logo

खोरेत रोगको प्रकोप

बैतडी, कात्तिक १९
बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडामा पशुमा देखिने खोरेत रोगको प्रकोप देखिएको छ । वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा पशुमा खोरेत रोग देखा परेको डिलाशैनी गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक धर्मानन्द जोशीले जानकारी दिएका छन् । ती ठाउँमा करीब १५० गाईभैँसी तथा बाख्रामा खोरेत रोग देखा परेको उनले बताएका छन् । गाउँपालिकाका विभिन्न वडामा खोरेत रोगको प्रकोप देखिएपछि रिङ भ्याक्सिनेसनको काम शुरु गरिएको जोशीले जानकारी दिए । खोरेत रोगले महामारीको रुप लिएपछि अन्य ठाउँमा सर्न नपाओस् भन्नका लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सहयोगमा भ्याक्सिनेसन शुरु गरिएको हो । खोरेत रोगबाट पशु प्रभावित भएपछि किसान चिन्तित बनेका छन् । भाइरसका कारण पशुमा देखिने यो रोगले पशुको खुट्टा पाक्नेलगायतका लक्षण देखा पर्ने गरेका छन् । यो सरुवा रोग भएकाले अन्यत्र ठाउँबाट सरेको हुन सक्ने पशु प्राविधिकले बताएका छन् । खोरेत रोग लागेको पशुलाई निरोगी पशुको संसर्गबाट टाढा राख्नुपर्ने अन्यथा रोग बढी फैलिने खतरा हुने प्राविधिकले बताएका छन् । खोरेत रोग भाइरस विषाणुबाट लाग्ने सङ्क्रामक रोग हो । यो रोग खुरफाटा अथवा ओग्र्याउने पशुलाई मात्र लाग्दछ । खाना नखाने, ज्वरो धेरै आउने, मुख र खोर फाटेको ठाउँमा फोका आउँछन्, फोका फुटेर घाउ हुने गर्दछ । रोगी पशुले -याल काड्ने, खोच्याउने, हिँडडुल गर्न नसक्ने, ब्याउने पशु तुहिन सक्छ, दुधालु थाक्ने तथा उत्पादन घट्छ तथा साना बाच्छाबाच्छी मर्न सक्छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शिक्षक पेशा छाडेर तरकारीखेती

लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय...

नेपाल लायन बहुउद्देश्यीय सहकारीको साधारणसभा

काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा...

बझाङमा रासायनिक मलको अभाव

बझाङमा गहुँलगायतका हिउँदेबाली छर्ने समयमा रासायनिक मलको अभाव भएको छ । मलको अभाव हुँदा कृषकहरु चिन्तित भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै