logo

साप्सुखोलामा ७ दशमलव १५ मेगावाट क्षमताको हाइड्रोपावर बन्ने

 

खेमराज अधिकारी
खोटाङ, कात्तिक १९
थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाँउपालिकाको सिमानास्थित साप्सु खोलाबाट राजापानीको बेलडाँडामा ७ दशमलव १५ मेगावाट उत्पादन क्षमताको जलविद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको जानकारी दिएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत सेयर लगानी गरी कुल एक अर्ब ४० करोड रुपैयाँको लगानी रहने हाइड्रोपावर कम्पनीले जनाएको छ । आगामी १८ महिनाभित्र निर्माणकार्य सम्पन्न गरेर विद्युत् उत्पादन थाल्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको थ्रीस्टार हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताएका छन् । ’विद्युत् उत्पादनका लागि हाम्रो कम्पनीले विद्युत् प्राधिकरणसँग पीपीए गरिसकिएको छ’, उनले भने, ‘तिहार सकिए लगत्तै जलविद्युत् निर्माणकार्यलाई गति प्रदान गर्नेछौं ।’ विद्युत् बिक्री गरेबापत हुने कुल आम्दानीको २ प्रतिशत स्थानीय तहलाई दिने गरी थालिएको जलविद्युत् आयोजनाको अहिलेसम्मको प्रगति १० प्रतिशत रहेको जनाइएको छ । जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने जग्गा कम्पनीको नाममा पास गरिसकिएको छ । जलविद्युत्का लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरिसकिएको हाइड्रोपावर आयोजना प्रमुख जेनिस लामाले जानकारी दिए । आयोजनाले विद्युत् उत्पादन थालेपछि प्रतिवर्ष २४ करोड रुपैयाँ आम्दानी लिने लक्ष्य राखेको छ ।

 

जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने सडक निर्माण, सब–स्टेसन निर्माण, पावर हाउस निर्माणस्थलमा ग्रेडिङ गर्ने, पावर हाउस बेलडाँडादेखि पुरानोगाउँको सब–स्टेसन बीचमा विद्युत् पोल ठड्याउने र तार टाँग्ने कार्य सम्पन्न भएको छ । बेलडाँडामा उत्पादित विद्युत् राजापानीको पुरानो गाउँमा निर्माण गरिएको स्विचिङ स्टेसनबाट सिधै गाईघाट–बुईपा ३३ केभी केन्द्रीय प्रसारणलाइनमा जडान गरिने आयोजनाले जनाएको छ । पीपीए मोडेलमा सञ्चालन हुने साप्सुखोला जलविद्युत्को निर्माणकार्य ५० प्रतिशत पुगेपछि स्थानीयवासी र लगानीकर्ताका लागि छुट्टाछुट्टै सेयर सुविधा खुल्ला गरिने छ । ३० वर्षपछि प्राधिकरणलाई स्वतः हस्तान्तरण गरिने आयोजनाले ८० प्रतिशत सेयरमा स्थानीयलाई प्राथमिकता दिइने समेत बताएको छ । जिल्लाको इतिहासमै सबैभन्दा धेरै उत्पादन क्षमताको साप्सुखोला जलविद्युत्को निर्माणकार्य सम्पन्न भएपछि ३० बढी स्थानीयले रोजगारीको अवसर समेत प्राप्त गर्ने आयोजनाले जनाएको छ । कागजी प्रक्रिया सकेर भौतिक तर्फको १० प्रतिशत सफलता हासिल गरेको जलविद्युत्का लागि दशैं तिहार सकिएलगत्तै सिभिल मेकानिकल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कामका लागि टेन्डर खोलिने आयोजना प्रमुख लामाले जानकारी गराएका छन् । साप्सुखोला जलविद्युत् उत्पादनपछि खोटाङका साथै ओखलढुंगा र सोलुखुम्बुका स्थानीयबासीहरु अन्धकारमुक्त हुने कम्पनीले जनाएको छ । ‘लुप इन लुप आउट’ प्रविधिमार्फत सञ्चालन गरिने साप्सुखोला जलविद्युत्लाई केन्द्रीय प्रसारणलाइनले कुनै असर नपार्नेसमेत आयोजनाको भनाइ छ । केन्द्रीय प्रसारणलाइनमा जोडिएको १ मेगावाट क्षमताको साप्सु कालिका हाइड्रोपावरलगायत जिल्लामा हाल डेढ दर्जनजति हाइड्रोपावरहरु सञ्चालित भए पनि पटक–पटक जिल्लामा विद्युत् अवरुद्द हुँदै आइरहेको छ । जिल्लामा साप्सुखोला हाइड्रोपावरले विद्युत् उत्पादन गर्ने भएपछि वर्षौंदेखि विद्युत् अभाव खेपिरहेका जिल्लावासी हर्षित भएका छन् ।          (आर्थिकदैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केरुङ नाकामा एकैसाथ ३० वटा आइसर कन्टेनरहरु सञ्चालन हुने

३० वटा आइसर कन्टेनरहरु, सिल्क ट्रान्सपोर्टेसनद्वारा सञ्चालनमा ल्याइएका छन् । उक्त कन्टेनरहरु आईएसओ...

नेपाल जेसिजको महाधिवेशन जनकपुरधाममा हँदै

जेसिज नेपालको ४५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस ७ गतेदेखि १० गतेसम्म जनकपुरधाममा हुने भएको छ । दुई करोड २०...

ओप्पो ए७ को बिक्री सुरु

ओप्पोले निकै प्रतीक्षारत आफ्नो बिगर ब्याट्री फोन ओप्पो एसेवेनको आधिकारिक रुपमा बिक्री आरम्भ गरेको छ । ओप्पोको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै