logo

कैदीबन्दीले लगाए भाइटीका

दमौली, कात्तिक २३
तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । “बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ”, उहाँले भने, “भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका छौँ ।”

विभिन्न अपराधमा कारागार चलान भएका उनीहरू कारागारभित्रै भाइटीका लगाउँदा हर्षित छन् । कैदीबन्दीले चाडपर्वको बेला मुढा बुनेर कमाएको पैसा घरपरिवारलाई समेत पठाउँदै आएका छन् । पच्चीस जनाको क्षमता रहेको उक्त कारागारमा हाल ४८ थुनुवा र ६२ कैदी छन् । सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दामा ३५ कैदी र चार थुनुवा छन् । त्यस्तै लागुऔषधको मुद्दामा १८ थुनुवा र दुई कैदी तथा कर्तव्य ज्यान मुद्दामा १४ कैदी र पाँच थुनुवा रहेका छन् ।

ज्यान मार्ने उद्योगमा ११ थुनुवा र दुई कैदी, भगौडाका तीन कैदी, चोरीमा संलग्न सात कैदी र तीन थुनुवा, सवारी ज्यान मुद्दाका एक थुनुवा, कुटपिट अङ्गभङ्गका दुई कैदी, काठ ओसारपसारका एक कैदी, बहुविवाहका एक कैदी, अपहरणको एक थुनुवा, डाँका एक थुनुवा तथा ओखेटोपहार ओसारपसारका एक थुनुवा र एक कैदी गरी ११० जना कैदीबन्दी रहेका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बसको ठक्करबाट निधन

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको...

घरेलु मदिरा नियन्त्रणमा

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका ५, कालोपुलमा चेकजाँचको क्रममा...

‘महिला आफन्तबाटै असुरक्षित’

गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै