logo
565 x 90 pixel-01.png

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

भादगाउँ, कात्तिक २२
मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो ।

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । “सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उहाँले भने ।

आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै