logo

तिहार लक्ष्मी पूजा र बाहिरिएकी लक्ष्मी

शान्ता सुवेदी
अरु मुलुकको तुलनामा नेपालमा चाडपर्व रीतिरिवाज धार्मिक सांस्कृतिक विधिविधानहरु सायद बढी नै होलान् । बहुजातीय बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएर पनि यसो भएको हुनुपर्दछ । नेपालमा नयाँ वर्ष बिदा भनेर नै एक वर्षमा छ वटा नयाँ वर्षका बिदा दिइन्छ । एक वर्षमा छ वटा नयाँ वर्ष ! सायद विश्वको अनौठो मध्येमा यो पनि एउटा अनौठो नै होला । यहाँ अनौठाहरुको चर्चा परिचर्चा गर्न लागेको नभएर हाम्रा चाडपर्व मनाउँदा हाम्रो कसरी कति र केमा धन बाहिर जान्छ भन्ने आँकलन गर्न कोसिस गरेको हो । त्यसमा पनि नेपालीले मनाउने दुई ठूला चाड दशैं, तिहार र छठ जस्ता चाड पर्व त झन छोटो अन्तरालमा छन् । निश्चय नै यी चाडपर्वमा मानिसहरुले धेरै नै खर्च गरेका हुन्छन् । यहाँ सबै चाडमा हुने खर्चको चर्चा नगरेर तिहार जहाँ धनकी देवी लक्ष्मीको पनि पूजा गरिने बढीभन्दा बढी लक्ष्मी भित्रिऊन् भनेर तर लक्ष्मी भने बाहिरिने क्रम बढेकोले म त्यसैको सेरोफेरोमा मेरो कलमलाई फन्का मार्न गइरहेको छु । ‘दशैं आयो रेलिमै छाडेर गैगयो तिहार आयो रेलिमै रमाइलो भैगयो’ । हाम्रो गाउँ घरमा चलेको यो लोक गीतले जाहेर गर्दछ कि तिहार रमाइलो र मनोरञ्जनका पनि चाड रहेछ । ‘जय जय लक्ष्मी आऊआऊ स्थिर गर हाम्रो घरमा पाउ ‘कवि शिरोमणि लेखनाथ पौडेलले रचना गरको कविताको उक्त हरफको भावनाअनुसारको कामना गर्दै हिन्दुहरुले गाई तिहारको साँझ याने लक्ष्मी पूजाको साँझमा आराधना गर्छन् धनकी देवी लक्ष्मीको ।

पूजा गर्ने क्रममा धनकी देवी लक्ष्मीलाई आमन्त्रण गर्दै लक्ष्मी आउने बाटोसमेत बनाउँछन् लक्ष्मीको लागि पाइलालाका छाप बनाएर घरको गेटदेखि मूलढोकासम्म । त्यहाँ अनेक रंगहरु समेत प्रयोग गरेका हुन्छन् पाइतालाका छाप र रङ्गोली समेत बनाउँदा । तर ती छाप बनाउनेहरुलाई के हेक्का पनि हुँदैन भने लक्ष्मीलाई घरभित्र आऊ भनिरहँदा लक्ष्मी भने लक्ष्मीका लागि बनाएका पइतालाका छापमार्फत सिमाना पारी भागिरहेकी हुन्छिन् भनेर । किनभने हामी जुन रङ प्रयोग गरिरहेका हुन्छौँ त्यो सबै रङ हाम्रो मुलुकमा बन्दैन । सबै बाहिरबाटै आयत गरेको हुन्छ । तिहारमा प्रयोग गर्ने रङमा मात्र नेपालको करोडौं रुपैयाँ बाहिर जान्छ । यसरी लक्ष्मीलाई हाम्रो घरमा आऊ भन्दा भन्दै आफैंले बाहिर पठाउएको हामी चालै पाउँदैनौँ । तिहारको अर्को महत्वपूर्ण र अनिवार्य प्रयोगमा आउने भनेका फूल पनि हो । किनभने तिहार फूलको चाड पनि हो । तिहारमा गाई, भाइ, गोरु र कुकुर घरघरका झ्याल ढोका आदि सबैमा फूलका माला चाहिन्छन् । तिहार कागको पूजाबाट सुरु हुन्छ ।

कागलाई समातेर माला लगाइदिन त सम्भव हुँदैन । तर कागलाई माला पनि चढाउने चलन छ । कागबाटै मालाको अर्थात फूलको खपत सुरु हुन्छ । त्यसपछि कुकुर तिहार आउँछ । नेपालीले प्रायः घर घरमा पाल्ने जनवारमा कुकुर पनि पर्दछ । कुकुरलाई पनि फूलमा माला लगाइदिएर पुज्ने चलन छ । त्यस पछि क्रमशः धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीको पूजा गर्दा घरमा भएका घडा, गाग्रा घैंटा खडकुला आदिहरुमा समेत माला लगाइदिने चलन छ । थाहा भएकै हो माला फूलहरु उनेर नै बन्ने हो । साथै घरका झ्याल ढोका सबै माथि लामा माला लगाइदिने चलन छ । यहाँ पनि फूलहरु धेरै खपत भएर जाने नै भए । त्यसपछि गाई र गोरुलाई पनि त्यसरी नै माला लगाइदिएर पुज्ने चलन छ । गाई गोरुलाई लगाइदिने मालाले पनि फूलहरु खपत गरिदिने नै भयो । तर अहिले भने कृषि पेसाबाट नेपालमा खासगरी पशुपालन समेतबाट पलायन भइरहेका अवस्थामा गाई गोरु पाल्ने मान्छेहरु घटिरहेका छन् । अझ ट्याक्टरको उपयोगले गोरुलाई त विस्थपित गरिरहेको पनि पाइन्छ । तीव्र सहरीकरणले पनि गाई गोरु पाल्ने घटेर गए पनि फूलको तिहार त घटेको छैन बढेकै छ । 

तिहारको सबभन्दा महत्वपूर्ण पक्ष भनेको भाइ तिहार हो । दिदी बहिनीहरुले दाजु भाइहरुलाई माला पगरी लगाइदिएर पूजा गर्ने हो । यो दिनमा सबभन्दा धेरै फूलको खपत भएको पाइन्छ । यो दिन सबभन्दा धेरै मखमली र सयपत्री फूलका थुंगाहरुले बनेका मालाहरु उपयोग भएको पाइन्छ । तिहारको यो दिनमा सहर बजार गाउँ घर जताततै उल्लास र उत्साहको साथ फूल मालाको चाड मनाइन्छ । यी दिनमा देउसी भैलो खेल्न आउनेहरुलाई पनि माला समेतले स्वागत गर्ने पनि गरिन्छ कतिपय परिवारबाट । यसले पनि फूल मालाका खपत बढाउँदछ । विगतमा त नेपालीहरुले आफ्नै फूलबारी बगैंचामा करेसाबारी वा बालीका डिलमा रोपेका फूलहरुले नै आफ्नो आवश्यकता टारेको पाइन्थ्यो । तर अहिले समय फेरिएको छ । आफ्नो उत्पादन भन्दा किनेर उपयोग गर्ने चलन बढेको छ । अझ विदेशबाट खाश गरि छिमेकी भारतबाट मालाहरु किनेर ल्याउने चलन बढेको छ । यहाँ चर्चा गर्न खोजिएको मूल विषय भनेको नै लक्ष्मी पुज्दा पुज्दै तिहार मनाउँदा मनाउँदै केबाट कसरी हाम्रो लक्ष्मी बाहिर गएकी छन् नै हो । माथि हामीले केमा मालाहरुको उपयोग आउँछ बारे चर्चा गरेर पृष्ठभूमि बतायौँ ।

अब चर्चा गरौँ यी मालाहरुले हाम्रो कसरी लक्ष्मी तान्छ र लक्ष्मी बाहिर लान्छ भन्ने नै हो । अहिले नेपालीहरुमा मिहिनेत गर्ने भन्दा सजिलो जीवन शैलीको आदत बढेको छ । किन्ने संस्कृति बढेको छ सजिलोको लागि समयको बचतको बाहनाबाजी बनाएर । धेरैहरु सजिलोको लागि भनेर प्लास्टिकका माला समेत प्रयोग गर्न थालेका छन् । यस्ता मालाहरु सबै भारत वा अन्य देशबाट आयत गरिएका नै हुन्छन् । यी र यस्ता माला किन्दा नेपालीको धेरै लक्ष्मी बाहिर जाने नै भयो । यो बाहेक बगैंचामा फूलाएका फूलहरु पनि नेपाली उत्पादनले बजारको माग धान्न नसक्ने भएकोले भारतबाट नै आयत भइरहेको पाइन्छ यता पछिल्ला वर्षहरुमा ।फूल र फूलका मालाहरुले पनि नेपालबाट धेरै नै लक्ष्मी बाहिर लान्छ । आप्mनै फूलबारी वा करेशाबारीमा आफूलाई चाहिने फूल उत्पादन गरेको भए या नेपाललाई चाहिने फूल नेपालमा नै व्यावसायिक उत्पादनले धान्न सकेको भए निश्चय नै नेपालबाट लक्ष्मी यसरी बाहिरिने अवस्था हुने थिएन । नेपालको तिहारमा पटका पड्काउने चलन नै थिएन । यो भारतबाट भित्रिएको विकृति हो । हामी त दशैं तिहार भन्दथ्यौं । अहिले त तिहारलाई पनि तिहार कम दीपावाली बढी भनिन थालेको छ । भारतमा दीपावाली भनिने भएकोलो यो शब्दसँगै पटकाको विकृति पनि नेपालमा भित्रिएको हो ।

भारतमा यदि धेरै पटका पड्काउँछन् कि पटकाको प्रदूषणले केही पनि नदेखिनेसम्म भएको समाचार गत साल आएको थियो नयाँ दिल्लीको । नेपालमा त्यो स्तरमा नपड्काए पनि सहर बजारमा पटका पड्काउने रहर र लहर वर्षेनी बढिरहेको छ । यदि प्रहरीले नरोक्ने हो भने यो झन डरलाग्दो भएर बढेको पाइने छ । पटकाले पनि नेपालीको धेरै लक्ष्मी बाहिर लगिरहेको छ वर्षेनी । गाउँघरको तिहार खर्चिलो थिएन । प्रायः घरकै उत्पादनले तिहारमा चाहिने धेरै चिजको खाँचो धान्दथ्यो । सेलको लागि तेल पिठो आफ्नै उत्पादनले धान्दथ्यो । तिहारमा उपहार दिने मसला आदिको चलन नै थिएन । सेल तरकारीले काम चल्दथ्यो । दशैं मासुको तिहार रोटी वा सेलको भनेर बुझिन्थ्यो । तर अहिले तिहार पनि दशैं जस्तै मासु बेगर चल्दै नचल्ने भएको छ । सहर बजारमा केही दसक यता दिदी बहिनीहरुले दाइ तथा भाइलाई टीका लगाइदिएपछि अनेक कासाविसाका मसलाका पोका दिने चलन अनिवार्य जस्तो भएको छ । जहाँ काजु, छोकडा, किसमिस, बदाम, ओखर, मिठाइ, नरिवल, पेष्टा ल्वाङ, दालचिनी, मखना, अन्जिर, सुकुमेल आदि अनेक राखिएका हुन्छन् । जो निकै महँगा छन् । यी सबै चिजहरु नेपालमा उत्पादन नभएका बाहिरबाट आयात गरिएका हुन् । यी चिजहरुले पनि नेपालीको धेरै नै लक्ष्मी विदेशमा लैजान्छन् । पहिला–पहिला तिहारमा देउसी भैलो रमाइलोको लागि संस्कृतिलाई बचाउन र निरन्तरता दिनको लागि प्राथमिकता दिएको पाइन्थ्यो । पैसालाई गौणमा राखेर खेलेका हुन्थे । अहिले भने तिहारमा देउसी र भैलो बढीभन्दा बढी लक्ष्मी तान्ने उद्देश्यले मात्र खेलेको पाइन्छ ।

राजनीति दल, तिनका भ्रातृ संगठन, अनेक जातीय संगठन तथा अनेक सामाजिक संघ–संगठनहरु समेतको एउटै साझा उद्देश्य भएको छ देउसी भैलोको आवरणमा बढीभन्दा बढी लक्ष्मी तान्ने । जसले गर्दा तिहारको रमाइलो बोझिलोमा परिणत पनि ठान्ने क्रम बढ्दो छ । युवायुवतीको जमात पनि त्यहि मानसिकताले देउसी भैलो खेल्ने अझ यति पैसा दिनै पर्ने जस्ता धम्की दिने प्रवृत्ति पनि बढेको पाइन्छ । तिहारलाई बढीभन्दा बढीको लक्ष्मी जाउको पर्व बनाउने क्षेत्रहरु घट्ने भन्दा बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । यो रोकिने जस्तो पनि देखिएको छैन । अर्को लक्ष्मी लाने भनेको तास, जुवा आदि पनि हो । यसमा कमाउने थोरै र गुमाउने धेरै हुन्छन् । कसैको हातबाट यति धेरै लक्ष्मी बाहिरिएकी हुन्छिन् कि कतिपयको त घरबार पनि बेहाल भएको पाइएको छ । लक्ष्मी तान्न खोज्दा भएकी लक्ष्मीसमेत भाग्ने अवस्था धेरैमा सृजना भएको पाइएको छ । ढिस, तास र कौडा किन्दा पनि लक्ष्मी बाहिर गइसकेकी हुन्छिन् । किनभने यस्ता सामग्रीहरु पनि विदेशमा नै उत्पादन भएका हुन्छन् । तिहारमा रमाइलो गरौँ तर धेरै खर्च बढाएर आउने दिनलाई नरमाइलो नबनाऔँ । भजन गीतमा लक्ष्मीलाई आऊ भने पनि कामले जाऊँ नभनौँ । लक्ष्मीले सबैलाई सधैँ भरिपूर्ण बनाऊन् ।           (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...

प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?

वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको...

नेपालमा होटल उद्योगको अवस्था

केही समयअघि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको पर्यटन उद्योग महाशाखाले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै