logo

विश्व पर्यटन दिवस र नेपाल भ्रमण वर्ष

 

 

 

निनाम कुलुड. 'मंगले'
गत २७ सेप्टेम्बरका दिन नेपालमा पनि तामझामका साथ विश्व पर्यटन दिवस मनाइयो । यो ३९औं विश्व पर्यटन दिवस हो । विगत ३९ वर्षदेखि नेपाललगायत विश्वभरिका देशमा यो दिवस मनाइँदै आएको छ । नेपालमा २७ सेप्टेम्बरका दिन पर्यटन दिवस मनाउने क्रममा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा पहिलोपटक उत्रिने पर्यटकहरुलाई फूलमाला, खादा, ढाका लगाइदिएर स्वागत गर्ने, उनीहरुलाई विभिन्न सेवा र सुविधाहरु दिने प्रचलन पनि बढ्दै छ । त्यस्तै सो दिन पहिलो विदेशी पर्यटक (यात्रु)का रुपमा उत्रिने जोडी पर्यटकलाई होटल, लज, ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी -याफ्टिङ एजेन्सी आदिले आफ्नो प्याकेजमा विभिन्न सहुलियत र छुटहरु दिने प्रचलन पनि बढ्दै गएको छ । सो दिन पोखरा, घोरेपानी, इलाम, काँकडभिट्टा, भैरहवा, बुटवल, नेपालगञ्ज, वीरगञ्ज, महेन्द्रनगर (भीमदत्त नगरपालिका), जोमसोमलगायतका पर्यटकीय सहर र स्थानहरुमा पनि विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने प्रचलन बढ्दो छ । यसरी विदेशी पर्यटकलाई विभिन्न आकर्षक छुटहरु दिने क्रममा यो वर्षको विश्व पर्यटन दिवसका दिन होटल एसोसिएन अफ नेपाल हान आफू मातहतका होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

उता संयुक्त राष्ट्रसंघ मातहत रहेको विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटीओ)ले भने हंगेरीको राजधानीमा यसपटकको विश्व पर्यटन दिवस मनायो । हुन त पर्यटन दिवसको मात्रै होइन, समग्र पर्यटनको कुरो गर्दा विश्वका प्रायः सबै देशले धेरैअघि नै पर्यटनलाई पनि अन्य उद्योगसरह उद्योगको मान्यता दिइसकेको छ । यता नेपालमा भने सरकारले पर्यटनलाई केही वर्षअघि मात्रै अन्य उद्योगसरह उद्योगको मान्यता दिएको छ । तर, अझै पनि नीतिगत रुपमा सोअनुसार अपेक्षित रुपमा काम हुनसकेको छैन । जे भए पनि सरकारले अन्य उद्योगसरह पर्यटन उद्योगलाई पनि मान्यता दिएपछि पर्यटन व्यवसायमा लागेका व्यवसायी र पर्यटकलाई विभिन्न सहुलियत, सेवा, सुविधालगायतका ‘लोयल्टी’ दिनसक्छ मात्रै होइन, दिनु पनि पर्छ । हाल विश्व पर्यटन उद्योगको जुनसुकै क्षेत्रमा पनि तीव्र र एक किसिमले अस्वस्थ प्रतिस्पर्धा भइरहेकोले पर्यटन उद्योगमा लागेका उद्योगी–व्यवसायीहरुले पक्कै पनि यसबारेमा सोच्नेछन् । औपचारिक रुपमा भनिहाल्न त नहुने हो, तर, नेपाली पर्यटन उद्योगमा भित्रिएको त्यही अस्वस्थ प्रतिस्पर्धाले गर्दा नेपालको पर्यटन व्यवसाय ‘नाङ्लो पसल’जस्तो भएको छ । फलतः नेपाल सरकारको आधिकारिक निकायबाट तालिम लिएर ए प्लस, ए, बी प्लस, बी ग्रेड ल्याएर टुर गाइड/ट्रेकिङ गाइड बनेकाहरु पिक सिजनमा पनि बेरोजगार भएर बस्नुपरेको छ । त्यसैले पर्यटन उद्योगमा लागेका उद्योगी–व्यवसायी र मजदुरहरुले व्यवहारमै लागू हुने गरी विभिन्न विधि विधानहरु बनाएर कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।

हुन त विश्व पर्यटनको कुरो गर्दा प्रायः सबै देशका लागि नभई नहुने पहिलो र सर्व स्वीकार्य आवश्यकता भनेको भौतिक पूर्वाधारको विकास हो । त्यसमा पनि नेपाल जस्तो भू–परिवेष्ठित देशहरुलाई विदेशी पर्यटक भित्र्याउन नभई नहुने यातायातको प्रमुख आधार भनेको हवाइ यातायात नै हो । त्यसमा पनि अन्तर्राष्ट्रिय हवाइयातायात पहिलो आवश्यकता हुन जान्छ । तर, दुःखको कुरो हालसम्म नेपालमा चाहिँदो रुपमा हवाइयातायातको पहुँच नभएकैले नेपाल घुम्न आउन चाहने कतिपय विदेशी पर्यटकहरु अन्यत्र मोडिएको स्थिति छ । खासमा हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । त्यो बेला लगभग २०/२५ वर्षको आवश्यकतालाई हेरेर बनाइएको थियो । त्यही एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय मापदण्डविपरीत बस्तीहरुको बीचमा रहेको छ भने घरिघरि धावनमार्गको पिच उक्किने लगायत समस्या भोग्दै आएको स्थिति छ । त्यसो हुनुको एक मात्र कारण कम क्षमताको हुनु हो । जे भए पनि विश्वमा पर्यटनको इतिहास हेर्ने हो भने पर्यटनको इतिहास सुरु भएको लगभग एक सय ७७/७८ वर्ष भइसकेको छ । भनिन्छ, सर्वप्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपले मानिसहरुलाई घुमाउन सुरु गरेपछि नै पर्यटनको इतिहास सुरु भएको हो । भनिन्छ, सुरुमा थोमस कुकले आफ्नै देश बेलायतका नागरिकलाई आन्तरिक पर्यटकको रुपमा आफ्नै देशमा औपचारिक रुपमा घुमाएका थिए ।

यसरी विदा मनाउन व्यवस्थित ढंगले विभिन्न देशका नागरिकहरु आफूलाई मन परेको ठाउँमा घुम्न जाने/विदा मनाउन जाने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरेका थिए । तर, थोमस कुकले सुरुमा व्यवस्थित र दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाएका थिए । आखिर घाटाको व्यापार कति दिन गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ट्राभल बिजिनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । एक जानकारीअनुसार सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत कमिसन खान्थे । यसरी थोमस कुकले सन् १८४५ मा फेरि निश्चित प्रतिशत कमिसन खाएर यात्रा व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’ सुरु गरेपछि कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन । यसरी हेर्दा नेपालले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउन विगत वर्षहरुमा अनेक कार्यक्रमहरु पनि गरेको छ । जस्तै सर्वप्रथम सन् १९९८ मा पहिलोपटक पाँच लाख विदेशी पर्यटक नेपाल भित्र्याउने त्यो बेला नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई दैनिक ४९ अमेरिकी डलर खर्च गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो ।  (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...

प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?

वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको...

नेपालमा होटल उद्योगको अवस्था

केही समयअघि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको पर्यटन उद्योग महाशाखाले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै