logo
565 x 90 pixel-01.png

सांस्कृतिक कार्यक्रममा गर्ने प्रतिस्पदर्धा

इनरुवा, कात्तिक २३
सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा चलेको छ ।

दशैँ, तिहार र छठपर्वको अवसर पारेर इनरुवाका विभिन्न वडामा स्थानीय अगुवा युवाले सांस्कृतिक माहोल तताउन थालेका हुन् ।

राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुलाई इनरुवासम्म ल्याएर दशैँको सप्तमीका दिनदेखि नै इनरुवामा सांस्कृतिक कार्यक्रम हुने क्रम बढेको स्थानीय चन्दन मेहताले बताए । कहिले इनरुवा–३ सखुवागाछीमा, कहिले महेन्द्र चोक, कहिले इनरुवा–२ मा रहेको क्लासिक होटल नजिक, कहिले जिल्ला समन्वय समिति सडकमा त कहिलो भूमिसुधार कार्यालयको अगाडि सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।

युवाको सक्रियतामा ठूला चाडपर्व लक्षित गरेर आयोजना हुने सांस्कृतिक साँझहरु रमाइलोका साथै आपसी खुशीयाली साटासाट गर्ने साझा थलो हुने गरेको इनरुवाका युवा पत्रकार वीरेन्द्र मेहताले बताए ।

गएराति मात्र सुनसरी सदरमुकाम इनरुवा–२ भूमि सुधार कार्यालयको अगाडि १२औँ सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो । मैथली तथा नेपाली समुदायका कलाकारको सक्रिय सहभागितामा सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको स्थानीय चुना निरौलाले बताउनुभयो । यसैबीच चाडपर्वको बेला सुनसरीका विभिन्न ठाउँमा जुवा खेल भइरहेको स्थानीयवासीले बताएका छन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहार र दीपावली पर्वमा मनोरञ्जनको नाममा जिल्लाका विभिन्न ठाउँमा जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ । स्थानीयस्तरमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा डाइस, फ्लास, कौडा, म्यारिजलगायतका जुवा खेल भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्लाको इनरुवा, इटहरी, धरान, हरिपुर, श्रीपुर, नरसिंह, भोक्राहा, देवानगञ्ज, हरिनगरा, दुहवी, रामधुनी, बराहक्षेत्रलगायत क्षेत्रमा जुवाजन्य खेल भइरहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रहरीले देखाउनका लागि अपवादमा एक दुईजनालाई नियन्त्रणमा लिएको भए पनि ठूलाबडालाई छुट दिने गरेका कारण जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सेवाग्राहीलाई दुस्ख दिने तथा बिचौलिया काम गर्ने पक्राउ

कार्यालयमा आउने सेवाग्राहीलाई दुस्ख दिने तथाबिचौलिया काम गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट बिदुर...

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी...

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै