logo

उखु क्रसिङबारे अन्योल

बर्दिवास, मङ्सिर १९
उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीबीच उखुको मूल्य र उखु क्रसिङ उद्योगमा उखु पेल्न थाल्ने कामबारे सहमति हुन नसक्दा महोत्तरीसहित तराई क्षेत्रमा अन्योल बढेको छ । मङ्गलबार अबेर रातिसम्म महोत्तरीको बर्दिवासमा बसेको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घमा आबद्ध किसान प्रतिनिधि र चिनी उत्पादक नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधिबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दुबै पक्षबीच अन्योल बढेको हो । “वार्तामा हामीले उखुको मूल्य निर्धारण गरेर उखु क्रसिङ मङ्सिरभित्रै शुरु गर्न आग्रह ग-यौँ” प्रदेश नं २ को सर्लाहीबाट प्रदेशसभा सदस्यसमेत रहेका उखु उत्पादक किसान डिल्लीप्रसाद उप्रेतीले भने, “तर उद्योगी उखुको मूल्य निर्धारण गर्ने कुरामा निकै तल झर्न खोजे, त्यसैले सहमति हुनसकेन ।” गत वर्ष किसानले रु ५३६ प्रतिक्विन्टल पाउने सहमति भए पनि पहिलो किस्तापछि उद्योगले रु ४६५ प्रतिक्विन्टल मात्र दिएको बताउने किसान प्रतिनिधिले यसपाली उद्योगीले कृषि मन्त्रालयले सिफारिस गरेको रु ५२८ प्रतिक्विन्टल पनि दिन नसक्ने बताएपछि सहमति हुन नसकेको बताएका छन् ।

“प्रत्येक वर्ष हामी किसानलाई फसल उब्जाएर किमत मूल्य लिने बेलामा यस्तै झन्झटमा फसाइन्छ” उखु उत्पादक सङ्घ रामनगर महोत्तरीका सदस्य दिनेश यादवले भने, “अब हामीले परिवारको गुजारा कसरी चलाउने” महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिलमा गतवर्ष ४२ लाख ७० हजार क्विन्टल उखु क्रसिङ भएको थियो । यसपालि उखु खेती बढेर ५० लाख क्विन्टल नाघ्ने देखिएका बेला बढेको अन्योलले उखु खेतबारीमै सुक्ने स्थिति बनेको अर्का किसान प्रतिनिधि उखु उत्पादक सङ्घ रामनगर महोत्तरीका अध्यक्ष श्याम शङ्कर बताउछन् । यता नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधि चिनी उद्योगका प्रतिनिधि भने आफुहरूको उत्पादन चिनी नबिकेर गोदाममा थन्किएको बताउँदै किसानलाई उखुको भुक्तानी दिन नसक्ने भएकाले उद्योग सञ्चालन गर्ने अवस्था नबनेको बताउँछन् । “हाम्रो उत्पादन गोदाममा थन्किएको छ”, एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालक सुरेशकुमार सर्राफले भने, “चिनीको आयात खुल्ला भएकाले हाम्रो उत्पादन बिक्री भएको छैन, अब त उद्योग नै धरासायी हुने भो हामी के गरौँ” ।

यसैगरी वार्ताका सहभागी सर्लाही, हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगका कार्यकारी निर्देशक राजेश केडियाले पनि अब उद्योगीहरूको मर्का नहेरिए उद्योग सञ्चालनको स्थिति नरहने बताएका छन्। सरकारले विज्ञसहितको टोली गठन गरेर उखुको मूल्य निर्धारण गर्दै चिनीको आयात रोकेमात्र उद्योग सञ्चालन हुनसक्ने उद्योगीहरूले एकमुखले बताएका छन् । वार्तामा पूर्वदेखि पश्चिम तराईका १४ चिनी उद्योगका सञ्चालक र प्रशासक, उखु उत्पादक किसानका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधि र अगुवा किसानको सहभागिता थियो । वार्ता निष्कर्षविहीन भएपनि दुवै पक्षले यसमा सरकारले दिने वैज्ञानिक ठम्याइसहितको समाधान भने आपूmहरुलाई स्वीकार्य हुने बताएका छन् ।
खेतबारीमा तयार भएको फसल काटेर मूल्य पाउनु पर्ने बेला बढेको अन्योलले यस भेगका उखु किसान बिलखबन्द परेका छन् । किसान प्रतिनिधि संस्था र उद्योगीबीच भएको वार्तामा उखुको मूल्य र उखु क्रसिङबारे सहमति नहुँदा किसानलाई खेतबारीमा तयार उखु के गर्ने भन्ने चिन्ता बढेको छ । “रगत पसिना एक गरेर उखु तयार भयो”, वार्ताको निष्कर्ष सुन्न वार्तास्थल बाहिर पर्खेर बसेका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का उखु किसान गङ्गाराम महतोले वार्ता बिनानिष्कर्ष टुङ्गिएको सुनेपछि विरक्तिँदै भने, “अब हाम्रो खेतबारीमा तयार उखु के गर्ने होला” ।

चिनी उद्योगी र उखु उत्पादक किसानका प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि सामाजिक र राजनीतिक क्षेत्रका अगुवाहरूले पनि अब तत्काल सरकारले उचित निकासका लागि पहलकदमी लिनुपर्ने सुझाव दिएका छन् । यसमा तत्काल निकास नखोजिए करोडौँ मूल्यको उखु खेर जाने र करोडौं लगानीका उद्योग धरासायी हुने अवस्थाप्रति सरकारले तत्काल ध्यान दिनुपर्ने महोत्तरी–१ ‘क’ बाट प्रदेशसभा सदस्य रहेकी शारदा थापाले बताएकी छिन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै