logo

सुनको आयात र यसको उपयोग वा दुरुपयोगः जाँच्ने कसी, मूल्य अभिवृद्धि कति ?

डा. सुमनकुमार रेग्मी
भूकम्पअघि सामान्य रुपमा सुनको कारोबार हुँदै आएकोमा भूकम्पपश्चात् केही वर्ष सुनको कारोबारमा सिथिलता आएको देखिन्छ । २०७२ साल चैतमा प्रतितोला सुन ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। मूल्य घटबड हुँदै २०७३ कात्तिकमा प्रतितोला ५८ हजार दुई सय रुपैयाँसम्म पुगेको थियो । त्यसपश्चात् निरन्तर घटेको थियो । अमेरीकी राजनीतिको उतारचढावका कारण डलर कमजोर भएका कारण सुनको भाउ एकै दिन १३ सय रुपैयाँ बढेको र फेरि भोलिपल्ट १४ सय रुपैयाँले घटेको थियो । त्यसपश्चात् सुनको भाउ घट्न थालेको थियो । चाँदी त्यसताका प्रतितोला सात सय ९५ रुपैयाँ थियो । त्यसबेला राष्ट्र बैंकले सुनको कोटा वृद्धि नगर्दा बजारमा सामान्य अभाव देखिएको थियो । बाह्य बजारमा सुनको भाउ निकै ओरालो बेला नेपालमा २०७३ मार्गतिर फेरि ५५ हजार चार सय रुपैयाँसम्म आएको थियो । २०७३ भदौतिर सुन प्रतितोला ५९ हजार तीन सय भएको थियो । तर, २०७३ कात्तिकतिर सुन प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

२०७३ कात्तिकतिर अमेरेकी ४५ औं राष्ट्रपतिका रुपमा डोनाल्ड विजय भएपछि संसारभरको सेयर, सुन र मुद्रा बजारमा उतारचढाव भएका कारण सुनको मूल्य आकाशिएकोले सुन प्रतितोला ५६ हजार नौ सय रहेको थियो । २०७४ असारतिर प्रतितोला सुनको मूल्य ५४ हजार आठ सय रहेको देखिन्छ । २०७४ माघतिर सुनको भाउ प्रतितोला ५६ हजारदेखि ५७ हजार आठ सय रहेको देखिन्छ । सुनको भाउ बाह्य बजारमा घटबढ भएअनुसार नेपालमा यसको भाउमा असर पर्दै आएको देखिन्छ । २०७५ असोजमा ५८ हजार एक सय रहेको छ ।सुन तस्करी र अनुसन्धानको चर्चासँगै नेपालमा व्यवसायीहरुले अवैध बाटो छोडेर बैंकबाट सुन किन्न थालेका देखिन्छन् । नेपाल राष्ट्र बैंकले सुन व्यवसायीहरुलाई वाणिज्य बैंक बाहेकसँग सुन खरिद गरेको पाए कारबाही गर्ने चेतावनी दिँदै आएको छ । राष्ट्र बैंकले बजारमा तस्करीको सुनको कारोबार हुने क्रम बढ्दै गएपछि वाणिज्य बैंक बाहेकसँग सुन खरिद व्यवसायीहरुलाई नगर्न सतर्क गर्दै आएको छ । वाणिज्य बैंंकबाहेक अरुलाई काँचो सुन ल्याउन अनुमति दिइएको छैन । देशको अर्थतन्त्रले दैनिक २० किलोभन्दा बढी सुन धान्न नसक्ने भन्दै व्यवसायीहरुलाई गरगहना विदेश निर्यात गर्ने शर्तमा जति पनि सुन दिने विचार व्यक्त गरिएको छ । तर व्यवसायी रत्नपत्थरसहितका गरगहना निर्यात गरेर व्यापार घाटा कम गर्ने तर्क गर्दछन् तर व्यवहारमा यस्तो देखिँदैन र व्यापार घाटा बढ्दो छ । 

कारोबारमा सुन अभाव र सुन आयातमा कोटा प्रणाली :- राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्न अनुमति वाणिज्य बैंकलाई मात्र दिँदै आएको छ । वाणिज्य बैंकले पालैपालो गरी दैनिक १५ किलो सुन आयात गर्न पाउँदथे । यी बैंकहरुले दक्षिण अफ्रिका, यूएई, हङकङ, स्वीजरल्याण्डलगायतका देशबाट आयात गर्दै आएका थिए । २०७३ मार्गतिर दैनिक नेपालमा औसत २२ करोड ५० लाख (एक किलो सुन बराबर ५५ लाख) रुपैयाँको गहना बिक्री हुने गरेको थियो । सुन आायात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधिअनुसार बैंकमार्फत व्यवसायीले दिनको १५ किलो सुरुतिर पाउँदै आएको थिए । तर चाडबाड र सिजनमा भने कोटा बढाएर २० पुराउने गरेकोमा पछि नियमित २० किलो बनाइयो । बैंकले सुन आयात गर्दा एक किलो सुनको पाँच लाख २० हजार रुपैयाँ भन्सार शुल्क लिने गरिएको छ । साधारणतया हर वर्ष दशैंअघि खासै चहलपहल नहुने सुनचाँदी बजारमा दिनको ३५ किलो सुन कारोबार हुँदै आएको भनिँदै आइयो । २०७३ साउनतिर अफ सिजनभन्दै व्यवसायीले सुन खरिद गर्न छाडेपछि बैंकको सुन बिक्री हुन छाडेको विगतको अनुभव रहिआएको छ । विगतमा कुनै महिना सुन आयात नभए पनि व्यवसायीहरुले सुन नकिनेका कारण विभिन्न बैंकमा करिब चार सय केजी सुन थुप्रिएको घटना छ । २०७३ अघिका वर्षहरुमा अफ सिजनमा पनि दैनिक २० देखि २५ केजीसम्म सुनको कारोबार हुने गरेकोमा २०७३ मा १० केजी मात्रमा सीमित हुन पुगेको थियो । तर सिजनमा भने नेपाली बजारमा दैनिक ३५ देखि ४० केजीसम्म सुनको माग हुँदै गरेको बताइन्छ ।आव २०७४/७५ मा सुनको आयात ह्वातै बढ्न थाल्यो ।

आव २०७३/७४ छ महिनामा मत्रै सात अर्ब ५६ करोड ४६ लाख रुपैयाँको सुन आयात भएको थिायो । २०७३/७४ सम्म दैनिक आयात कोटा १५ किलोमात्र थियो । तर २०७४ फागुनबाट सुन आयात कोटा १५ बाट २० किलो बनाइयो । यद्यपि दशैंताका २० किलोको काटा दिइँदै आएको थियो । २०७३ कात्तिकतिर सुनका गहना बिक्री गर्दा बिल अनिवार्य नचाहिएको बनाइयो । त्यसबेलाको निर्देशिकाको मस्यौदामा गहनाको बिल नभए पनि बिक्री गर्न पाउँने भनिएको थियो । तर ग्राहकले सम्बन्धित व्यक्तिको गहना भनेर प्रमाणित गरे व्यवसायीहरुले गहना खरिद गर्न पर्नेछ भनियो । तर, बिलविना खरिदबिक्री गरे चोरीपैठारी बढ्ने सम्भावना हुने भनियो । निर्देशिकामा उल्लिखित प्रावधानअनुसार २३ क्यारेटको सुनको गहना तयारी गर्दा प्रयोग गरिने रसायनको गुणस्तर एक क्यारेटमुनिको रसायन मात्र प्रयोग गर्नुपर्ने प्रावधान राखिएको थियो । साथै मानवस्वास्थ्यका लागि हानिकारक क्याडमियम, लिड । क्रोमोनियम, मर्करीजस्ता धातुहरु रसायनका रुपमा गहना तयार गर्दा मिसावट गर्न नपाइने निर्देशिकामा उल्लेख गरियो । यस्तै सुन वा गहनाको गुणस्तर कायम गर्दा व्यवसायीहरुले घोषणा गरेबमोजिम शुद्धता २४ क्यारेटमा ९९ दशमलव नौ प्रतिशत, वर्क सुनमा ९९ प्रतिशत, २२ क्यारेटमा ९१ दशमलव ६६ प्रतिशत, १८ क्यारेटमा ७५ प्रतिशत र १४ क्यारेटमा ५८ दशमलव ३३ प्रतिशत शुद्धता हुनुपर्ने प्रस्ताव राखियो । त्यस्तै चाँदीमा पनि निश्चित मापदण्ड राखियो ।

२०७३ पुसतिर पहिलेको एक किलो मात्रै सुन किन्नुपर्ने बाध्यता गहना व्यवसायीहरुले त्यस समयदेखि टुक्रा सुन पनि खरिद गर्न पाउने गरियो । वाणिज्य बैंकलाई टुक्रा सुन आयात गर्न स्वीकृत दिएपछि साना व्यवसायीलाई राहत मिल्ने भनिएको थियो । आव २०७३/७४ मा सुनचाँदीसम्बन्धी निर्देशिका नभएका कारण बजार अनुगमनमा समस्या परेको भन्दै निर्देशिकाको मस्यौदातिर लागि सुझाव सङ्कलनका लागेको देखिन्छ । सुनचाँदी बजार व्यवस्थित पार्न र मर्यादित बनाउन निर्देशिका अपरिहार्य भएकाले सो निर्देशिका छिट्टै आउने भनिएको थियो । सुनचाँदीको मापदण्डसम्बन्धी निर्देशिकामा उपभोक्ता र व्यवसायी कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी मापदण्ड बनाउन पर्ने भनिएको छ । २०७३ भदौमा बैंकहरुले सय ग्रामसम्मका टुक्रा सुन आयात गर्न पाउने भएका थिए । आयातको लागि स्वीकृत दिएपछि टुक्रा सुन ल्याउन बाटो खुला गरिएको थियो । वाणिज्य बैंकहरुले सुन किलोमा किनी सोहीअनुसार बिक्री गर्दै आएका थिए । तर सबै गहना व्यवसायीहरुले किलोमा सुन किन्न नसक्दा केही व्यापारीहरु तस्करीका सुनतर्फ आकर्षित भएका पनि थिए । 

रोजगार :- देशभर करिब २०–२३ हजार गहना व्यवसायीका सुन पसल छन् । दुई लाख मानिसहरुले यस क्षेत्रमा रोजगार पाइआएका छन् । तर पाँच सयसँग पनि बैंकमा गएर किलोमा सुन किन्ने क्षमता भई आएको देखिँदैन् । २४–२५ जना व्यवसायीहरुले संयुक्तरुपमा कम्पनी दर्ता गरेर बैंकबाट सुन किन्नुपर्ने बाध्यता रहँदै आएको बताइन्छ । करिब ७५ प्रतिशत गहना हातैले बनाइने गरिएको छ । गहना बनाउने कालीगढ ८० प्रतिशत भारतीय छन् । एक जिल्लामा अन्दाजमा ७५ देखि एकसयका हाराहारीमा सुन पसल भेटिन्छन् । 

अवैध सुन समातिएका जिल्लाहरु
तातोपानी भन्सारको विकल्पको रुपमा प्रयोग हुन थालेको रसुवागढी नाका हुँदै पछिल्लो समय अवैध सुन तस्करी बढदै गएको छ । २०७२ मार्गदेखि चीनबाट हुने धेरैजसो आयात रसुवागढी नाकाबाट हुँदै आएको छ । नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय नाकाका रुपमा विस्तार भइरहेको रसुवागढी नाकाबाट पछिल्ला समय धमाधम सुन बरामद हुनुले तस्करी बढेको पुष्टि गर्दछ । रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै तस्करी भइरहेको सुन तिब्बतबाट गोरखा, मनाङ, लमजुङ बाटो हुँदै तस्करी हुन थालेको छ । अघिअघि यो रुटमा तस्करीको कनै छनक नपाइए पनि समातिएका घटनाले नयाँ सुन तस्करी मार्ग आविष्कार भएको देखिन्छ । बन्द नाका तातोपानीबाट पनि सुन तस्करी आव २०७२/७३ मै पनि भेटिएको देखिन्छ । यस वर्ष २०७० मार्गदेखि २०७१ चैतसम्म तातोपानीदेखि बाह्रबिसे क्षेत्रमा मात्र पटक–पटक गरी एक सय छ किलो अवैध सुन बरामद भएको थियो । चोरी भएका गहना र बरामद भएका ढिक्के सुन कारोबारीका सहयोगमा पगालेर बिक्री गर्ने गरिएको देखिन्छ । सवारी साधनको जाँच गर्ने भेहिकल, एक्सरे मेसिन, मेटल डिटेक्टर, सीसीटीभिलगायत आधुनिक मेसिन नहुँदा सुन तस्करहरु उम्कने गरेको देखिन्छ । तै पनि ठूलो परिमाणको सुन तस्करीका अधिकांश घटनामा मुछिएका प्रतिवादहरु अदालतबाट समान्य धरौटीमा छुट्ने गरेका छन् । सुन ठगी,सुन बरामद र अवैध सुन ओसार–पसार भएका जिल्लाहरुमा बारा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लामजुङ आदि छन् । विदेशबाट अवैध सुन भित्रिएका देशहरुमा यूएई, कतार आदि मुख्य छन् । तर वैध सुन नेपालमा दक्षिण अफ्रिका, यूएई, हङकङ, स्विजरल्याण्डलगायतका देशहरुबाट आयात हुँदै आएको छ ।

सुन आयात र लगानी निरुत्साहित गर्न केन्द्रीय बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । तर विदेशमा रहेका नेपाली कामदारहरुलाई नेपाल फर्केर आउँदा छापावाल काँचो सुन ल्याउन रोक्ने सरकारको निर्णयप्रति आपति जनाउँदै वैदेशिक रोजगारमा गएर फर्केकालाई घरायसी प्रयोजनका लागि तोकिएको मात्रामा छापावाल काँचो सुन ल्याउन पाउँने पूर्ववत व्यवस्थालाई नै कायम राख्न र भइरहेका हुन्डी र तस्करी निरुत्साहित गर्न नेपाल सरकारलाई निजी प्रतिनिधितत्व गरेकाले माग राख्दै आएका छन् । विदेश बसेर आउनेका लागि सहुलियत दिन गरिएको व्यवस्था दुरुपयोग गर्दै भन्सार छली बढेपछि सरकारले गहनाबाहेक २०७४ साउनदेखि काँचो सुन ल्याउन प्रतिबन्ध गरिएको देखिन्छ । यसअघि सरकारले कम्तीमा छ महिना बाहिर बसेर आउनेले ५० ग्रामसम्म सुन तथा सुनका गहना भन्सार नतिरी ल्याउन पाउने व्यवस्था रहेको थियो । आव २०६९/७० देखि २०७२/७३ सम्म एक सय ८८ किलो अवैध सुन बरामद भएको सरकारी विवरण छ ।

यसरी देशमा सुनको अवैध कारोबार भयानक हुँदै आएको छ । नेपालको सुनचाँदीको सिँगो बजार तस्करहरुको हातामा पुगेको देखिन्छ । तस्करहरुसँग सरकार तथा सुरक्षा निकायको संलग्तामा मिलेमतो र नियमनकारी नभई कमजोरीले गर्दा वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढी सुन बजार तस्करहरुको पकडमा रहेको बताइन्छ । २०७५ असोज आउँदासम्म पनि रसुवाको केरुङनाका हुँदै काठमाडौं सुन तस्करी भएका घटनामा निरन्तरता कायमै रहेको देखिन्छ । तस्करको सुन बरामद भएका कार्यमा संलग्न भएका सुन व्यापारीको सम्बन्धमा भन्सार ऐन २०६४ को दफा ५७ (१) ङ अनुसार एक करोड रुपैयााभन्दा बढी पाँच करोड रुपैयाँसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको जनाइएको छ । अवैध सुन बरामद कैयन् पटक भेटिन्छन् तर सुन अवैध कारोबारीलाई जेल कैद गरेको समाचार देखिदैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक तस्करीको सुन बरामद हुँदै आएको छ । यस विमानस्थलबाट आव २०७०/७१ मा ४१ करोड ९६ लाख ८२ हजार रुपैयाँको ९२ किलो सुन, आव २०७१/७२ मा १८ करोड ३५ लाख ४२ हजार रुपैयाँको ४१ किलो तथा आव २०७२/७३ मा १२ करोड ५३ लाख ७५ हजार रुपैयाँ बराबरका २९ किलो अवैध सुन पक्राउ परेको थियो । तर सोही स्रोतबाट २०७०/७१ मा २४ अर्ब ७९ करोड ४० लाख ४९ हजार रुपैयाँको छ हजार एक सय ९६ किलो सुन वैधानिक माध्यमबाट आयात भएको थियो । आव २०७१/७२ मा छ अर्ब ३८ करोड ९५ लाख ६९ हजार रुपैयाँको १७ सय तिन किलो तथा आव २०७२/७३ मा १४ अर्ब १३ करोड ८५ लाख चार हजार रुपैयाँको तीन हजार सात सय १५ किलो सुन वैधानिक माध्यमबाट आयात भएको थियो । सुनचाँदीका अवैध कारोबारीलाई सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा चलाई आएको भनिन्छ । तर यस्तो बिरलै देखिन्छ । 

सुनचाँदी व्यवसायमा अनुगमन
२०७३ चैततिर काठमाडौं बाहिरका जिल्लामा अनुगमनको सिलसिलामा महासंघ आबद्ध व्यवसायीहरुका पसलबाट केही गरगहना परीक्षणका लागि सरकारी निकायले पसलबाट नमुना सङ्कलन गरी लिएर जाने गरेको छ । सुनचाँदी व्यवसायीलाई विना कारण पक्राउ गर्दै आएको व्यवसायीहरुको भनाइ रहँदै आएको छ । सुनचाँदीसम्बन्धी निर्देशिका नल्याएसम्म सुन पसलको अनुगमन गर्न नमिल्ने भनाइ व्यववसायीहरुले राख्दै आएका थिए । २०७३ भदौतिर र त्यसपछि पनि सुन आयात तथा बिक्रीवितरण कार्यविधि २०६८ लाई परिवर्तन गर्ने खेल बेलाबेलामा हुँदै आएको देखिन्छ । भनिन्थ्यो कि देशको सिँगो सुन बजारलाई थप बेथितितर्फ धकेल्ने गरी केही सीमित व्यापारीहरुको स्वार्थमा सुनको बिक्रीवितरणको कार्यविधि २०६८ नै पविर्तन गर्ने कुरा बराबर उठ्दै आएको छ । सुन आायात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधि २०६८ को परिच्छेद २ मा आयातसम्बन्धी व्यवसायअन्तर्गतका बुँदा नम्बर ३ मा बैंकहरुले मात्र सुन आयात गर्नसक्ने व्यवस्थाको व्यवसायीहरुले विरोध गरेको देखिन्छ । तर यस्ता कार्यविधिमा कच्चा सुनबाट कति प्रतिशतमा आन्तरिक तथा बाह्य बजारमा वा निकासीमा वस्तुमामा कति मूल्य अभिवृद्धि हुनुपर्ने हो सो किटान भएको जस्ता लाग्दैन ।

सुझाव तथा निष्कर्ष 
नेपाली बजारमा खुला रुपमा बिक्री हुँदै आएको सुन अधिकांश अवैध रहेको पाइएको भनिन्छ । बैंकिङ प्रणालीमार्फत बजारमा दैनिक २० किलो सुन आपूर्ति हुँदै आएको भए पनि अधिकांश सुन व्यवसायीहरुले बैंकमार्फत खरिद नगरी अवैध रुपमा नेपाल भित्रिएको सुन सस्तोमा खरिद गरिँदै आएको खुलेको छ । तर बजारमा सुनको माग दैनिक ३० किलोभन्दा बढी हुने गरेको व्यावसायीहरुले भन्दै आएका छन् । माग र आपूर्तिबीच दैनिक २० किलोभन्दा बढीले असन्तुलन रहेकोले सुन व्यापारीहरुले वैधानिकभन्दा पनि तस्करीका सुन खरिद गरी उपभोक्तालाई बिक्री गरेको आक्षेप रहेको बताइन्छ । तै पनि दैनिक १० किलोभन्दा बढी सुनको आपूर्ति कम हुँदा पनि बजारमा सुनको अभाव नदेखिएकोले तस्करी सुन नेपालको बजारमा फैलिएको आशंका गरिएको हो । तर सुनचाँदी व्यापारीहरुले सिधै तस्करीको सुन आफूहरुले बिक्री गर्ने गरेको स्वीकार गर्न तयार छैनन् । बजारमा दैनिक रुपमा कानुनी रुपबाट आउने परिमाण र बजारबाट हुने खपतको अन्तर निकै ठूलो हुँदा सम्बन्धित निकायले सोधखोज गर्न आवश्यक ठानिएको छ । होल मार्किङ प्रणाली एवं सुनको शुद्धता र परिमाण परीक्षण गर्ने यन्त्र खरिद गर्ने भएको आव २०७३/७४ मा अगाडि बढेको थियो । बजारमा सुनको काला बजारीलगायत शुद्धतामा समेत ठगी बढ्न थालेपछि मापन यन्त्र ल्याउने भएको थियो ।

सुनको परीक्षण गर्ने प्रणाली बसाल्न सकेको खण्डमा सुनमा हुने कालो बजार नियन्त्रण गर्न सघाउ पुग्नेछ । साथै २०७४/७५ मा ब्लड प्रेसर जाँच गर्न मिल्ने यन्त्रको क्यालिब्रेसन पनि गर्ने कार्य व्यवस्था थियो । क्यालिब्रेसनले यन्त्र ठिक छ छैन जाँच गर्ने गर्दछ । आव २०७१/७२ देखि नै सुनचाँदी व्यवसायलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउनका लागि वैज्ञानिक निर्देशिका बनाउने तयारीमा लाग्दालाग्दै पनि २०७५/७६ आँउदासम्म पनि भएको देखिदैन । सुनचाँदी व्यवसायलाई गुणस्तरयुक्त, मिसावटरहित र व्यवस्थित गर्नका लागि स्पष्ट ऐन तथा कानुन तथा नीतिहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक भएको देखिन्छ । यद्यपि सुन आयातलाई व्यवस्थित गर्न र देशको शोधानान्तर स्थिति सन्तुलन गर्न राष्ट्र बैंकले २०६६ सालमा कार्यविधि बनाएको थियो । कार्यविधिअनुसार कोटा प्रणालीमा सुन आयात र वितरणसम्बन्धी व्यवस्था गर्दै आएको छ कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दैनिक १५ किलो पछि २० किलो मात्र किन्दै आएका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...

प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?

वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको...

नेपालमा होटल उद्योगको अवस्था

केही समयअघि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको पर्यटन उद्योग महाशाखाले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै