logo

भारतीय बजारमा आइफोन बिक्रीमा कमी

 

 

कर्नाटक (भारत), कात्तिक १९
भारतीय बजारमा एप्पल कम्पनीद्वारा निर्मित आइफोनको बिक्रीमा यहाँको लामो विदा समयमा एक चौथाइले घटेको छ । सन् २०१८ को पूरै वर्षभरिमा पनि आइफोनको विक्रीमा ह्वात्ते घटेको औद्योगिक अनुसन्धान फर्म काउन्टरपार्टले शनिबार सार्वजनिक गरेको अध्ययन रिपोर्टमा जनाइएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कुपर्टिनो शहरमा रहेको एप्पल कम्पनीले भारतमा एक अर्ब तीन करोड मोबाइल प्रयोगकर्ताको चाहनालाई जित्न लिएको लक्ष्य पूरा गर्न नसकेको देखिएको छ । सामान्यतया विद्युतीय सामानको कारोबारका लागि भारतमा दिपावलीको समयलाई सुनौलो समयका रूपमा लिने गरिन्छ । एप्पलले भारतीय विशाल बजारमा अपेक्षा अनुसार विक्री गर्न नसकेको मोबाइलको बिक्रीबारे उसले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गर्दै भारतमा आइफोनको बिक्रीमा वर्षको अन्त्यमा कमी देखिएको उल्लेख गरेका छन् । भारतमा यसै हप्ता मनाइने दिपावलीसहितको एक महिना लामो चाडपर्वको समयमा हाम्रो उत्पादनले अपेक्षाकृत बजार लिन नसकेको बताए ।हङकङस्थित काउन्टरपोन्ट रिसर्च कम्पनीका बजार अनुसन्धान निर्देशक नील शाहले भने पछिल्लो तीन महिनामा एप्पलको उत्पादन आइफोनको सात लाख देखि आठ लाखको हाराहारीमा बिक्री भएको छ, जुन गत वर्षको सोही अवधिसम्म करिब १० लाख रहेको थियो । वर्षभरिमा भारतमा एप्पलले करिब २० लाख आइफोन सेट बेच्ने लक्ष्य लिएकोमा १० लाख कम आइफोन सेट बेच्न सफल भएको शाहको भनाइ छ ।

आइफोनको बिक्रीमा कमी हुनुलाई व्यापार कर वृद्धिसँगै अमेरिकी डलरसँग भारतीय रूपैँयाको मूल्य कमजोर हुनु रहेको उनले बताए । विगत चार वर्षमा पहिलो पटक भारतीय बजारमा आइफोनको बिक्रीमा कमी देखिएको छ । यदि हामीले गत वर्षको तेस्रो त्रैमासिकलाई हे-यौँ भने आइफोनको बिक्री करिब नौ लाख थियो तर यस वर्षको सोही समयमा यो सङ्ख्या आधा घटेर चार लाख ५० हजार पुगेको छ ।आइफोनको मूल्य बढेको छ तर यसका विशेषता सम्मोहक छैनन् । एन्ड्रोइड फोनको उत्पादन बढेको छ तर एप्पलका किन्नका लागि ग्राहकका नयाँ आधार खासै छैनन् र यो अमेरिकी डलरको मूल्यमा आएको वृद्धिले महङ्गो पनि भएको छ । भारतीय नागरिकहरूको क्रयशक्तिमा निरन्तर वृद्धि भइरहेको अवस्था अवस्थामा पनि एप्पलको आइफोन बिक्रीमा ठेस लागेको छ तर लामो समयको अन्तरालमा व्यापारमा आरोहअवरोह हुुनु स्वभाविक हो तर एप्पलको गुमेको भारतीय बजारलाई छिट्टै फिर्ता गर्नुपर्छ भन्नेमा कम्पनी सचेत छ, कुकले भने । शाहले यस वर्ष भारतीय बजारमा बिक्री भएका आधाभन्दा बढी आइफोनका पूराना मोडेल भएको शाहले दावी गरे । अमेरिकी डलर भारतीय रूपैँयाको तुलनामा मजबुत हुँदा एप्पलले पूराना मोडेलको उच्चदरमा गर्ने बिक्रीले भारतबाट यस वर्ष अघिल्लो वर्षको तुलनामा सामान्य बढी कारोबार गर्ने उनले विश्वास गरे ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अन्ततः बेलायती मन्त्रिपरिषद् ब्रेक्जिटको पक्षमा

लामो समयसम्म भएका चरणवद्ध वार्तापछि युरोपेली युनियन (इयू)बाट बेलायतको बहिर्गमनका लागि गरिएको सम्झौता...

श्रीलङ्कामा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित

श्रीलङ्काको पुनर्स्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको...

स्मार्टफोन मोबाइलको भविष्य अझ स्मार्ट बनाउने होडबाजी

एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ?...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै