logo

नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेस शीर्ष तहमा चरम विवाद

 

 

 

मोतिलाल भण्डारी
नेपाली कांग्रेसको शक्तिशाली भ्रातृ संस्था नेविसंघमा ३२ वर्ष उमेर हद तोकेपछि कांग्रेसको शीर्ष तहमै विवाद चुलिएको मात्र हैन शीर्ष नेताहरु समेत विभाजित भएका छन् र आगामी पार्टीको महासमिति बैठकसमेत प्रभावित हुने देखिन्छ । पार्टी केन्द्रीय समितिको बहुमतको आधारमा त्यो पनि मध्य राति पेलेर नेविसंघमा ३२ वर्ष उमेर हद तोकेका थिए । तत्कालै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीले नोट अफ डिसेण्ट लेखेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको यो निर्णयसँगै नेविसंघको महाधिवेशनको सम्भावना टरेको छ । वर्तमान नेविसंघ केन्द्रीय समितिले सर्वसम्मतरुपमा विधान पारित गरेको थियो । नेविसंघ हेर्ने प्रकाश शरण महत संयोजक रहेको पार्टीको निर्देशन समितिले नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान खारेज गरी ३२ वर्ष उमेर हद लाग्नेसहितको आफ्नो विधान पेस गरेको थियो । नेविसंघको केन्द्रीय समितिले पास गरेको विधान कांग्रेस केन्द्रीय सदस्यहरुलाई अध्ययन गर्न नदिई एकतर्फी रुपमा आफ्नो विधान पास गरेका थिए । नेविसंघको महाधिवेशनमा आफ्नो पक्ष पराजित हुने निश्चित भएपछि देउवाले यस्तो निर्णय गरेका थिए । पछिल्लो समय पार्टीको भ्रातृ संगठनमा आफ्नो पकड गुमाउँदै गएपछि नेविसंघमा उमेर हद लगाएका हुन् ।

अब नेविसंघमा तदर्थ समिति गठन गर्ने तयारी रहेको स्रोतले बताएको छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्नेमा वर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महरले महाधिवेशनको प्रारम्भ नै नगरेकाले पार्टीले महाधिवेशनको लागि भन्दै थप तीन महिना म्याद थप गरेको थियो । अध्यक्ष महरले कात्तिक १६, १७ र १८ गते काठमाडौंमा महाधिवेशन गर्ने भनी मिति तोकेका थिए तर त्यो समय पनि महाधिवेशनको प्रारम्भ नै नगरी समय गुजारे र विजयकुमार गच्छदार समूहलाई मिलाउने भनी १५ जना विधानविपरीत मनोनित गरेर राजनीतिक सहमतिको वातावरण र महाधिवेशनको वातावरण बिगारे । महाधिवेशन गर्न थपिएको तीन महिना म्याद आगामी मंसिर दुई गते सकिँदैछ । विधानमा व्यवस्था भएबमोजिम आगामी मंसिर २ गतेबाट यो नेविसंघ केन्द्रीय समिति स्वतः भंग भई नयाँ तदर्थ समिति बन्नेछ ।

नेविसंघमा उमेर हद लागेसँगै हजारौं नेविसंघका नेताहरुले आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । उमेर हद लागेसँगै आक्रोशित रुपमा १२ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी मोतिलाल भण्डारीले भने, ‘लोकतान्त्रिक पार्टीमा उमेर लगाएर पार्टीले अलोकतान्त्रिक चरित्र प्रदर्शन ग-यो, अब आन्तरिक लोकतन्त्रको लागि लड्छौँ, हामीलाई उमेर हद लगाएर ठेगान लगाउनेहरुलाई पछुतो हुनेगरी यिनीहरुलाई पार्टी महाधिवेशनमा ठेगान लगाउछौं, सांसद, मन्त्री तपार्इं नै हुनुहोस् पार्टीबाट प्राप्त हुने अवसरका पदहरुमा नियुक्तिमा तपाईं र तपाईंको परिवार र खानदान बनाउनुहोस् तर संगठन गर्ने जिम्मा हामीलाई दिनुहोस् भनेर याचना गर्दासमेत मध्यराति त्यो पनि बहुमतको बलमा हामीलाई वञ्चित गरिएको छ यो अन्यायपूर्ण व्यवहारले किमार्थ पार्टी बलियो हुँदैन अन्यायको विरुद्ध सशक्त रुपमा उत्रिन्छौँ ।’ नेविसंघको १२ औं महाधिवेशनमा अध्यक्षमा देउवा पक्षबाट सरोज थापा, आनन्द त्रिपाठी त्यसैगरी पौडेल पक्षबाट मोतिलाल भण्डारी, दीपक भट्टराई, हिमालदत्त श्रेष्ठ र सिटौला पक्षबाट कुन्दन काफ्ले, युवराज पाण्डेको दाबी रहेको छ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...

प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?

वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको...

नेपालमा होटल उद्योगको अवस्था

केही समयअघि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको पर्यटन उद्योग महाशाखाले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै