logo

शहीद स्मारक ‘ए’ डिजिभन लिग –एपिएफले एनआरटीलाई हरायो

काठमाडौँ, मङ्सिर १८
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफ क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल सङ्घ कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लेको छ । यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेको थियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । खेल शुरुवातीको पाँचौँ मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक/एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ औँ मिनेटमा सुदिपले एक गोल थप्दै एपिएफको लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । अङ्क तालिकामा मनाङ मस्र्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १३ अङ्कसाथ दोस्रो तथा १२ अङ्क जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

इपिएल : भैरहवा प्लेअफमा

भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताको...

महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ ।...

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै