञ्चित रहेको छ । स्थानीय बजारमा हाल धान प्रतिकिलो २४ रुपैयाँ ६० पैसाको दरले बिक्री हुँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै