logo

ठिनी–तिलिचो पदमार्ग निर्माण

ठिनी, मुस्ताङ, कात्तिक २२
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ ।

जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकयापको सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा रहेको मेसोकोन्दो पार गरेर तिलिचो ताल पुग्ने करीब १५ किलोमिटर लामो पदमार्ग निर्माण गरेका हुन् ।

आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित रु दश लाखबाट नौ किलोमिटर ५०० मिटर र यस वर्ष विनियोजन भएको रु पाँच लाखबाट पाँच किलोमिटर पदमार्ग निर्माणका साथै विभिन्न ठाउँमा सङ्केत चिह्न राखिएको एक्यापका सब इञ्जिनीयर निकेश शेरचनले जानकारी दिए ।

जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको एक्पापका प्रमुख तुलसी दाहालले बताए ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त पदमार्गमा पर्यटक आगमन बढाउन सडक सञ्जालले पनि जोड्ने तयारी भएको छ । ठिनी गाउँदेखि दुई किलोमिटर ताङडुङसम्म पुगेको सडकलाई विस्तार गरेर नमखुलेकसम्म पु¥याउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको सांसद चन्द्रमोहन गौचनले बताए ।

पदयात्रामा जाने पर्यटकको सुविधाका लागि ठिनी गाउँका आठ घरमा थकाली होमस्टे सञ्चालन गरिएको स्थानीय जनमुक्ति युवा कल्वका अध्यक्ष नरेन्द्र थकालीले बताए । धर्मशाला र गोठ रहेको नमखुलेकमा भने होटल तथा लज नभएकाले क्याम्पिङ गर्नुपर्छ । होमस्टे र पदयात्राको प्याकेज बनाएर पर्यटकलाई भ्रमणको व्यवस्था मिलाउने तयारी भएको उहाँको भनाइ थियो । यो पदमार्ग भएर मनाङ पनि जान सकिन्छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा...

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु चार करोड बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा...

मिर्गौलापीडित बालकलाई उपचारमा समस्या

दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ । पाल्पा रामपुर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै