logo
565 x 90 pixel-01.png

संसद्लाई छलेर थप गरिएका दर्जनौं सडक आयोजना समावेश नगर्न अर्थको पत्राचार

 

काठमाडौं, कात्तिक २०
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय संसद्लाई छलेर आफूखुसी थप गरेका सडक आयोजनाहरु कार्यान्वयनमा समस्या देखिएको छ । संसद्बाट चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट पास भएपछि भौतिकले केही ठूला नेताहरुको दबाबमा बजेट उपशीर्षक नम्बर ३३७३५६ र ३३७३६६ मा दर्जनौँ नयाँ सडक आयोजनाहरु समावेश गरेर त्यसको बजेट व्यवस्थाको लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थले भौतिकको उक्त कार्य गैरकानुनी भएको भन्दै थप बजेट दिन नसकिने अनौपचारिक जानकारी यसअघि नै दिएको थियो । तर, भौतिकले धमाधम सडक आयोजनाको नाम थप गर्दै बजेट व्यवस्थाका लागि अर्थसँग अनुरोध गर्न लागेपछि अर्थले संघीय संसद्समक्ष पेश भएका ती दुई शीर्षकका सडकहरुको नाम उपलब्ध गराइदिन गत बुधबार भौतिक मन्त्रालयमा पत्राचार गरेको छ । अर्थले नयाँ सडकहरु ती दुई शीर्षकमा समावेश हुन नदिने भन्दै पत्राचार गरेपछि भौतिकले सडक विभागसँग संसद्मा पेस भएका सडकहरुको विवरण माग गरेको छ । तर, विभागले सकभर मंगलबार नै संसद्मा पेस भएका सडकहरुको नाम पठाउने तयारी गरेको छ । ‘संघीय संसद्मा पेस भएका ब.उ.शी.नं. ३३७३५६ र ३३७३६६ सडकहरुको विवरण अर्थ मन्त्रालयले माग गरेको पत्र भौतिक हुँदै विभागमा आएको छ’, सडक विभागका एक अधिकारीले भने, ‘सकेसम्म उक्त विवरण हामी मंगलबारसम्म पठाउँछौं । केही गरी सम्भव भएन भने तिहारलगत्तै पठाउनेछौंँ ।’

बजेटमा समावेश नगरिएका सडक योजनाहरुलाई भौतिकले दबाबको भरमा समावेश गर्दै बजेट माग्न थालेपछि अर्थले जुन–जुन शीर्षकमा सडक थप गरिएको छ सोही शीर्षकबाटे मन्त्रालयले नै बजेट व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ । त्यसरी बजेट व्यवस्थापन गर्नुपर्ने र अर्थले बजेट नदिने हो भने ती दुई शीर्षकका सडकमा प्रदेशका नयाँ शीर्षकका सडकभन्दा कम बजेट हुनेछ । केन्द्रभन्दा प्रदेशमा बजेटपछि आएको थियो । प्रदेशमा सडक समावेश नगरी केही नेताहरुले केन्द्रमै निवेदन दिएपछि भौतिक बाध्य भएर ती सडक समावेश गर्न पुगेको हो । तर, संसद्भन्दा बाहिरबाट योजना समावेश गर्दा विरोध हुने भयले अर्थले भौतिकसँग विवरण माग गरेको हो । छुट्टै योजनाको रुपमा रहेको सडकहरु, प्रदेश तहमा हस्तान्तरण भएका सडकहरु, एउटै शीर्षकमा समेत दोहोरो परेको भन्दै अर्थले भौतिकसँग संसद्मा पेस भएका योजनाहरुको नाम माग गरेको हो । ३३७३५६ शीर्षकमा रणनीतिक सडक पुनर्स्थापना तथा सुधार र ३३७३६६ मा तराई मधेश पूर्वाधार विशेष कार्यक्रमका सडकहरु समावेश छन् ।

बजेट पास भएपछि आफूहरुको सडक छुट भएको भन्दै पहुँचवाला नेताहरुले भौतिक मन्त्रालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा सडक आयोजनाहरु समावेश भएका छन् । संसद्लाई छलेर कुनै पनि आयोजनाहरु थप गर्नुहुन्न भनेर सत्तापक्ष र विपक्षकै सांसद्हरुले माग गर्दै आएका छन् । तर, पूर्वप्रधानमन्त्रीदेखि पार्टीका वरिष्ठ नेताहरुले निवेदन दिएपछि भौतिक मन्त्रालय बाध्य भएर निर्णय गर्दै नयाँ–नयाँ सडक आयोजनाहरु थप्दै आएको छ । अर्थले एलएमबीआईएसमा इन्ट्री गर्नका लागि भनेर संसद्मा पेस भएर पास भएका आयोनाहरुको विवरण मात्र माग गरेको हो । बीच–बीचमा आयोजनाहरु थप गर्दा बजेटको सन्तुलन मिलाउन समस्या हुने अर्थ मन्त्रालयको जिकिर छ । संघीयता आए पनि सांसद् तथा नेताहरु प्रदेश र स्थानीय तहभन्दा पनि साना–साना सडकहरु पनि केन्द्रमै समावेश गर्न लालायित छन् । केही सांसद्ले त संघीय संसद्मै आफूहरु वडामा गएर योजना नमाग्ने भन्दे आवाज उठाएका थिए । केन्द्रमा ठूला सडक आयोजना राख्ने भनिए पनि साना–साना र एउटै वडाभित्रका सडकहरुलाई पनि केन्द्रको योजनामा समावेश गरेर ठूला–ठूला अर्बौं रुपैयाँ लागेर सम्पन्न गर्ने धेरै जिल्ला जोड्ने सडक पनि प्रदेशमा पठाउने काम भएको छ । साना सडक केन्द्रमा राख्ने काम गर्नाले संघीयताप्रति नेताहरुको रुचि छैन भन्ने देखाएको छ ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै