logo
565 x 90 pixel-01.png

मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गरिँदै

पर्वत, कात्तिक २३
उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन् । जलजला गाउँपालिकामा मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गर्न थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकदेखि वडा नं ६ शालिजाको ठोट्नेरीसम्मको सडक कालोपत्रे हुँदैछ ।

मिलनचोक, सल्यान, घायखेत, धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा, लेकफाँट, रातमाटा हुँदै माझफाँटदेखि बेनीसम्म रिङरोड बनाउने अवधारणासहित गण्डकी प्रदेशले यस सडकलाई नमूना बनाउन लागेको हो । नमूना सडक निर्माणका लागि प्रदेश सरकारले चालु आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ । एघार वर्षअघि खनिएको ग्रामीण सडकलाई नमूना बनाउनका लागि प्रतिनिधिसभाका सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीको पहलमा चालु आवमा उक्त बजेट विनियोजन गरिएको हो ।

नमूना सडक निर्माणका लागि मिलनचोकदेखि १५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाइँदै छ । डिपिआर निर्माण गर्न सडकको सर्वे गर्ने काम थालिएको मिलनचोक–सल्यान धारापानी–ठोट्नेरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक आचार्यले बताए । सडक निर्माणपछि धाइरिङको कृषि उपजलाई बजारसम्म पु¥याउन सहयोग पुग्नेछ । पर्यटकीयस्थल जलजलाका साथै भुमेथानको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सेवाग्राहीलाई दुस्ख दिने तथा बिचौलिया काम गर्ने पक्राउ

कार्यालयमा आउने सेवाग्राहीलाई दुस्ख दिने तथाबिचौलिया काम गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट बिदुर...

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी...

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै