logo

एभोकाडोको खेतीबाट आयआर्जन

 

 

 

बिश्वनाथ खरेल
नेपाल कृषिप्रधान देश हो । यहाँ ६६ प्रतिशतभन्दा बढी मानिसहरु कृषि पेसामा आश्रित रहेका छन् । कृषिबाट ३३ प्रतिशत जीडीपी प्राप्त हुन्छ । तसर्थ केही वर्षअघिसम्म देशका विभिन्न ग्रामीण क्षेत्रका केही घर कम्पाउन्ड र करेसाबारीमा सोखका लागि एक/दुई बोट रोपेको देखिने एभोकाडोको पछिल्लो समयमा व्यावसायिक खेती सुरु भएको छ । यो घ्यू फल पनि भनिने एभोकाडोमा व्यावसायिक भविष्य देखेका कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । यसबाट राम्रो आम्दानी हुने देखिएपछि मुलुकका कृषकहरु यस खेतीप्रति दिनप्रतिदिन आकर्षित हुँदै गएका छन् । यस खेतीबाट राम्रो बजार मूल्य र लामो उत्पादन अवधिका कारण पूर्वी नेपालका कृषकहरु सुन्तला र अरु नगदेबाली छाडेर एभोकाडो खेतीमा लागेका हुन् । वास्तवमा भन्ने हो भने केही वर्ष पहिलासम्म घर परिवारमा खान र आफन्तलाई कोसेलीका रूपमा दिन मात्र लगाइने गरेको यस फलको खेती विस्तार भएको थिएन । भर्खरैमात्र उत्पादन लिन थालिएको यो फल किसान र उपभोक्ताका लागि नौलो हो ।

देशमा रहेका विभिन्न किसिमका कृषि उपजहरुको योगदानलाई सामान्य रुपमा अवलोकन गर्दा कुल गार्हस्थ्य कृषि उत्पादनमा विभिन्न बालीहरुको योगदान खाद्यान्न तथा अन्य बाली ४४ दशमलव ४९, तरकारी तथा नर्सरी ९ दशमलव ७१, पशुपालन ८ दशमलव शून्य ७, वन ८ दशमलव शून्य ७ र फलफूल तथा मसला बाली ७ दशमलव शून्य ४ प्रतिशत रहेको अनुमान छ । यसमध्ये एभोकाडो पनि एक किसिमको फलफूल हो । यो फलफूलको नाम नेपाली समाजमा कमै मात्रलाई थाहा छ । मुलुकमा यसको खेती कमै मात्रमा छ । यो फलफूल प्रायः विदेशीले मात्र खाने गर्छन् भने आजकाल नेपालीहरु पनि यस फलफूलप्रति बढी आकर्षित हुँदै गएका छन् । हाम्रो देशको कुरा गर्ने हो भने धनकुटा, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट लगायतका जिल्लाहरुमा एभोकाडाको खेती हुँदै आएको छ । यसको खेती खासगरी तुसारो नपर्ने र हावा धेरै नलाग्ने ठाउँमा यसको खेती गरिने पाइन्छ । यो खेती एकपटक लगाएपछि धेरै वर्षसम्म फल दिइरहेको हुन्छ । यसको बिरुवा सरकारी तथा निजी फार्महरुबाट सजिलैसँग किन्न पाइन्छ । देशमा एभोकाडोको बीउबाट बिरुवा उत्पादन गरिए पनि अझै कलमी भने गर्न सकिएको छैन । यसको बिरुवा लगाउने समय मंसिर, पुस र माघ महिनाबाहेक अरु सबै महिनाहरुमा लगाउन सकिन्छ ।

यो बिरुवा लगाएको ५/६ वर्षपछि यसले उत्पादन दिन थाल्छ । यसको बिरुवा हेर्दा ज्यादै राम्रो देखिन्छ । यसले वातावरणलाई स्वच्छ बनाउने कार्य पनि गर्दछ । यसको बोट हेर्दा हरियो बोट, ठूला पात र फल लाग्दा हरियो लाम्चो हुने भएकाले एभोकाडो फल सहजै चिन्न सकिन्छ । यो फल पाकेपछि प्याजी रङको हुन्छ । यसको रुख ठूलो हुन्छ र जरा भने त्यति तलसम्म नजाने भएको हुँदा हावा हुरीले यसको बोट ढल्ने धेरै सम्भावना हुन्छ । यसको प्रतिबोट ३० देखि १ सय किलोग्राम एभोकाडो उत्पादन हुने गर्छ । यसको खेती गर्दा एक बोटबाट अर्को बोटको दूरी ८ मिटर हुनुपर्दछ । एभोकाडोको बजार देशमा दिनहुँ बढ्दै गएको छ । हाल हाम्रो देशमा एभोकाडोको बजारलाई अवलोकन गर्ने हो भने धनकुटा, सर्लाहीको नवलपुर, काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा किन्न पाइन्छ । त्यस्तैगरी सानेपा, पुल्चोकस्थित नमस्ते सुपर मार्केट र भाटभटेनी सुपर मार्केटमा पनि किन्न पाइन्छ । यसको मूल्य भने विभिन्न स्थानमा विभिन्न किसिमको रहेको पाइन्छ ।

यसको सरदर मूल्य प्रतिगोटा सानो र ठूलोको ७० देखि १ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । यसो हुनुमा यसको बजार प्रतिस्पर्धा नहुनु र निश्चित ठाउँमा निश्चित ग्राहकहरु मात्र भएका कारणले गर्दा बजारको आकार सानै रहेको छ । यसले एभोकाडोको बजार अझै व्यावसायिक बन्न नसकेको स्पष्ट हुन्छ । समग्रमा भन्नुपर्दा मेक्सिको र अमेरिकालगायतका मुलुकबाट भित्रिएको बताइने यसको व्यावसायिक खेती समुद्री सतहको ५ सयदेखि १७ सय मिटर उचाइको उष्ण र समशीतोष्ण हावापानीमा गर्न सकिन्छ । यो फलको बिरुवा रोपेको ४ देखि ६ वर्षभित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक सम्भावना रहेको कृषि सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको छ । यसमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडोको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् । यस बिरुवाको धेरै जातमध्ये हालसम्म हाम्रो देशमा भने एभोकाडोका १७ जात देखिएका छन् । यो खेतीमा लागेका कृषकहरुलाई हौसला दिन हावापानीअनुसार उपयुक्त जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन जरुरी रहेको सम्बन्धित क्षेत्रको विज्ञहरुको भनाइ रहेको पाइन्छ ।

फलफूलको खपत नेपालमा बढ्दै गएको छ, तर अपेक्षित रूपमा उत्पादन बढ्नसकेको छैन । भारत र चीनबाट आयात हुने फलफूलमा नेपाल निर्भर हुँदै गइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैँची, सुपारी, आलु, केरा तथा कागतीको उत्पादनमा प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षमा यस परियोजनामा चार अर्ब ७७ करोड विनियोजन गरिएको छ । देशमा फलफूलको तथ्यांक स्थितिलाई मध्यनजर गर्ने हो भने आर्थिक वर्ष २०७१/०७२ मा क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः ११०८०२ हेक्टर, ९९२७०३ मेट्रिक टन र ८९५९ प्रतिकिलो हेक्टरमा थियो भने आर्थिक वर्ष २०७२/०७३ मा क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः ११९११४ हेक्टर, १०९६७७४ मेट्रिक टन र ९२०८ प्रतिकिलो हेक्टरमा वृद्धि भएको अनुमान गरिएको थियो । यसमध्ये यो एभोकाडो पनि एक किसिमको घिउ फल हो । यो खाँदा ज्यादै पोषिलो र तागतिलो पनि छ । नामैले घिउफल भएकाले बाहिरको पातलो बोका निकाल्न र भित्रको बीउ गेडा वरिपरि भएको क्रिमलाई झिकेर दूध वा दहीसँग फिटेर खानापछि खान सकिन्छ । आजभोलि तारे होटलहरुमा केरा, गाँजर, मेवासँग एभोकाडोलाई मिलाएर सलादको रुपमा मिसाएर खाने चलन बढ्दो रुपमा रहेको पाइन्छ । यस किसिमको घिउ फलमा प्रतिसय ग्राममा १ दशमलव ७ ग्राम प्रोटिन, खनिज १ दशमलव १, फ्याट २२ दशमलव ८ ग्राम, फस्फोरस ८० मिलिग्राम र क्याल्सियम १० मिलिग्राम पाइने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । देशको हावापानीलाई हेर्ने हो भने यो फल ज्यादै नै उपयुक्त देखिन्छ ।

यहाँका मध्यम वर्गको लागि यस्को खेती अति नै उपयोगि देखिएको छ । आयआर्जन गर्नको लागि यसमा धेरै सम्भावना बोकेको देखिन्छ । यसको उपभोक्ताहरुको संख्या पनि दिनप्रतिदिन यस घिउ फलप्रति बढ्दो रुपमा रहेको पाइन्छ । उपभोक्ताको माग बमोजिम यसको बजार कम नै देखिएको पाइन्छ । अतः क्रमिक रुपमा यसको बजार पनि विस्तार हुँदै गएको एकातिर छ भने अर्कोतिर बहुसंख्यक व्यक्तिले यसको स्वाद मिठो मानेर यसको खोजीमा लागेको देखिन्छ । यसको लागि नेपाल सरकारले पनि बेलैमा यस खेतीको लागि चाहिने आवश्यक बीउबीजन, बेर्ना तथा आवश्यक सामग्रीको व्यवस्था गरिदिने हो भने यस फलप्रति कृषकहरु आकर्षित भएका छन् । जसले गर्दा धेरै कृषकहरुको जीविकोपार्जनको लागि यस खेतीले निकै नै सहयोग गर्न सक्ने कुरामा सम्बन्धित विज्ञहरुले औँल्याएका छन् । देशमा खाली रहेको भूमिको सदुपयोग एकातिर हुन्छ भने अर्कोतिर आयआर्जनको दरिलो स्रोत पनि हुन जाने कुरामा कसैको दुईमत नहोला ।  (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...

प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?

वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको...

नेपालमा होटल उद्योगको अवस्था

केही समयअघि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको पर्यटन उद्योग महाशाखाले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै