logo

‘पर्याप्त बजेट र व्यवसायमैत्री ऐन अभावले निर्माण क्षेत्रमा समस्या’

काठमाडौं, कात्तिक २०
नेपाल निर्माण व्यवसायी महासंघले पर्याप्त बजेट, व्यवसायमैत्री ऐनको अभावलगायत कारणले निर्माण क्षेत्रमा समस्या रहेको बताएको छ । व्यवसायीका कारणभन्दा पनि अन्य कारणले निर्माण क्षेत्रमा सोचेअनुसार काम हुन नसकेको महासंघले जनाएको छ । महासंघको २०औं साधारणसभा एवं ११औं अधिवेशनले गरेका ३५ बुँदे निर्णयहरु सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले पर्याप्त बजेट, भुक्तानी तथा सरकारी निकायबीचको समन्वय अभावमा निर्माण क्षेत्र समृद्ध हुन नसकेको बताए । सशस्त्र द्वन्द्वकाल तथा मधेश आन्दोलनका बेलामा पनि निर्माण व्यवसायीले देशका विभिन्न कुनाकन्दरामा गएर निर्माणसम्बन्धी काम गरेको भन्दै सबै व्यवसायीलाई एकै नजरले नहेर्न पनि आग्रह गरे । गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पक्षमा महासंघ समेत रहेको उनले बताए । महासंघको प्रतिनिधिमण्डलले केही दिनअघि मात्रै विभिन्न मन्त्रालयका मन्त्रीसँग भेट गरी निर्माण क्षेत्रमा देखिएका समस्याबारे जानकारी गराएको भन्दै अध्यक्ष सिंहले आफूहरुसँगको भेटमा नै मन्त्रीहरुले अब पर्याप्त बजेट छुट्टयाएर मात्र ठेक्का प्रक्रिया सुरु गर्ने जानकारी दिएको बताए । स्थानीय निकायबीचको काम, कर्तव्य र अधिकार प्रष्ट नहुँदा व्यवसायीहरुको ठूलो भुक्तानी रोकिएको सिंहले जानकारी दिए । उनले करिब एक खर्ब ५० अर्बभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको जानकारी दिए ।

सार्वजनिक खरिद ऐनमा समेत समस्या रहेका कारण सबै व्यवसायीहरुले काम नपाएको भन्दै महासंघ व्यवसायमैत्री ऐनको पक्षमा रहेको उनले बताए । उनले सार्वजनिक खरिद ऐन संशोधन हुन लागेको भन्दै ऐन संशोधनका क्रममा निर्माण व्यवसायीको समस्या निराकरण गर्न महासंघसँग छलफल भइरहेको पनि जानकारी दिए । साथै उनले निर्माण व्यवसायीका लागि ठूला उपकरण किन्नको लागि सरकारले तीन अर्ब रुपैयाँ छुट्याएको र त्यसलाई महासंघसँग समन्वय गरेर कार्यान्वयनमा लैजाने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएको बताए । सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले देशभरका व्यवसायीहरुको वृद्धि विकासका लागि महासंघको नयाँ नेतृत्व क्रियाशील रहेको बताए । उपमहासचिव तथा प्रवक्ता टंक चौलागाईंले निर्माण क्षेत्र समृद्ध भएमात्र मुलुक समृद्ध हुने बताए । यसैबीच, महासंघले व्यवसायीहरुलाई पेसाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति कडा आपत्ति जनाएको छ । गल्ती गरेको खण्डमा व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन विगतका ऐन कानुन नै पर्याप्त रहेको महासंघको भनाइ छ । महासंघले हाल समयमा निर्माणकार्य सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीले आफ्नो क्षमताभन्दा बढी काम लिनु हो भन्दै निर्माण व्यवसायीको क्षमताअनुसार मात्र काम उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरेको छ । सबै साना निर्माण व्यवसायीहरुलाई समेत सहज रुपमा बोलपत्रमा सहभागी हुन पाउने वातावरण बनाइदिन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

हाल सार्वजनिक खरिद ऐनको दफा १० मा निर्माण व्यवसायी ऐनले व्यवस्था गरेको वर्गलाई बोलपत्रमा सहभागी हुँदा खारेज गरेको देखिएकोले त्यसको सट्टा टर्न ओभरको आधारमा वर्ग कायम गरिदिने व्यवस्थाको लागि महासंघले आग्रह गरेको छ । विद्यमान रहेको हालको व्यवस्थालाई संशोधन गरी जिल्लास्तरका आयोजनामा आह्वान हुने बोलपत्रमा छ करोड रुपैयाँसम्ममा सम्बन्धित स्थानीयअन्तर्गतका निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाका लागि महासंघले आग्रह गरेको छ । त्यस्तै प्रदेशस्तरका आयोजनामा आह्वान हुने बोलपत्रमा छ करोडदेखि १५ करोड रुपैयाँसम्ममा सम्बन्धित प्रदेशअन्तर्गतका निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने महासंघको माग छ । राष्ट्रियस्तरका आयोजना आह्वान हुने बोलपत्रमा १५ करोडदेखि माथि एक अर्बसम्म सम्बन्धित राष्ट्रियस्तरका निर्माण व्यवसायीले प्रतिस्पर्धा गर्ने व्यवस्था लागि महासंघले अनुरोध गरेको छ । भूकम्प तथा नाकाबन्दीका कारण इन्धनलगायत निर्माण सामग्रीको अभावमा राष्ट्रभर सञ्चालित सम्पूर्ण निर्माण आयोजनाहरु प्रभावित भई निर्माणकार्य रोकिएको कारण समयमै कार्य सम्पन्न नभएको अवस्थामा प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार २०७६ चैत्र मसान्तसम्मको लागि विना हर्जना म्याद थपको व्यवस्था मिलाइदिन महासंघले अनुरोध गरेको छ । यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल इफाप्काको ४४औं सम्मेलनमा भाग लिन यही कात्तिक २६ मा मलेसिया प्रस्थान गर्ने भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनमा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केरुङ नाकामा एकैसाथ ३० वटा आइसर कन्टेनरहरु सञ्चालन हुने

३० वटा आइसर कन्टेनरहरु, सिल्क ट्रान्सपोर्टेसनद्वारा सञ्चालनमा ल्याइएका छन् । उक्त कन्टेनरहरु आईएसओ...

नेपाल जेसिजको महाधिवेशन जनकपुरधाममा हँदै

जेसिज नेपालको ४५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस ७ गतेदेखि १० गतेसम्म जनकपुरधाममा हुने भएको छ । दुई करोड २०...

ओप्पो ए७ को बिक्री सुरु

ओप्पोले निकै प्रतीक्षारत आफ्नो बिगर ब्याट्री फोन ओप्पो एसेवेनको आधिकारिक रुपमा बिक्री आरम्भ गरेको छ । ओप्पोको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै