logo
565 x 90 pixel-01.png

मलको अभाव हुँदा कृषक समस्यामा

मलको अभाव हुँदा कृषक समस्यामा
धनगढी, कात्तिक २०
धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो । मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन चौधरीले गुनासो गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा सरकारी अनुदानको युरिया र डिएपीको मौज्दात सकिएको तथा अनुदान नभएको सिङ्गल सुपरफस्पेट र एमोनियम फस्फेट मल मात्र मौज्दात रहेको बताए। यद्यपि अनुदान नभएको मलमा किसानको माग त्यति नरहेको बताइएको छ । मलको समयमै आपूर्ति नगरिएको भन्दै आक्रोशित किसानको समूहले केही दिन अघि कृषि सामग्री लिको धनगढीस्थित कार्यालयमा तालाबन्दीसमेत गर्नुका साथै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि प्रदर्शनसमेत गरेका थिए । कृषि सामग्री कम्पनी धनगढी कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले मल ढुवानीकर्ताको लापर्वाहीले गर्दा मल समयमै आपूर्ति हुन नसकेर अभाव सिर्जना भएको बताए। साल्ट ट्रेडिङ र कृषि सामग्रीले सहकारी संस्थामार्फत् अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई मौसममा गरिने खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मेट्रिक टन बढी रासायनिक मलको आवश्यकता पर्ने गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि...

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

नेपाली भूमिमा आमदानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा...

मकवानपुरमा दूध कारोबार बढ्दै

मकवानपुरमा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै