logo

शिक्षण पेशासँगै कृषिमा रमाउँदै

कुश्मा, मङ्सिर १८
मानिस व्यस्त रहनु नै उसको सफलताको शुरुआत हो । शिक्षण पेशाबाट मात्र नभएर बिहान बेलुकाको समय कृषि पेशामा रमाउन थालेका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेशाबाट मात्र तृप्त हुनसकेनन् । उनले जीवनलाई सार्थक बनाउन र आर्थिकरूपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गरे । फलेवास नगरपालिका–३ रुग्दीका कृषक रेग्मीकोे बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा र मौसमअनुसारका तरकारी फलेका हुन्छन् । मौसमअनुसार खुला ठाउँमा र हिउँदमा प्लाष्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेको छन् । आफ्नै गाउँ नजिकैको निम्न माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी बिहान र बेलुकाको समय बारीमै तरकारी गोडमेलमा व्यस्त भेटिन्छन् । बारीमा काउली, गोलभेँडाजस्ता तरकारी हुर्किरहेका छन् । यिनै तरकारीको गोडमेल गर्नु उनको साँझ बिहानको दिनचर्या जस्तै बनेको छ । उनी शिक्षक तथा तरकारी कृषक मात्र नभएर कुखुरापालन र गाउँकै थोक किराना पसल गर्ने एक व्यवसायीसमेत हुन् ।

शिक्षण पेशाबाट आफूले घरपरिवार तथा छोराछोरीलाई पढाउन समेत धौधौ हुने गरेको अनुभव सुनाउँदै उनले अहिले आफ्नो परिवार धान्न तथा घर खर्च चलाउन सहज हुने गरेको बताए । पछिल्लो सात वर्षयता उनको परिवारले व्यावसायिक तरकारी खेती गरिरहेको छ । खर्च कटाएर कृषिबाटै वर्षको तीन लाखसम्म आम्दानी गर्छ रेग्मी परिवारले । घरमै तरकारी खेती र कुखुरापालन व्यवसाय राम्रो हुँदै गएपछि उनको परिवार अहिले एकदमै खुशी छ । उनको परिवारमा छोटो समयमा उल्लेख्य परिवर्तन आएको छ । रेग्मीको परिवारले ल्याएकोे यो परिवर्तनले अहिले रेग्मीको घरमा मात्र नभएर शङ्करपोखरी रुग्दीका हजारभन्दा धेरै किसानको घरमा यस्तै परिवर्तन आउन थालेको छ । विदेश गएर फर्केका समेत अहिले कृषिमा होस् या पशुपालन व्यवसाय, सबै आफ्नो गाउँ आफैँ बनाऊँ अभियानमा जुटेका छन् । पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिलाई आत्मसात गरिएकाले यस्तो परिवर्तन आएको बताइएको छ ।

अहिले रेग्मीको बारीमा हरियो साग, काउली, बन्दा, गोलभेँडा केराउलगायतका हरिया सागसब्जी मगमगाइरहेका छन् । उनले विदेशिने युवालाई लक्षित गर्दै आफूले गाउँमा कृषि क्रान्तिको शुरुआत गरेको बताएको हुन्। झण्डै ७० प्रतिशत तरकारी बारीबाटै बिक्री हुने गरेको छ । बाँकी तरकारी उनले सदरमुकाममा लगेर विक्री गर्छन् । रेग्मीका अनुसार अहिले उनको तरकारीबाहेक कुखुरापालन व्यवसाय तथा किराना व्यवसायबाट मात्रै महिनाको रु एक लाखदेखि दुई लाखको हाराहारीमा कमाइ हुन्छ । सबै खर्च कटाएर उनले मौसमअनुसार महिनामा रु एकलाखसम्म बचत गर्छन् ।विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी देश र परिवार नछोडेरै कमाउने सपना पूरा गर्न पाएकोमा खुशी छन् । दुई छोरा र श्रीमतीका साथ खेती किसानी र शिक्षण पेशामा रमाइरहएका रेग्मीलाई माटोको जस्तो मीठो सुगन्ध केहीमा छैन जस्तो लाग्छ । लाखौँ खर्च गरेर विदेशमा रगत पसिना बगाउने युवाका लागि नेपालमै धेरै सम्भावना छ भन्ने गतिलो उदाहरण बन्न सफल भएको छन् रुग्दीका रेग्मी । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै