logo

फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग

काठमाडौँ, कात्तिक १७
ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचवटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई आज आर्थिक सहयोग प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकाले आज पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब र दुई ‘सी’ डिभिजन क्लबलाई रु ६१ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।
महानगरपालिकाले ललितपुरका पाँच ‘ए’ डिभिजन क्लब थ्री स्टार, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबलाई समान रु चार÷चार लाख प्रदान गरेको हो । थ्री स्टारलाई भने थप रु २८ लाख प्रदान गरेको छ । गत वर्ष सातवटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधिबापतको रु चार लाखका दरले थ्री स्टारलाई रु २८ लाख थप सहयोग प्रदान गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

थ्रीस्टारले गत वर्ष सहभागिता जनाएका १६ प्रतियोगितामध्ये सातवटाको उपाधि जितेको थियो । यसका साथै क्लब र महानगरबीच फुटबलको विकासका लागि वार्षिकरुपमा सहयोग गर्ने गरी सम्झौता पनि भएको छ ।

यस्तै महानगरपालिकाले ‘बि’ डिभिजनका सातदोबाटो युथ क्लब, खुलमलटार युथ क्लब, झम्सिखेल युथ र पुल्चोक युथ क्लबलाई समान तीन÷तीन लाख उपलब्ध गराएको छ । त्यस्तै ‘सी’ डिभिजनका दुई क्लब खालीबारी युथ क्लब र सानेपा युथ क्लबलाई रु दुई÷दुई लाख प्रदान गरेको छ ।

आज महानगरद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, महानगरका प्रमुख चिरिबाबु महर्जनले सहयोग रकम क्लबलाई हस्तान्तरण गरे ।
सो अवसरमा फुटबलको विकासका लागि स्थानीय तहले अग्रसरता देखाउनु सकारात्मक भएको बताउँदै सदस्य सचिव विष्टले भने, “खेलकूदको विकासका लागि राजनीतिक ग्रसरता हुनु सरहानीय छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताए । प्रमुख महर्जनले भन्नुभयो, “खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।”
यसअघि काठमाडौँ महानगरले पनि जिल्लाका छवटा ए डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने घोषणा गरिसकेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मा प्रस्थान
ओलम्पिक महिला फुटबल छनोट प्रतियोगितामा सहभागिता जनाउन राष्ट्रिय महिला फुटबल टोली म्यान्मा प्रस्थान गरेको ।

एकसाता चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली चीनबाटै शुक्रबार साँझ म्यान्मा प्रस्थान गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

चीन बसाईमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । बेइजिङ फोनिक्सविरुद्धको दुई मैत्रीपूर्ण खेलमा नेपाल पहिलोमा ४–१ तथा दोस्रोमा २–१ ले पराजित भएको थियो । बेइजिङ स्पोर्टस् युनिभर्सिटीविरुद्ध नेपाल ३–० ले विजयी भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा...

‘ए’ डिभिजन लिग दुई ललितपुर क्लबबीच भीडन्त

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा...

पोखरामा थपियो नयाँ साहसिक खेल

पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै