logo
565 x 90 pixel-01.png

रक्तसञ्चार केन्द्रको पहल

बैतडी, कात्तिक २३
जिल्ला अस्पतालमा पहिलो पटक रक्तसञ्चार केन्द्र ब्लड बैंकको स्थापना हुने भएको छ । अस्पतालमा आउने बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंकको स्थापना गर्न लागिएको हो ।

चालु आव २०७५÷७६ भित्र नै जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि चालु आवमा ब्लड बैंक स्थापना गर्ने गरी रु ३० लाख विनियोजन गरेको छ । प्रसूति गराउने आमा, दुर्घटनामा परेका घाइते तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि तत्काल रगतको व्यवस्था गर्न ब्लड बैंकको स्थापना गर्न लागिएको प्रदेश सांसद लीलाधर भट्टले बताए ।

प्रसूति शल्यक्रिया, दुर्घटनामा परेका घाइते तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगतको आवश्यकता पर्दा नेपाली सेना र नेपाल प्रहरीको भर पर्नुपर्ने हुन्छ । ब्लड ग्रुप नमिल्ने समस्याले धेरै बिरामीलाई अन्यत्रै सिफारिस गरी पठाउनुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । रगतको अभावमा गर्भवती र अन्य बिरामीको मृत्युसमेत हुने गरेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले चालु आवमा जिल्ला अस्पताललाई नमूना अस्पताल बनाउन रु ५० लाख विनियोजन गरेको छ । प्रदेश सरकारको १४ स्वास्थ्य संस्थामा प्रसूति केन्द्र भवन निर्माण गर्ने लक्ष्य छ । दशरथचन्द नगरपालिका–१० रातामाटामा रु २० लाख, दशरथचन्द नपा–५ कुरकट्टयामा रु २० लाख, पाटन नपा–१ पदमपुरमा रु २० लाख, सुर्नया गापा–३ मा रु २० लाख, शिवनाथ गापा–३ वधलामा रु २० लाख, शिवनाथ गापा–२ पोखरामा रु २० लाख, दोगडाकेदार गापा–१ गोरङ्गमा रु २० लाख, दोगडाकेदार गापा कफलकोटमा रु २० लाख, दोगडाकेदार गापा–७ चडेपानीमा रु २० लाख, डिलासैनी गापा गोकुलेश्वरमा रु २० लाख, डिलासैनी गापा–७ मा रु २० लाख, पुनपा–४ मा रु २० लाख, पञ्चेश्वर गापा–२ मा रु २० लाख तथा सिगास गापा–७ न्वाघरमा रु २० लाख विनियोजन गरेको छ । पालिकास्तरको स्वास्थ्य सेवा सुदृढीकरणका लागि दशरथचन्द नपालाई रु १८ लाख, दोगडाकेदार गापालाई रु १८ लाख र डिलासैनी गापालाई रु १८ लाख खर्च गर्ने गरी विनियोजन गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सेवाग्राहीलाई दुस्ख दिने तथा बिचौलिया काम गर्ने पक्राउ

कार्यालयमा आउने सेवाग्राहीलाई दुस्ख दिने तथाबिचौलिया काम गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट बिदुर...

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी...

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै