logo
565 x 90 pixel-01.png

पटाकाले आतङ्क

परासी, कात्तिक २२
तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ ।

खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गरेको पाल्हीनन्दनका अशोक गुप्ताले बताए । साँझको बेला आतङ्क नै सिर्जना हुने गरी पटाका पड्काइदासमेत प्रहरीले कुनै चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवालीको आरोप छ ।

परासी बजार क्षेत्रमा ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउने गरेको अर्का स्थानीयवासी जीतेन्द्र गुप्ता गुनासो गर्नुहुन्छ । भारतीय बजारमा दीपावलीको अवसरमा उत्सवको रुपमा पट्काइने पटाकाजन्य विष्फोटक पदार्थले नेपाली बजारमा पनि स्थान पाउँदै आएको छ ।

चाडपर्वका बेला सीमामा जाँचका क्रममा ठूलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थ बरामद भए पनि यस्ता सामान दिनहुँ भित्रिने क्रम भने यथावत छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गरिरहेको बताउनुहुन्छ । सीमाक्षेत्रमा पनि कडा जाँच भइरहेको उहाँकोे भनाइ छ । पृथ्वीचन्द्र अस्पतालका डा अनन्त शर्माका अनुसार पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै