logo

तरकारीको बीउ पर्याप्त उत्पादन

रुकुम पश्चिम, कात्तिक १९
रुकुम पश्चिम तरकारीको बीउमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा मूल र उन्नत तरकारी बीउ उत्पादन हुँदै आएको छ । बीउ उत्पादन केन्द्र चापाले मात्रै वर्षमा तीन हजार किलोभन्दा बढी तरकारीको बीउ उत्पादन गर्ने गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा झण्डै तीन हजार ७०० किलो तरकारीको मूल र उन्नत बीउ उत्पादन गरेको थियो । केन्द्रले आव २०७३/७४ मा तीन हजार ६८२ किलो तरकारीको बीउ उत्पादन गरेको थियो । केन्द्रले काउली, मुला, मिनोअर्ली, प्याज, सलगम, रायो, केराउ सिक्किमे, केराउ आर्केल र गोलभेँडाको बीउ उत्पादन गर्ने गरेको छ । बीउ उत्पादन केन्द्रले मूल बीउका साथै उन्नत बीउसमेत उत्पादन गर्दै आएको छ । यहाँ १५ उन्नत तरकारीको बीउ उत्पादन हुन्छ । केराउ सिङ्गापुरे, स्वीचाड, चम्सुर, सिमी चौमासे, सिमी त्रिशूली, सिमी बोटे कन्टुकी र गाँजरको उन्नत बीउ उत्पादन हुने गरेको केन्द्रका प्रमुख वरिष्ठ बागबानी विकास अधिकृत डा रवीन्द्रनाथ चौबेले जानकारी दिएका छन् । यसैगरी गोलभेँडा मनप्रेक्स, धनीयाँ, रामतोरीया, स्क्वास, भटमास, बोडीलगायतको उन्नत बीउ उत्पादन गरिन्छ । बीउ उत्पादन केन्द्रले खाद्यान्नतर्फ धान खुमल ४, कालोधान र मकै अरुण २ उन्नत बीउसमेत उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ । यहाँ उत्पादन गरिएको तरकारीको बीउ रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, दाङ, प्यूठान, रोल्पा, जाजरकोट, सुर्खेत, अर्घाखाँची, रुपन्देहीलगायतका जिल्लामा बिक्री गरिन्छ । गत वर्ष केन्द्रले विभिन्न तरकारीका दुई लाख ३५ हजार बेर्ना बिक्री गरेको थियो । “हरेक वर्ष बीउको उत्पादन बढाउँदै लगेका छौँ, राजश्वमा समेत वृद्धि भएको छ,” चौबेले भने । जिल्लाका विभिन्न कृषक समूहले पनि तरकारीको बीउ उत्पादन गर्दै आएका छन् । बीउ बिक्री गरी यहाँका कृषक समूहले लाखौँ आम्दानी गर्ने गरेका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल लायन बहुउद्देश्यीय सहकारीको साधारणसभा

काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा...

बझाङमा रासायनिक मलको अभाव

बझाङमा गहुँलगायतका हिउँदेबाली छर्ने समयमा रासायनिक मलको अभाव भएको छ । मलको अभाव हुँदा कृषकहरु चिन्तित भएका...

‘सुन्तला जोन’ कार्यक्रम शुरु

नवलपरासीको नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै