logo

खानेपानी पुगेपछि स्थानीयवासी खुशी

बेझाड, पाल्पा, कात्तिक २२
बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य पूर्वखोला गाउँपालिका–१ स्थित उक्त स्थानका बासिन्दालाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्नुपर्दा निकै पिरलो हुन्थ्यो तर अहिले घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरू दङ्ग भएका हुन् ।
खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनतपछि खानेपानी तथा सरसफाइ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ ।

बिहान झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताए । “बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त घरमै धारा जडान छ, जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्र्यो तर अहिले त्यो समय अन्यत्र कामकाजमा लगाउन पाएका छौँ ”, उहाँले भने ।

उक्त आयोजनामार्फत यहाँका ६० घरधुरीमा गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको छ । सो आयोजनाका लागि २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी ४९ वटा धारा घरघरमा जडान भइसकेको छ ।

नेपाल सरकारको रु ४२ लाख अनुदान र स्थानीयवासीको जनश्रमदान रु ११ लाख गरी रू ५३ लाख बराबरको लागतमा सो आयोजना सम्पन्न भएको संयोजक मानबहादुर बयम्बु बताउनुहुन्छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा...

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु चार करोड बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा...

मिर्गौलापीडित बालकलाई उपचारमा समस्या

दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ । पाल्पा रामपुर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै