logo
565 x 90 pixel-01.png

मकैका जात सूचीबाट हटाइए

चितवन, कात्तिक १६
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र रामपुर पहेँलोलाई सूचीबाट हटाइएको हो । अनुसन्धान कार्यक्रमका प्रमुख डा केशबबाबु कोइरालाका अनुसार हालसम्म ३७ मकैका जात सिफारिस भएका छन्। विसं २०२९ मा सो कार्यालयको स्थापना भएको हो । पुराना जातको मकै लगाउँदा उत्पादन कम तथा रोग लाग्न थालेपछि तिनलाई सूचीबाट हटाइएको हो । रामपुरमा विकास गरिएकामध्ये हाल ३० मकैका जात मात्र प्रयोगमा ल्याइएको छ । प्रयोगमा ल्याइएकामध्ये सात वर्णशङ्कर जात छन् भने अन्य खुल्ला सेचित छन् । वर्णशङ्कर रामपुर दुई, रामपुर चार, रामपुर ६, रामपुर आठ, रामपुर १० र खुमल दुई छन् । अन्य खुल्ला सेचित जात हुन । वर्णशङ्करको हरेक वर्ष नयाँ बीउ प्रयोग गर्नुपर्छ भने सेचितको दुई–तीन वर्ष एउटै बीउ प्रयोग गर्न मिल्छ । “यस वर्ष दुई जातको सिफारिस गर्ने तयारीमा छौँ,” कोइरालाले भने । सिफारिस गर्न लागिएकोमा एउटा वर्णशङ्कर जात तथा अर्को खुल्ला सेचित रहेको छ । एउटा जातको विकास गर्न आठदेखि १० वर्ष लाग्छ ।

सो कार्यालयका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरकाअनुसार विकास गरिएका जातमध्ये तराई भित्री मधेश, खोँच, टार र बेँसीमा लगाउनका लागि धेरै जातको नाम रामपुर राखिएको छ । मध्यपहाडी भेगमा मनकामना र उच्च पहाडी क्षेत्रका लागि गणेश जातको विकास गरिएको छ।तिनै नामको पछाडि अङ्क राखेर मकैको जातको नामाकरण गरिएको छ । जोर अङ्क पहेँलो तथा बिजोर अङ्क सेतो मकैको जात हो । चाँडै पाक्ने जातका रुपमा अरुण जातको विकास गरिएको छ । सन् २०१७ मा पोषण बढी पाइने पोसिलो दुई जातको विकास गरिएको छ । कुँवरकाअनुसार तराई र भित्री मधेशमा रामपुर कम्पोजित बढी लगाइन्छ । रामपुर कम्पोजिट जातको मकै प्रति हेक्टर सात टनसम्म उत्पादन भएको उनको भनाइ छ । मध्य पहाडमा मनकामना तीन, देउती, पोषिलो मकै एक र शीतला बढी प्रयोगमा छ । तिनको उत्पादन प्रति हेक्टर ६ दशमलव ८ टन रहेको छ । उच्च पहाडी भेगमा गणेश १ र गणेश दुई जातको मकै लगाउने गरिएको छ । तराई र मध्य पहाडका लागि अरुण दुई जातको मकैको विकास गरिएको छ । नेपालमा नौ लाख हेक्टरमा मकै लगाइन्छ । मकै उत्पादन प्रति हेक्टर दुई दशमलव ५३ टन छ । किसानले उन्नत जातको मकै मेहनतका साथ लगाउन सकेमा हालको उत्पादन दोब्बर बढाउन सकिने कोइराला बताउछन् । उनले भने, “उपयुक्त मकैको जात हामी दिन्छौँ, व्यवस्थापनको दायित्व किसानले लिनु प-यो ।” रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि...

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

नेपाली भूमिमा आमदानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा...

मकवानपुरमा दूध कारोबार बढ्दै

मकवानपुरमा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै