logo
565 x 90 pixel-01.png

नेपालको समृद्धिमा चिया निर्यात महत्वपूर्ण

काठमाडौं, कात्तिक २०
चियाको उत्पादन तथा बजारीकरण बढाउन श्रमसम्बन्धी कानुनलाई लचिलो बनाउनसके नेपालको समृद्धिमा चियाको निर्यातले महत्वपूर्ण भूमिका खेल्नसक्ने नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको उन्नति परियोजनाअन्तर्गत परिसंघले सञ्चालन गरिरहेको एडभोकेसी फर गुड कर्पोरेट गभन्र्यान्स परियोजनाअन्तर्गत सोमबार परिसंघमा आयोजित ‘नेपालमा चिया क्षेत्रको विकासका लागि सरकारी निकाय तथा सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मोरले उक्त कुरा बताएका हुन् । त्यही कारण नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न सरकार जोडतोडले लाग्नुपर्ने उनको भनाइ छ । नेपाली चियालाई बाह्य देशका व्यापारीहरुले सस्तोमा खरिद गरेर त्यहाँको ब्राण्डबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको भन्दै यसलाई रोक्न र नेपाली ब्राण्डकै चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नविनकुमार कर्णले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै नेपाली चिया गुणस्तरीय हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा छिमेकी देशको चियाको तुलनामा कम मूल्य प्राप्त गरेको, यसको कारण अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार हुन नसक्नु र चिया विकासका लागि स्थानीयस्तरमा बहुकर प्रणाली बाधक भएको बताए । कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय श्रम प्रतिष्ठानका अध्यक्ष डा. शिव शर्माले चिया उत्पादनमा स्थानीयभूमि, श्रम र कच्चापदार्थ प्रयोग हुने भएकोले चिया किसानलाई सरकारद्वारा प्रोत्साहन गरिनुपर्ने कुरामा जोड दिए । चिया विकासका लागि चियाखेती हुने भूमि अन्य भूमिमा परिणत गरिन नहुने, चियाको पकेट क्षेत्र स्थापना गर्नसके चियाखेतीको विकासमा उल्लेख्य प्रगति हुनसक्ने बताए । कार्यक्रममा बोल्दै नेपाल चिया तथा कफी विकास बोर्डका उप–निर्देशक रघुपति चौधरीले नेपालको चिया निर्यातको मुख्य गन्तव्य भारत, जर्मनी, रसिया र अमेरिका भएको जनाउँदै नेपाल चिया तथा कफी विकास बोर्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो निर्यात विस्तारको लागि लोगो विकास गरिसकेको पनि जानकारी गराए । सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले अन्तर्क्रिया कार्यक्रमले चिया सरोकारवालाहरु तथा सरकारी निकायबाट चिया क्षेत्रको विकासमा आइपरेका समस्या समाधानमा अग्रगामी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

हिमालयन हाइड्रो एक्स्पो सुरु

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच...

बाँकेको खजुरामा औद्योगिक मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा माघ २४ गतेदेखि फागुन ८ गतेसम्म औद्योगिक व्यापार मेला एवं...

पाँच स्थानीयद्वारा बसपार्कका लागि ३ करोड मूल्यको जग्गा निःशुल्क प्रदान

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ मा पर्ने त्रिधार्मिक तथा पर्यटकीयस्थल हलेसीमा निर्माण हुन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै