logo

‘सुरभि गीता’ सार्वजनिक

काठमाडौँ, कात्तिक २२
यदुनाथ गुरागाईंद्वारा लिखित काव्य ‘सुरभि गीता’ आज सार्वजनिक भएको छ । रत्न पुस्तकालयको ५६औँ वार्षिकोत्सव र स्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो ।

लेखक गुरागाईंले देश परनिर्भर भइरहेको बेला युवामा चेतना जगाउन पुस्तक लेखेको बताए । उहाँ भन्नुुहुन्छ, “आजका युवामा गीताको ज्ञान हुने हो भने देशमा छिट्टै परिवर्तन हुने थियो ।” राष्ट्रप्रेमको अभावका कारण देश झन्झन् पछाडि पर्दै गएको उहाँको भनाइ थियो ।

पुस्तकको समीक्षा गर्दै समालोचक एवं साहित्यकार डा नवराज लम्सालले सो काव्य लोकलयमा लेखिएको र साधारण पाठकले समेत बुझ्न सक्ने रहेको बताए । “समाजमा भय छ, त्रास छ, युवा के गर्ने भन्ने अन्योलमा छन्”, लम्सालले भने । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवं पूर्व प्रधानन्यायधीश अनुपराज शर्माले साहित्यमा प्रयोग हुने भाषाशैली क्षेत्रगत रुपमा प्रयोग हुने बताए । उहाँले शहर वृद्धाश्रममा परिणत भएकोमा चिन्ता व्यक्त गर्दै आयोगले देशभरका वृद्धाश्रमका बारेमा अनुसन्धान गर्न लागेको जानकारी दिए । “सरकारले वृद्धाश्रममा लगानी त गरेको छ, तर त्यहाँ धेरै अनियमितता छ”, उहाँले भने ।

सो अवसरमा गीतकार कालीप्रसाद रिजालले नेपाली गीतमा साहित्य मिसाउने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो व्यक्ति लक्ष्मीप्रसाद देवकोटा भएको बताए । सो अवसरमा पुस्तकालयका आजीवन सदस्य रहेर ७५ वर्ष नाघेका पाँच ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रा डा दुर्गाप्रसाद भण्डारी, सुरेशराज चालिसे, कलाधर काफ्ले, वैकुण्ठप्रसाद गौतम र डा सीताराम अधिकारी हुनुहुन्छ । त्यस्तै पुस्तकालयमा नियमित पुस्तक पढ्ने आशिष घिमिरे र पुस्तकालयको सदस्य भएर नियमित खरिद गर्ने बैकुण्ठ कोइरालालाई पनि सम्मान गरिएको थियो ।

रत्न पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाले यस वर्ष उक्त पुस्तकालयले देशभरबाटै पहिलो पुस्तकालयको उपाधि पाएको जानकारी दिँदै हाल पुस्तकालयका ३५० आजीवन सदस्य रहेको जानकारी दिए । हाल पुस्तकालयमा १० हजार पुस्तक छन् । पुस्तकालय २०१९ सालमा स्थापना भई निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा...

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु चार करोड बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा...

मिर्गौलापीडित बालकलाई उपचारमा समस्या

दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ । पाल्पा रामपुर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै