logo

विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन

बेत्रावती, कात्तिक २०
विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ । रसुवाको साविक डाँडागाउँ गाविस वडा नं ८ र ९ बाट विस्थापित भएकामध्ये २४ परिवारलाई घर बनाउन नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा खरीद गरिएको जग्गा प्रसारण लाइनको क्षेत्रमा परेको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडानका लागि लैजाने १३२ केभी डबल सर्किट प्रसारण लाइनको तारमुनि उक्त जग्गा परेपछि पीडित बासिन्दा घर बनाउनबाट वञ्चित भएका हुन् । गत मङ्सिर २७ मा स्थानीय मैयाँकुमारी भट्टसँग खरीद गरिएको चार रोपनी १० आना जग्गा प्रसारण लाइनको दायाँबायाँको नौ/नौ मिटरको प्रभावित क्षेत्रमा परेकाले घर बनाउन नपाएको विस्थापित भीमबहादुर तामाङको गुनासो थियो । उनका अनुसार उक्त जग्गा स्थानीय प्रभावित बासिन्दाले छनोट गरेकाले प्राधिककरणका प्रमुख नापी अधिकृत कमल घिमिरे र नापी अधिकृत कृष्ण थापाले अनुगमन गरी ‘उपयुुक्त’ रहेको भन्दै खरीदका लागि स्वीकृत दिएको थिए ।

“आवास निर्माणका लागि विस्थापित बासिन्दाले जग हाल्न थालेपछि थ्री ‘ए’ले सो स्थानमा प्रसारण लाइन पर्ने भएकाले काम रोक्न निर्देशन दिएकाले घर बनाउन नपाएका हौँ ।” तामाङले भने, “अब के गर्ने भनेर प्रशासन कार्यालय रसुवामा निवेदन दिएका छौँ ।” विसं २०७२ वैशाख १२ को भूकम्पले घरमा क्षति पु-याएको र उनीहरूको नाममा रहेको जग्गा पहिरोले बगाएपछि सो स्थानमा जग्गा खरीद गरेका २४ सहित ३०० भन्दा बढी विस्थापित परिवार हाल रसुवाको खाल्टे बगरमा अस्थायी टहरामा बसोबास गर्दै आएका छन् । विस्थापित परिवारका लागि खरीद गरिएकोे जग्गा प्रसारण लाइनमा परेपछि अन्योल भएकाले समस्या समाधानका लागि छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताएका छन् । उनका अनुसार पुनःनिर्माणका प्राविधिकले स्थलगत अनुगमनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको र जग्गादाताले समेत झुक्याएकाले उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको छ । प्रसारण लाइनमा पर्ने जग्गाका लागि थ्री ‘ए’ले गत वर्ष भदौमा राजपत्रमा सूचना जारी गरिसकेको जनाएको छ । जग्गा बिक्री गर्ने भट्टले प्रसारण लाइनका लागि जारी भएको सूचना आफूलाई थाहा नभएको बताएका छन् । उक्त स्थानमा प्रसारण लाइन निर्माणका लागि खम्बा ठड्याउने काम शुरु हुन बाँकी छ। प्रसारण लाइनमा पर्ने जग्गाको प्राधिकरणले केही रकम क्षतिपूर्ति दिने भए पनि मालपोतमा लगत कट्टा तथा कैफियत नहुने हुँदा सहजै जग्गापास भएको थियोे ।

गत मङ्सिर २७ गते नुवाकोट जिल्ला मालपोत कार्यालयबाट जग्गाको स्वामित्व हस्तान्तरण गरी लालपुर्जा वितरण र जग्गाधनीलाई चेक प्रदान गर्न आयोजित कार्यक्रम रसुवाको सदरमुकाम धुञ्चेमा राखिएकाले लालपुर्जा लिन पनि पीडित धुञ्चे नै जान बाध्य भएका थिए । रसुवाका जिल्ला आयोजना कार्यान्वय एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार प्रभावितले छनोट गरेको जग्गामा प्रतिपरिवार रु दुई लाखका दरले रु ४८ लाख उपलब्ध गराइएको थियो । “केन्द्रबाट आएको टोलीले सो जग्गा अनुगमन गरी स्वीकृत दिएको हो”, उनले भने, “जिल्लाको सदरमुकाममा लालपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरिएकाले जग्गाको प्रकृतिको सम्बन्धमा जिल्ला कार्यालयको भूमिका नै भएन ।” उक्त स्थान नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । सो जग्गा खरीदका लागि समन्वय, स्वामित्व हस्तान्तरण एवं विस्थापितका लागि जग्गा खरीद गरिएको जिल्लामा पहिलो भएकाले सदरमुकाम धुञ्चेमा सामाजिक संस्था भूमि अधिकार मञ्चको सहयोगमा ‘विशेष कार्यक्रम’ राखिएको थियो । उक्त जग्गा खरीदका सम्बन्धमा उत्तरगया गाउँपालिका जहाँबाट उनीहरू विस्थापित भएका अध्यक्ष उपेन्द्र लम्साल र नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा जहाँको जग्गा गरिद गएिको थियोले आफूहरुलाई यसबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । स्थलगत अनुगमनमा आएका पुनःनिर्माण प्राधिकरणका प्राविधिकले प्रभावकारी समन्वय नगर्दा विस्थापितका लागि पुनःस्थापना र पुनःनिर्माणमा थप समस्या भएको सरोकारवालाहरूले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी

उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले...

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ...

महासङ्द्वारा भत्र्सना

नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम देवकोटालाई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै