logo

गोदावरी पुष्पमेलामा ६२ लाखको कारोबार

काठमाडौं, कात्तिक २०
गोदावरी पुष्पमेलामा ६२ लाख रुपैयाँको कारोबार भएको छ । १२औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार पाँच सय जनाले अवलोकन गरेका छन् । चार दिनमा ६२ लाख रुपैयाँको कारोबार गर्दै आइतबार पुष्पमेला सकिएको हो । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भीड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैयाँको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र पाँच हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैयाँको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरिकल्चर एसोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एसोसिएसनले जनाएको छ । मेलामा पहिलो दिन नौ हजार पाँच सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैयाँको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार विदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैयाँको कारोबार भएको थियो । चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिए पनि ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । प्रदर्शनीमा चार सय ५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । ‘रोपेर फूल गोदावरी सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन् । 
 (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केरुङ नाकामा एकैसाथ ३० वटा आइसर कन्टेनरहरु सञ्चालन हुने

३० वटा आइसर कन्टेनरहरु, सिल्क ट्रान्सपोर्टेसनद्वारा सञ्चालनमा ल्याइएका छन् । उक्त कन्टेनरहरु आईएसओ...

नेपाल जेसिजको महाधिवेशन जनकपुरधाममा हँदै

जेसिज नेपालको ४५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस ७ गतेदेखि १० गतेसम्म जनकपुरधाममा हुने भएको छ । दुई करोड २०...

ओप्पो ए७ को बिक्री सुरु

ओप्पोले निकै प्रतीक्षारत आफ्नो बिगर ब्याट्री फोन ओप्पो एसेवेनको आधिकारिक रुपमा बिक्री आरम्भ गरेको छ । ओप्पोको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै