logo
565 x 90 pixel-01.png

खेलको माध्यमबाटै देशको विकास र समृद्धि हुने

 

आशिष बहादुर सिंह
बझाङ, कात्तिक १९
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट देशको विकास, समृद्धि र सुशासनको लक्ष्य हासिल गर्न सकिने बताएका छन् । ‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने नाराका साथ सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङको बुङगल नगरपालिकामा बुङगल क्रिकेट एसोसिएनद्वारा आयोजित बीसीए क्रिकेट कपको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । पछिल्लो समयमा सुगमदेखि दुर्गम सबै क्षेत्रका युवाहरुमा क्रिकेटप्रतिको मोह बढ्दै गएको स्मरण गर्दै उनले नेपाली खेलाडीहरूले क्रिकेटको माध्यमबाट छोटो समयमै ‘एक दिवसीय’ अन्तर्राष्ट्रिय मान्यता पाएर नेपालीहरूको स्वाभिमानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गरेको बताए । खेलकुदका विभिन्न संरचना निर्माणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने र आवश्यक परेको खण्डमा प्रदेश र केन्द्र सरकार सहयोगका लागि तत्पर रहेको बताए । बझाङ एक विकट जिल्लाको रूपमा चिनिएको भए पनि बझाङ्गी युवाहरूको क्रिकेटप्रतिको मोह देख्दा खुसी लागेको बताउँदै मन्त्री विश्वकर्माले सुशासन, समृद्धि, सुखी नेपाली र समृद्ध नेपाल बनाउने महाअभियानमा वर्तमान सरकार दृढ संकल्पका साथ लागिरहेको बताए । विगतका वर्षझैं यस वर्ष पनि बडादशैं तथा दीपावलीको अवसरमा बझाङकै सर्वाधिक धनराशिको खुला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको हो । पर्याप्त भौतिक पूर्वाधारको अभावविना पनि युवाहरूको क्रिकेट प्रतिको मोह बढेको देख्दा प्रतियोगिता सञ्चालन गर्नुपरेको आयोजक आर विक्रम सिंह ओखेडाले बताए । प्रतियोगितामा विजेताले एक लाख ५० हजार रुपैयाँ नगदसहित कप र प्रमाणपत्र र उपविजेताले ६० हजार नगद, कप र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ दि टुर्नामेन्टलाई २० हजार रुपैयाँ नगदका साथै कप र प्रमाणपत्र, उत्कृष्ट ब्याट्सम्यानलाई ५ हजार नगद, उत्कृष्ट बलरलाई ५ हजार नगद तथा अनुशासित टिमलाई ८ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिने भएको छ ।  
(आर्थिकदैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास...

महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले...

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

राष्ट्रिय खेलकूद परिषद् राखेपका कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै