logo

फेरि पनि चर्चामा नेपाली कांग्रेस नै आयो

 

 

 

केदार सुवेदी
बितेको हप्ता कांग्रेस धेरै चर्चामा आयो । यसको चियापान, यसको महासमिति बैठक हुने नहुने र यसको विधानको व्यवस्था चर्चाका विषयमा परे । खासगरी पछिल्लो संसदीय निर्वाचनमा नराम्ररी हारेपछि कांग्रेसबारे व्यापक बहस सुरुभयो पार्टी सुधारका सन्दर्भमा । त्यो क्रम अहिलेसम्म नै चलिरहेको छ । यो बहस कांग्रेसको केन्द्रीय समितिमा मात्र होइन, संगठनको धेरै तल्ला तहसम्म र यसका शुभचिन्तकमा पनि उत्तिकै कायम रह्यो । निर्वाचन सम्पन्न भएको वर्ष दिनको समयमा यसको महासमिति बैठक सम्पन्न हुँदैछ निकटमा नै । तर यो हप्ता यही समिति हुने नहुने भन्ने दोधारमा परेको पाइयो । निर्धारित समयमा नै भयो भने त्यहाँ पनि उठ्ने कुरा यही हो कांग्रेसलाई कसरी सुधार गर्ने र आगामी दिनमा यो दललाई अरुभन्दा ठूलो कसरी बनाउने । यो एक वर्षमा धेरै औपचारिक अनौपचारिक बहस भएका छन् । धेरै शुभचिन्तक विद्वान्हरु जो लोकतन्त्रवादी हुनुहुन्छ उहाँहरुका गहकिला सुझाव पनि धेरै आए । नेतृत्वले त्यसलाई कति आत्मसात ग-यो वा गरेन भन्ने आफ्नो ठाउँमा छ तर बाध्यता नै भएको छ यसलाई आत्मसात गरेर मात्र संगठनलाई सुधार गर्न सकिन्छ भन्ने । खासगरी कांग्रेसका पक्षमा यस्तो परिणाम आएपछि उठेको सुधारको यस्तो स्वर विद्वान्हरुबाट नै बढी मुखरित भएका छन् ।

कांग्रेसका लागि यो एउटा सुखद पक्ष पनि हो । यसका शुभचिन्तकहरुको संख्या धेरै नै ठूलो रहेछ । कांग्रेस नेतृत्वको सबैभन्दा पहिलो काम हुनुपर्छ यस्तो पुँजीको संरक्षण गर्नु र त्यसलाई यसको वा उसको पक्षमा नभनी पार्टीको पक्षमा ठानेर स्वकार्नु तथा त्यसअनुसार कार्यान्वयनमा लानु । तर सङ्केत भने नेतृत्वले यसलाई बेकारको विषय मान्ने थिएन । ०७३ सालमा हुनुपर्ने यसको महाधिवेशन ७५ सालको उत्तरार्धमा पनि हुने नहुने दोधारमै छ । यसको अर्थ हो पहिलो कुरा कांग्रेसमा कुनै सुधारका प्रस्ताव हुँदा सर्वप्रथम यसभित्र आफ्नो ठाउँ खोजिने एउटा रोग जस्तै भएको छ । महासमिति एउटा सुधारका सन्दर्भमा आएको थियो र त्यो यसरी दोधारमा पर्नुपर्ने कारण पनि त्यहाँभित्र आफ्नो अवस्था कस्तो हुन्छ भन्ने नै देखियो पर सर्नुको कारणमा । यसले संगठनलाई मद्दत गर्दैन । सम्भवत यसै भएर होला कांग्रेसमा कुनै सुझावले काम गर्दैन भन्ने मान्यता बढ्दै गएको छ । यो भनेको नैराश्यताको चरम अवस्था हो जसले भविष्यको गन्तव्यलाई संकुचन गराउँछ र हतपत पूरण हुनै नसक्ने गरी हानि पु-याउँछ । अबचाहिँ अठोट नै गर्नुपर्छ तीता मिठा जस्ता हुन ती कांग्रेसका लागि हुन भन्ने उदार मनबाट । नेतृत्वले आफ्नो मनलाई फराकिलो र सघन बनाएर मात्र भोलिको बाटो ठम्याउन सजिलो हुनेछ । आन्तरिक संगठनका यस्ता बैठक भनेका सुधारकै कुरा हुन् । तिनलाई जति पर सारिन्छ सुधार गर्न नखोजेको भन्ने सन्देश जान्छ ।

कांग्रेस यतिखेर हिनताबोधमा छ । खासगरी गएको निर्वाचन पछि । त्यसबेला जस्तो परिणाम आयो त्यो स्वीकार्य भएन कार्यकर्ताबीचमा । तर निर्वाचन एक पटको एउटा परिणाम मात्र हो भन्ने व्यापक पार्न सकेन कांग्रेसले । त्यसकारण यसले गर्व गर्नुपर्ने कुरा पनि ओझेलमा परे । जस्तो राणाकाल अन्त्य र प्रजातन्त्र स्थापना, ३० वर्षे पञ्चायतविरूद्ध संघर्ष र त्यसको अन्त्य, ज्ञानेन्द्रको शासनविरूद्ध प्रतिरोध, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन निर्णायक पहलकदमी, गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान जारी, सो संविधानअनुसार तीन तहको निर्वाचन ऐतिहासिक नै हुने गरी निर्विघ्नतापूर्वक सम्पन्न कांग्रेसका ऐतिहासिक पुँजी हुन् । यो कांग्रेसले मात्र भनेका कुरा होइनन् । यिनले आम तहमा नै सर्वमान्य आकार पाइसकेका स्वर्ण अक्षरका अभिलेख हुन् । इतिहासले पार्टीहरूलाई लामो दूरी तय गर्ने धैर्य र ऊर्जा दिन्छ । तर, भविष्य सिञ्चित गर्ने र मार्गदर्शन गर्ने हदसम्म मात्र इतिहास सम्झना गर्नुपर्छ । त्यसका कारण छन् । गएको निर्वाचनमा यी सबै कुरा विद्यमान रहँदा रहँदै पनि कांग्रेसले निर्वाचन हारेको कटुसत्य सामुन्ने नै छ । शुभचिन्तकहरुले बारम्बार सम्झाइरहेका छर्न –७० वर्षअघि कांग्रेससँग आफ्नो इतिहासका कुरा थिएनन् । भविष्यका कुरा गर्ने प्रचुर कल्पनाशक्ति भने यो पार्टीसँग थियो । त्यही कल्पना शक्तिले कांग्रेसलाई धेरै ऐतिहासिक जिम्मेवारी पनि दियो । समय लाग्यो होला तर समग्र मुलुक कांग्रेसले सात दशकअघि आफ्नो प्रारम्भकाल मै प्रस्ताव गरेका बहुवादमा आधिारित संसदीय पद्धति देशको सर्वमान्य शासकीय स्वरुप भएको छ ।

२००४ सालमा स्थापित नेपाली कांग्रेसको प्रजातन्त्र स्थापनाको अभिभारा भर्खर पूरा भएको छ । दुई पटक प्रजातन्त्र खोसेको राजतन्त्र आफैं फालिएको छ । संसदीय व्यवस्था फालेर एक दलीय जनगणतन्त्र ल्याउन हतियार उठाएको पार्टी संसदीय राजनीतिको मूलधारमा आएको छ । मुलुकमा गणतान्त्रिक संविधान जारी भएको छ । संघीयता र स्थानीय शासन कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छन् । आवधिक निर्वाचनका विरुद्ध कसैले बोल्न सकने अवस्था छैन । संविधान सभा बहिस्कार गरेकाहरु पछिल्लो संसदीय निर्वाचनमा सहभागी हुनु पनि त्यसको उदाहरण हो । तर यस्तो निर्वाचनमा कांग्रेस चाहिँ हारेको छ । निश्चय नै यो हार पद्धतिगत दोष होइन । दोष कांग्रेसको अन्तर संगठनमा जान्छ जुन भविष्यको गन्तव्य निर्धारणको विन्दु यहीँबाट सुरु हुन्छ तर सवाल हो यसलाई अवलम्बन गर्नुपर्छ । कांग्रेसमा अभाव भनेको यही हो । कांग्रेसमा यतिबेला हनुमान शक्ति जगाउनुपर्ने भएको छ । शुभचिन्तकहरुले कांग्रेसको हनुमानशक्तिलाई यसरी सम्झाउँदै आएका छन –सत्तरी वर्षअघि दुई पार्टी मिलेर नेपाली कांग्रेस बन्दा पनि आकारमा सानो पार्टी थियो । त्यसको संगठन, स्रोत र जनसमर्थनको घेरा साँघुरो थियो । महत्वाकांक्षा ठूलो थियो । उद्देश्य ठूलो थियो– एक सय चार वर्षे राणा शासन फाल्ने र जनताको शासन स्थापना गर्ने । आँखामा सपना र पेटमा आगो बोकेको कांग्रेस थियो त्यो । त्यही सपना र ऊर्जाले कांग्रेसलाई अघि बढायो ।

आज कांग्रेस आकारमा ठूलो छ । संगठन छ । कार्यकर्ताको ठूलो पङ्क्ति छ । खुम्चिँदो, तर अझै विशाल जनसमर्थन छ । यति हुँदाहुँदै पनि कांग्रेस आज कमजोर छ । किन ? कांग्रेसले यतिबेला यो प्रश्नको उत्तर खाज्नै पर्छ । त्यो प्रिय वा अप्रिय जस्तो होस् । उत्तर निरुत्तरित रह्यो भने सुधारका सम्भावनाहरु मेटिन्छन् कांग्रेस नाममा मात्र सीमित हुनुपर्ने अवस्था पनि आउन सक्दछ । जस्तो अहिले छ । यो सबैभन्दा ठूलो विपक्ष पनि हो । आवधिक निर्वाचनमा कोही पक्ष र विपक्ष भइरहन्छन् भन्ने सैद्धान्तिक मान्यता कांग्रेसकै हो । तर कांग्रेस त्यस्तो विपक्ष छैन जो सत्ताको मनपरीलाई खबरदारी गर्न सकोस् । कारण हो यो एक्लै एक चौंथाइको पनि छैन । कांग्रेस सुधारका सन्दर्भमा औपचारिक अनौपचारिक जहाँ हुन बहस हुँदा यो कुरालाई सामान्य रुपले लिन हुँदैन  । लिइयो भने त्यो एक प्रकारले आत्मरति नै हुनेछ । यथास्थितिमा नै रमाइयो भने सम्भावनाका सबै ढोका त्यहीँ बन्द हुन्छन् । अहिलेको कांग्रेसको सबैभन्दा ठूलो चुनौती भनेको ५० प्रतिशत लोकप्रिय मत बोकेको र यतिखेर भीमकाय मानिएको एकीकृत वाम पार्टीलाई अर्को चुनावमा हराउन सक्ने क्षमता को खोजी हुनु हो । यो कुरा चानचुने हिसाबबाट र अर्को चुनावमा कांग्रेस सबैभन्दा ठूलो हुन्छ भनेर बताइएकै भरमा हुने कुरा होइन । यसले नीति, कार्यक्रम र नेतृत्व खोज्छ । कतै नेतृत्वको कुरा उठ्यो भने आफैंलाई भनिएको हो कि भन्ने कांग्रेसमा रोगजस्तै बनेको छ । तर यो सन्दर्भचाहिँ अलग हो ।

निर्वाचनबाट स्थापित कुनै पार्टीलाई निर्वाचनबाटै विस्थापन गर्न पहिलो शर्त हुन्छ त्यो भन्दा यो नेतृत्व के कति कारणले भरपर्दो र मतदाताको मन जित्ने खालको छ भन्ने फरक हुनैपर्छ । अबको निर्वाचन भनेको वर्तमानको खोजी हो । इतिहास भएर मात्रै पुग्दो रहेनछ भन्ने त देखिई नै सकिएको छ । नेतृत्व यो वा त्यो भन्ने होइन । भनिन्छ संसारमा गर्ने वा बोल्ने कुनै नयाँ कुरा बाँकी छैनन् । काम उही हो केवल त्यसलाई कसरी गरिन्छ, कस्तो शैलीमा गरिन्छ भन्नेमात्रै नयाँ हुन्छ । नीति ठीक छ, कार्यकक्रम ठीक छन भने अभाव हो ढंगको । अब पनि नयाँ ढंगले काम गरिएन भने कुरा त त्यही हुन्छ जो पहिले भएको थियो र परिणाम पनि त्यस्तै आउँछ जो पहिले आएको थियो । जस्तो २०५६ सालको आमनिर्वाचनमा नयाँ केही नयाँ ढंगले प्रस्तुत भइँदा हार्ने संकेतहरु धेरै रहेकै अवस्थामा निर्वाचन जितियो । यो कुरा इतिहासमा नै लेखिएको छ । कांग्रेसका शुभचिन्तकले विगतदेखि नै मतको मूल्यांकन यसरी गरेका छन् –२०४८ सालमा कांग्रेसले ११० सिट जित्दा एमालेले ६९ सिट जितेको थियो । जनमोर्चाले ९ सिट । केही साना वाम पार्टीले अरू पाँच सिट जितेका थिए । कांग्रेसको लोकप्रिय मत सबै कम्युनिस्ट पार्टीको जोड्दाभन्दा धेरै थियो त्यो बेला । २०५१ को मध्यावधि निर्वाचनमा एमालेले कांग्रेसभन्दा एक सिट धेरै ल्यायो, तर लोकप्रिय मत कांग्रेसकै धेरै थियो । २०६४ मा माओवादीले कांग्रेसलाई आठ लाख हाराहारी लोकप्रिय मतले पछाडि पा-यो ।

कुनै कम्युनिस्ट पार्टीले कांग्रेसभन्दा धेरै लोकप्रिय मत ल्याएको त्यो पहिलो इतिहास थियो । यसपालि एमालेले पहिलोपटक कांग्रेसभन्दा धेरै लोकप्रिय मत ल्यायो । २०७० मा कांग्रेसले एमालेभन्दा एक लाख ७८ हजार मत धेरै ल्याएको थियो । यसपालि एमालेले कांग्रेसभन्दा ४५ हजार मत धेरै ल्यायो । अर्थात् पाँच वर्ष अवधिमा दुई लाखभन्दा धेरै मत कांग्रेसको तुलनामा एमालेतिर गयो । लामो समय कांग्रेस लोकप्रिय मतमा पहिलो पार्टी थियो, अब लामो समय एमालेले कांग्रेसलाई दोस्रोमा धकेल्ने संकेत देखा परेको छ । यस्तो कसरी भयो भन्ने बृहत् र गुणात्मक अनुसन्धानमार्फत कांग्रेसले उत्तर खोज्न जरुरी छ । युवा मतदाताको अनाकर्षण कांग्रेस निरन्तर खुम्चनुको प्रमुख कारण हो । २०४८ पछि जति पनि नयाँ बालिग मतदाता थपिए, त्यसमा कांग्रेसको भाग थोरै छ । नयाँ थपिने मत आफूतिर आकर्षित भएन भने परिणाम कसैले चाहेर मात्रै उल्टो हुने हुँदैन । यसमा लागि आफैंले काम गर्नुपर्छ तर कामचाहिँ कस्तो छ भने यो दल आफैंले बनाएको विधान आफैंले मान्दैन र अझ विधान पालना गर्न लगाउनुपर्ने तर सभापतिले नै गर्नुपर्ने काम गर्दैनन् ।             (जनमञ्च साप्ताहिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...

सहकारीमा स्वार्थी सिन्डिकेट

सार्वजनिक, निजी र सहकारी संस्थाको त्रि–कोणात्मक सहकार्यबाट मात्र देशको आर्थिक उन्नति हुने वास्ताविकता हो ।...

राजनीतिमा एउटा अनौठा पात्र वामदेव – १

पछिल्लो समय नेपाली राजनीतिमा अत्यधिक चर्चाका पात्र भए वामदेव । अझ पछिल्लो हप्ता त राज्यले गर्न नसकेको काम आफूले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै