logo
565 x 90 pixel-01.png

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

धनुषा, कात्तिक २०
जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो । दीपावली अर्थात् लक्ष्मी पूजालाई यहाँ दोस्रो ठूलो चाडको रुपमा लिइन्छ । तराई मधेशका बजारमा अहिले दीपावलीको लागि किनमेल गर्नेले छठ पूजाका लागि पनि बन्दोबस्ती गरिसकेका छन् । दीपावली सकिएलगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो छ । क्षीरेश्वरनाथ नगरपालिकामा लाग्ने साप्ताहिक हाट सखुवा र नयाँबजारको सडकमा पसलेले छठलाई लक्षित गर्दै बाँसको चोयाबाट बनाइएका सामग्री र माटाका सामग्रीका करीब २०० को सङ्ख्यामा पसल सञ्चालन गरिसकेका छन् । दीपावली र छठको सरसामान एकै पटक किन्दा सजिलो र सस्तो पनि पर्ने भन्दै स्थानीय दुवै चाडका सामग्री किनमेलका लागि बजार धाउँदै छन् ।

सोमबार महेन्द्रनगर नयाँ बजारमा छठका लागि बाँसको चोयाबाट बनाइएको टोकरी किन्दै गरेकी महेन्द्रनगर कुचाइ टोल बस्ने गीता देवीले भनिन्, “अहिले दीपावलीमै किन्यो भने छठका बेला फेरि बजार धाउनु पर्दैन ।” छठका बेला बजारमा दीपावलीको भन्दा अझ बढी भीडभाड हुने भएकाले दीपावलीकै किनमेलका बेला छठको लागि सामान किनेको पनि उनले बताइन् । नयाँ बजारमा बाँसको टोकरी र नाङ्लोको पसल थापेका हरिहरपुरका सुरेन्द्र सिंहले पनि छठपूजा गर्नेले दीपावलीकै बेलादेखि छठका सामानको किनमेल शुरु गरिसकेको बताए । “छठ पूजामा छठीमातालाई अर्घ दिन बाँसको छैटा टोकरी र सुपली अनिवार्य चाहिन्छ, उनले भेन”, तीन दिनदेखि नै हरेक दिन ४० देखि ५० वटा छैटा र सुपली बेचिरहेको उनले बताए । छठ पर्वका लागि नदी, पोखरी, ताललगायत जलाशयमा छठीघाटको सरसरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ । नदी, तलाउ, पोखरीलगायत जलाशयमा सरसफाइ गरेर त्यहाँ आकर्षक ढङ्गले टेन्ट पण्डाल र झिलिमिली बिजुली बत्तीले सजाउने काम भइरहेको छ । तीन दिनसम्म उपवास बसी मनाइने छठपूजा पछिल्लो समय तराई मधेशमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् । संस्कृतविद् रमापति चौधरीका अनुसार छठ पर्व नेपालको सन्दर्भमा पहाड र तराई मधेशलाई जोड्ने साझा पर्वका रुपमा विकास हुँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन...

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।...

शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै