logo

कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न

ललितपुर, कात्तिक २०
प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्न हुनुपर्ने बताएको छन् । आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार स्थापना भएको छोटो समय भए पनि जनताको अपेक्षा धेरै भएको मख्यमन्त्री पौडेलले बताए । उनले भने, “हामीलाई मत दिएर जिताएकाले हामीसँग आशा गर्नु स्वभाविक हो ।” सङ्घ र स्थानीय सरकारको सहयोग नभइ प्रदेश सरकार एक्लैले केही गर्न नसक्ने मख्यमन्त्री पौडेलले बताए । अहिले धेरै विषयमा समन्वय भएको छैन । उनले भने, “सङ्घीय सरकारले प्राविधिक विद्यालय स्थापना, १५ श्याको अस्पताल स्थापना भनेपनि हामीसँग कुनै छलफल भएको छैन ।” प्रदेशसभा सदस्य अष्ठलक्ष्मी शाक्यले योजना समेटेर अवधारणापत्र बनाउन ढिलाइ गर्न नहुने बताएका छन् । यहाँ भएका सम्भावनाका आधारमा यो प्रदेशले सबैलाई उछिन्न सक्नेछ भन्दै उनले देश विकास गर्नका लागि सत्तामा भएका मात्रै नभएर सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले भने, “यतिका व्यवस्थान परिवर्तन गर्नसक्ने हामीले देश बनाउन सक्नुपर्छ ।” आयोगले बनाएको विज्ञ टोलीका समूह नेता डा पिताम्बर शर्माले यो प्रदेशमा कृषि र उद्योग दुबैमा सम्भावना रहेको बताए । विज्ञ पूर्णचन्द्र भट्टराईले रसुवा जस्ता कम विकसित जिल्ला र काठमाडौँलगायतका जिल्लामा साक्षर जनसङ्ख्याको अनुपातमा धेरै अन्तर भएको बताएका छन । अर्का विज्ञ शोभा लामाले सामाजिक सुरक्षा सेवाग्राहीको एकीकृत अभिलेखको आवश्यकता रहेको बताए । चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षासँगै आगामी वर्षका लागि योजना तथा कार्यक्रम छनोटका विषयमा सो कार्यक्रममा छलफल भएको हो । प्रदेश नं– ३ को आवधिक योजना तर्जुमका लागि प्रदेशसभा सांसद, स्थानीय सरकार र विज्ञलगायतका बीचमा छलफल भएको थियो ।रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी

उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले...

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ...

महासङ्द्वारा भत्र्सना

नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम देवकोटालाई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै