logo
565 x 90 pixel-01.png

धितोपत्र बजारमा सेयर सूचीकरण हुने क्रम बढ्यो

तीन महिनामा १९ कम्पनीको छ अर्ब ३१ करोडको बोनस सूचीकृत

 

कठमाडौं, कात्तिक २०
धितोपत्र बजारमा सेयर सूचीकरण हुने क्रम बढेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाभित्र गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरिसक्नुपर्ने राष्ट्र बैंकको प्रावधान रहेको छ । सोही आधारमा वार्षिक साधारणसभा सम्पन्न गर्ने क्रम बढेसँगै सेयर सूचीकरण हुने क्रम पनि बढेको हो । नेपाल धितोपत्र बोर्डका अनुसार चालू आर्थिक वर्ष सुरु भएदेखि यता १९ वटा कम्पनीहरुको छ अर्ब ३१ करोड ५४ लाख सात हजार नौ सय ४२ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् । बोर्डका अनुसार साउन १ गतेदेखि यही कात्तिक १२ गतेसम्म पाँच वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, फाइनान्स, बीमा र जलविद्युत् कम्पनी समेतको गरी छ करोड ३१ लाख ५४ हजार ७९ दशमलव ४२ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् । पछिल्लोपटक अर्थात् यही कात्तिक १२ गते श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको १६ करोड ७९ लाख ७८ हजार पाँच सय ६८ रुपैयाँबराबरको १६ लाख ७९ हजार सात दसमलव ८५ दसमलव ६८ कित्ता बोनस सेयर सुचीकृत भएको छ । यसैगरी यही कात्र्तिक छ गते सेञ्चुरी कमर्सियल बैंकको पनि ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँबराबरको ३८ लाख ३९ हजार सात सय ३० कित्ता बोनस सेयर सूचीकृत भएकाछन् ।

 

यसैगरी सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार चार सय दुई रुपैयाँबराबरको ९५ लाख ५६ हजार पाँच सय ८४ कित्ता बोनस सेयर सूचीकरण भएको हो । बैंकले आर्थिक वर्ष २०७३/०७४ को खुद मुनाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यसैगरी सूर्योदय लघुुवित्त वित्तीय संस्थाको पनि ७६ लाख रुपैयाँबराबरको ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोर्डको अनुसार उक्त संस्थाको आव २०७३/०७४ को खुद मुनाफाबाट १९ प्रतिशतको अनुपातमा बोनस सेयर सूचीकृत भएको हो । हिमालयन बैंकको पनि आव २०७३/०७४ को खुद मुनाफाबाट २५ प्रतिशतको अनुपातमा एक अर्ब ६२ करोड २९ लाख पाँच हजार नौ सय रुपैयाँबराबरको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको पनि आठ दशमलव ६१ प्रतिशतको अनुपातमा चार करोड १७ लाख ४६ हजार एक सय रुपैयाँबराबरको चार लाख १७ हजार चार सय ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

 

युनाइडेट फाइनान्सको भने यस अवधिमा १९ प्रतिशतको अनुपातमा १२ करोड ७८ लाख १३ हजार नौ सय ७० रुपैयाँबराबरको १२ लाख ७८ हजार एक सय ३९ दशमलव ७० कित्ता बोनस सेयर सूचीकरण भएको छ । यसैगरी मेगा बैंकको पनि १० दशमलव ७५ प्रतिशतको अनुपातमा ९९ करोड ८६ लाख ९५ हजार एक सय ५३ रुपैयाँबराबरको ९९ लाख ८६ हजार नौ सय ५१ दशमलव ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसबीचमा मञ्जुश्री फाइनान्सको भने पाँच दशमलव ७१ प्रतिशतको अनुपातमा चार करोड ३४ लाख ६२ हजार सात सय १० रुपैयाँबराबरको चार लाख ३४ हजार छ सय २७ दशमलव १० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कालिका लघुवित्त वित्तीय संस्थाको पनि आव २०७३/०७४ को खुद मुनाफाबाट २१ दशमलव २१ प्रतिशतको अनुपातमा एक करोड ७५ लाख रुपैयाँ बराबरको एक लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला...

सभागृहको बजेट नरोक्न आग्रह

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ...

छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै