logo

नबिलले अप्ठ्यारोमा परेका बैंकहरुको राम्रो ‘लोन’ किन्ने

 

काठमाडौं, कात्तिक २०
नविल बैंकले सीसीडी रेसियो कायम गर्न नसकेर अप्ठ्यारोमा परेका बैंकहरुको ऋण किनिदिने भएको छ । बैंकमा निक्षेप बढेको खण्डमा मंसिरको दोस्रो सातादेखि अप्ठ्यारोमा परेका वाणिज्य बैंकहरुको राम्रो ऋणहरु हामी किनिदिन्छौं, नबिल बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । प्रमुुख कार्यकारी शाहका अनुसार यसी ऋण किनिदिँदा अप्ठ्यारोमा परेका बैंकहरुलाई सीसीडी रेसियो कायम गर्न केही सहज हुुनेछ । ‘यसरी ऋण किन्दा बैंकको राम्रो ऋणहरु अर्थात् धितो बलियो भएको, ऋणीको नियमित आम्दानीको स्रोत पनि बलियो भएका ऋणहरु मात्र हामीले किन्ने हो’, प्रमुख कार्यकारी शाहले भने । केही समयअघि नेपाल राष्ट्र बैंकले अप्ठ्यारोमा परेका बैंक तथा फाइनान्स कम्पनीहरुको ऋण अर्को संस्थाले किन्नसक्ने गरी नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको र हामीले पनि यही नीतिगत दायरामा बसेर ऋण खरिद गर्ने तयारी गरेको समेत शाहले बताए । पछिल्लो बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेका कारण धेरै बैंक तथा फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकले तोकेको सीसीडी रेसियो कायम गर्नसकेका छैनन्, यो अवस्थामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि अप्ठ्यारोमा परेका केही बैंकहरुको ऋण खरिद गरिदिएको जानकारी आफूले पाएको नाम उल्लेख नगर्ने शर्तमा एक बैंकमा प्रमुुख कार्यकारी अधिकृतले बताए ।

ऋण खरिद खरिद गरिएको संस्थाको नाम उल्लेख गर्दा वित्तीय क्षेत्रमा भ्रम उत्पन्न हुुने र उक्त संस्थालाई हेर्न आम निक्षेपकर्ताहरुको सोचाइमा परिवर्तन हुुने हुुँदा पनि त्यस्ता संस्थाहरुको नाम गोप्य राखिनुुपर्छ, ती प्रमुख कार्यकारीले भने । अप्ठ्यारोमा परेका बैंकहरुको ऋण सक्षम बैंकहरुले किन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले भने यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रचलनमा रहेको बताए । ‘सामान्य अर्थमा यो अभ्यास अन्तरबैंैक कारोबारजस्तै भएको र सक्षम संस्थाले अप्ठ्यारोमा परेका संस्थाहरुले ऋण खरिद गरिदिँदा खरिद गरिदिने संस्थासहित ऋणी ग्राहक र अप्ठ्यारोमा परेका संस्थालाई पनि निकै फाइदा पुुग्छ’, कार्यकारी निर्देशक श्रेष्ठले भने,‘अहिले पनि केही बैंकहरुलाई परेको अप्ठ्यारो फुुकाउनको लागि कुनै सक्षम संस्थाहले ऋण खरिद गरिदिन्छ भने बैंकिङ क्षेत्रको लागि यो सुुखद हुुन्छ ।’  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा...

पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन

ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु चार करोड बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा...

मिर्गौलापीडित बालकलाई उपचारमा समस्या

दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ । पाल्पा रामपुर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै