logo

सुशासनका लागि व्यवस्थापन परीक्षण

 

बाबुकाजी कार्की
प्रशासन दयाले होइन न्यायले चल्ने वातावरण र संस्कारको विकास वर्तमानमा खट्किएको अवस्था हो । काँधमा जिम्मेवारी, हृदयमा इमानदारी, मस्तिष्कमा समझदारी भएको पेसाप्रति समर्पित जनशक्ति तथा साधानस्रोत सम्पन्न चित्ताकर्षक व्यवस्थापन सुशासनका लागि आधारभूत शर्त हुन ।  निजामती सेवालाई स्थायी सरकारको रुपमा लिइन्छ । अस्वाभाविक राजनीतिक चलखेलका कारण वर्तमानमा निजामती सेवालाई निष्कलंक, निष्पक्ष र जवाफदेही बनाउन चुनौती देखिएको छ । सरकार र कर्मचारीबीच असमझदारीका कारण निजामती सेवा अक्रान्त भएको परिवेशमा सुशासन कागजमा मात्र सीमित नहोला भन्न सकिन्न । राजनीतिक परिवर्तनले ल्याएको संघीय संरचनाअनुसार संरचना र अवस्थालाई चुस्त र दुरुस्त व्यवस्थापन गर्न सकेमा मात्र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य नजिक पुग्न सकिने यर्थाततालाई विर्सनु हुँदैन ।

 

निजामती सेवाका मौजुदा कार्यप्रणाली र व्यवस्थापनमा आमूल परिवर्तन गरी समसामयिक बनाउन आवश्यक लेखाजोखा गर्न व्यवस्थापन परीक्षण आवश्यक हुन्छ । व्यवस्थापन परीक्षणले संगठनको उद्देश्य, नीति, योजना, संरचना, स्रोतसाधनको प्रयोग तथा कार्य सम्पादन र प्रक्रियाहरुको सुपरीवक्षेण, अनुगमन र मूल्यांकन गरी संगठनमा नियन्त्रण तथा सुधार गर्दै गतिशील संगठन र जवाफदेही प्रशासन निर्माण गर्न मद्दत पु-याउँछ । यसले संगठनको सम्पादित क्रियाकलापहरुको मात्रै मूल्यांकन नगरी संगठनको नीति, नियम, कानुन, योजना, संगठनातमक लक्ष्य र उद्देश्य, संगठनात्मक संरचना, मानव स्रोतको अवस्था र त्यसको परिचालन, संगठनको आर्थिक तथा भौतिक अवस्था लगायत समग्र पक्षको सुपरीवेक्षण र मूल्यांकन गर्दछ । जसले व्यवस्थापनको गुणस्तरलाई उन्नत बनाई कार्यसम्पादनमा नतिजा केन्द्रित रहँदै सुशासन कायम गर्न सहयोग गर्दछ  । सेवाग्राही सन्तुष्टि हुने गरी नियमानुसार गुणस्तरीय छरितो सेवा प्रदान गर्नु नै सुशासन हो । सुशासनको प्रत्याभूति दिन व्यवस्थापकीय पक्ष वैज्ञानिक एवं निष्कलंक तथा चुस्त दुरुस्त हुनुको विकल्प छैन ।

 

राज्यका तर्फबाट नागरिकलाई प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने गरी स्थापना भएका निकायहरुले गर्ने समग्र कार्यको सुपरीवेक्षण, निरीक्षण, जाँच वा अनुगमन तथा मूल्यांकनलाई नै व्यवस्थापन परीक्षण भनिन्छ । व्यवस्थापन परीक्षण प्रशासन सञ्चालनको एक महत्वपूर्ण व्यवस्थापकीय औजार हो । यसले आन्तरिक नियन्त्रणको प्रभावकारिता र उपयुक्तताको मूल्यांकन गरी नतिजामा जोड दिई कारण र प्रभावको विश्लेषण गर्दछ । सार्वजनिक प्रशासनका हरेक तहमा यसलाई अवलम्बन गरी पूर्ण कार्यान्वयन गर्न सकेको खण्डमा नतिजा उन्मुख प्रशासनको विकास भई गुणस्तरीय सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुग्छ । व्यवस्थापनलाई जीवन्त राख्दै लोकप्रिय बनाउन समयानुकूल अध्यावधिक गर्दै जानुपर्दछ । व्यवस्थापकीय परिष्कृतका क्रममा मौजुदा अवस्थाको वस्तुनिष्ठ पहिचान पहिलो शर्त हो । यसरी सबल र दुर्बल पक्षहरु केलाएर अनावश्यक कुराहरु निफन्न व्यवस्थापन परीक्षणबाट प्राप्त सूचना बढी विश्वसनीय हुने वास्तविकता हो ।

 

संघ–संस्थाहरुमा सबै खाले साधानस्रोतको उच्चतम परिचालन गरेर सुगमतापूर्वक निर्धारित लक्ष्यमा पुग्न व्यवस्थापन परीक्षणबाट प्राप्त सूचनाहरुले मार्गदर्शनको भूमिका खेल्दछ । अनावश्यक भद्दा तथा आउटडेटेड व्यवस्थापकीय पद्धति र पक्षलाई निरुत्साहित गर्दै नवीन आविष्कारलाई प्रयोगमा ल्याउन परीक्षणले अहम् भूमिका खेल्दछ । व्यस्थापन परीक्षणले संगठनको सञ्चालनको सन्दर्भमा गरिएका व्यवस्थापकीय क्रियाकलापमा रहेका कमिकमजोरीहरुको पहिचान गरी सुधारका लागि आवश्यक पृष्ठपोषण दिने काम गर्ने हंँदा यसलाई व्यवस्थापकीय नियन्यत्रणको आन्तरिक कडीका रुपमा लिइन्छ । व्यवस्थापन परीक्षण कुनै संगठन वा त्यसको कुनै एक एकाईको विस्तृत एवं पूर्ण मूल्यांकन गर्ने कार्य हो । व्यवस्थापन परीक्षणले व्यवस्थापकीय निर्णय र कार्यप्रणलीको कार्यदक्षता, मितव्ययिता, औचित्यता र प्रभावकारिताको परीक्षण गरी सोको नतिजा व्यवस्थापनसमक्ष प्रस्तुत गर्दछ । व्यवस्थापन परीक्षणको सैद्धान्तिक अवधारणको प्रादुर्भाव सन् १९६० को दशकमा पहिलो पटक अमेरिकाबाट भएको हो । नेपालको निजामती सेवामा यसको प्रारम्भ पहिलो पटक वि.स. २०५५ सालमा निजामती सेवा ऐन २०४९ को पहिलो संशोधनसँगै व्यवस्थापन परीक्षण कानुनीरुपमा स्थापित भयो ।

 

निजामती सेवा ऐन/नियमावलीको व्यवस्था तथा नेपाल सरकार कार्य विभाजन नियमावलीले सुम्पिएको जिम्मेवारीस्वरुप सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । प्रथम पटक सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण निर्देशिका, २०६२ जारी गरेको थियो । पछि समस्या र चुनौतीलाई समेटेर परिमार्जन गर्ने क्रममा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण निर्देशिका, २०६७ जारी गरेको छ । परिमार्जित निर्देशिकाले व्यवस्थापन परीक्षणलाई थप परिभाषित गर्ने प्रयास गरेको देखिन्छ । निजामती सेवा ऐनको दफा ७२ (क) अनुसार : लोकसेवा आयोगको कार्यक्षेत्रभित्रका विषयबाहेक सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत निजामती कर्मचारीहरुले प्रचलित कानुन तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरु पालना गरे नगरेको सम्बन्धमा सुपरीवेक्षण, अनुगमन, मूल्यांकन गरी निर्देशन दिन र त्यसरी सुपरीवेक्षण गर्दा कुनै निजामती कर्मचारी उपर विभागीय कारबाही गर्नुपर्ने देखिएमा समेत सिफारिस गर्न सक्नेछ र सोको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

 

व्यवस्थापन परीक्षण गर्दा व्यवस्थापन कर्ता वा निकायले विभिन्न विधि र तरिकाको माध्यमद्वारा व्यवस्थापन परीक्षण गर्ने गरिन्छ । अवलोकन, निरीक्षण प्रश्नावली, छलफल, अन्तर्वार्ता, कागजात वा प्रमाणपत्रहरुको अध्ययन, विगतका प्रतिवेदनहरुको अध्ययन र सोको पुनरवलोकन नै व्यवस्थापन परीक्षणका उपयुक्त विधि/तरिकाहरु हुन् । व्यवस्थापन परीक्षणमा रहेका चुनौतीका रुपमा, ऐन, नियम तथा नीति निर्देशिकामा अस्पष्टता रहनु, कानुन पालनामा उदासीनता बढ्दै जानु, उचित पुरस्कार र दण्ड सजायलाई कडाइ गर्न नसक्नु, व्यवस्थापन परीक्षणको कार्यले प्राथमिकता पाउन नसक्नु, विषय क्षेत्र व्यापक र विस्तृत हुनु, उपयुक्त विषय क्षेत्र अनुसारको सांगठनिक संरचना, जनशक्ति र व्यवस्थापनमा कमी हुनु, उत्प्रेरणा र मनोबलको स्तरमा कमी आउनु, एक अर्को निकाय र संगठनका बीचमा समन्वय, सहकार्य र सहयोग हुन नसक्नु, सामाजिक परीक्षणको विषयलाई अवलम्बन गर्न नसक्नु आदि पर्दछ । व्यवस्थापन परीक्षणका सम्बन्धमा देखिएका नीतिगत, कानुनी, व्यवस्थापकीय र सांगठनिक समस्याहरुको समाधानको लगि, व्यवस्थापन परीक्षणलाई प्राथमिकता प्राप्त कार्यका रुपमा रुपान्तरण गर्ने, ऐन, नियम तथा नीतिमा रहेका अस्पष्टतालाई सरलीकरण गर्नेे, प्रर्याप्त साधनस्रोतको उचित व्यवस्थापन गर्ने, पुरस्कार र दण्ड सजायलाई पारदर्शी र प्रभावकारी बनाउने, परीक्षणका निश्चित विधि, मापदण्ड र सूचकहरुको निर्धारण गर्ने, प्रतिवेदनले औंल्याएका विषयको पूर्ण कार्यान्वयन गर्ने, संगठनात्मक र व्यवस्थापकीय क्षमतामा वृद्धि गर्ने, अन्तरनिकाय समन्वय र सूचना प्रविधिको उच्चतम उपयोग गर्ने, परीक्षण प्रक्रियालाई निरन्तर सञ्चालन गर्ने, व्यवस्थापन परीक्षण संवैधानिक अंगबाट हुुने व्यवस्था गर्ने, व्यवस्थापन परीक्षणको परिणामलाई कर्मचारीको वृत्ति विकाससँग आबद्ध गर्ने, वार्षिक प्रतिवेदन संसदीय समितिमा छलफलको व्यवस्था गर्ने, हरेक मन्त्रालय, आयोग र सचिवालयमा व्यवस्थापन परीक्षण शाखाको स्थापना गर्ने, व्यवस्थापन परीक्षणको नतिजालाई पुरस्कार र दण्डसँगको आधार बनाई पारदर्शी र वस्तुनिष्ठ बनाउनु आवश्यक छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...

प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?

वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको...

नेपालमा होटल उद्योगको अवस्था

केही समयअघि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको पर्यटन उद्योग महाशाखाले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै