logo

सफल अर्गानिक कृषक बने गोविन्द

दाङ, मङ्सिर १८
तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरका ५८ वर्षीय गोविन्दप्रसाद बस्याल व्यावसायिकरुपमा अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेर आफूलाई सफल कृषकका रुपमा चिनाएको छन् । चार वर्ष पहिलेदेखि सो पेशा अङ्गाल्एका बस्यालले अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेर अहिले पाँच जनालाई रोजगारी दिनु साथै वार्षिक रु पाँच लाख बचत गर्न सफल भएको छन् । त्यतिकैै खाली रहेको राप्ती अञ्चल अस्पतालको पाँच बिगा जमिन भाडामा लिएर उनले अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेको हो । सो जग्गा प्रयोग गरेबापत उनले अस्पताललाई वार्षिक रु ६० हजार भाडा तिर्दै आएको छन् । उनले अहिले तीन बिगाहा जमिनमा केराखेती र बाँकी दुई बिगाहा जमिनमा केराखेतीसहित घुसुवा बालीको रुपमा प्याज, लसुन, अदुवा, आलु, साग, बन्दागोभीलगायतका तरकारी लगाएको छन् । तरकारी तथा केराखेती गर्ने ठाउँ वरपरमा आँपका ठूलाठूला पुराना रुख पनि रहेका छन् । ती रुखबाट खस्ने पात, तरकारी गोडमेल गर्दा निस्कने झारपातलाई कुहाएर त्यसमा गाई, गोरुको मल मिसाई तरकारीमा प्रयोग गरी खेती गर्ने गरेको छन् ।उनले मलको लागि नै उन्नत जातका गाई पनि पालन गरेको छन् ।

शुरुमा त्यस्तो खुला तथा सुख्खा ठाउँमा उनले गरेको तरकारी खेती गर्न खोजेको देखेर कसरी उत्पादन होला र भन्ने गाउँका धेरैलाई विश्वास थिएन ।कतिपयले त उनलाई गोविन्द बौलाए भनेर पनि खिस्याउने गरेका थिए । गोविन्दले भने, “ती कुरालाई वास्तै गरिन शुरुका दुई वर्षमा त उत्पादन थोरै भयो खुल्ला ठाउँ भएकाले रातको समयमा केही चोरी पनि भयो । अहिले त्यस्तो छैन । नजिकै कच्ची घर बनाएर बसेको छु । अहिले सोचेको भन्दा बढी उत्पादन भएको छ ।” उनले आफूले उत्पादन गर्ने तरकारी तथा केरामा कुनै पनि विषादी प्रयोग नभएकाले बजार राम्रो पाएको बताएका छन् । उनको बारीमा अहिले केही तयारी अवस्थाका केरा छन्, भने केही भर्खरै रोपिएका छन् । गोविन्दले उत्पादन गरेको केरा तथा तरकारी किन्न धेरै ग्राहक बोटमा नै पुग्ने गरेका छन् भने केही उत्पादनलाई उनले साइकलमा राखेर तुलसीपुर बजारका विभिन्न चोक चोकमा लगेर बिक्री गर्छन् । त्यहाँ उत्पादन हुने केराको मूल्य फुटकरमा प्रतिकिलो रु १०० तरकारी अहिले मौसमअनुसार तोक्छन् । अहिले भने प्रतिकिलो रु ५० देखि ३० सम्म बिक्री गर्ने गरेको बस्यालले बताएका छन्। 

तुलसीपुर बजारको नजिकै भएकाले पनि धेरै नागरिकको रोजाइ उनले उत्पादन गर्ने केरा तथा तरकारी हुने गरेको छ तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरकी ४० वर्षीया नीरा योगीले तरकारी किन्नका लागि नै आफू यहाँ आएको बताउछिन् । उनले भनिन्, “यहाँ उत्पादन हुने तरकारीमा विषादी नहुने भएकाले अलिकति मङ्गो भए पनि सधैँ यहाँ नै आएर किन्ने गरेकी छु ।” तुलसीपुर उपमहानगरपालिका–६ रजौरा टोलकी पूर्णिमा चौधरी पनि बजारमा केरा किन्न छाडेर यहीँ आउने गर्छिन् । रासायनिक पदार्थ हालेर पकाएको केराको गुणस्तरभन्दा यहाँ पकाएको केरा स्वादिलो हुनुको साथै स्वस्थवद्र्धक रहेकाले आफूले यहीँको केरा किन्ने गरेको बताउछिन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै