logo
565 x 90 pixel-01.png

फूलमा भविष्य खोज्दै भण्डारी दम्पती

पोखरा, कात्तिक १६
पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उनकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाए ।
पहिलो वर्षमा नै राम्रो भएर बिक्री बढेपछि फूल खेतीतर्फ आकर्षित बनेका भण्डारी दम्पतीले अर्को वर्ष भने ८०० बिरुवा थप्यो। त्यसपछि क्रमिकरुपले व्यावसायिक फूल खेती विस्तार गरे । यस वर्ष भाडामा लिएको पाँच रोपनी जग्गामा अमेरिकन मेरिगोल्ड र कलकत्तिया जातका १३ हजार ५०० बिरुवा रोपिएको छ । “भदौको १२ गते रोपेको बिरुवा फूलैफूलको पर्व तिहार आउनुअघि नै अहिले बारीमा ढकमक्क पुलेको छ”,मञ्जीताले भनिन् । यस वर्षको तिहारमा फूल बिक्रीबाट रु चार लाख आम्दानी गर्ने उनीहरूको लक्ष्य छ । जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकताअनुसार औषधि प्रयोग गर्नुु आफूहरूको दैनिकी बनेको बताउने भण्डारी दम्पतीले यस वर्ष एक रोपनीमा टनेलमा र चार रोपनीमा खुलारुपमा फूल खेती गरेको बताए । पोखरा महानगरपालिका वडा नं १७ बिरौटाचोकको बाराही नर्सरीबाट उत्पादित फूल बजारमा बिक्री भइरहेको छ । तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो भण्डारी दम्पतीको छ ।
कास्कीमा ३६ वटा व्यावसायिक नर्सरीले तिहारको पाँच दिनमा १० करोडभन्दा बढीको फूल बिक्री गर्ने तयारीमा छन् । पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया राना पोखरा र आसपासमा उत्पादित फूलले बजारको ९० प्रतिशत माग पूरा गर्ने गरेको बताउछन्।  

उनले भने, “यो व्यवसायमा आत्मनिर्भर भएर बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नतफ सङ्घको अभियान रहेको छ । बारीमा उत्पादन भएको फूलको प्रतिथुङगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महङ्गो बीउ, जनशक्ति अभाव र आवश्यकताअनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको मञ्जीताले बताइन् । अमेरिकन मेरिगोल्ड एक पटक मात्र फूल्ने हुँदा तिहारका लागि लक्षित गरिएको हो । कलकत्तिया जात भने लगभग आठ महीनासम्म उत्पादन हुने गरेको बताउँदै मञ्जीताले रासससँग भनिन्, “तिहारको अलावा विभिन्न सङ्घसंस्थाका औपचारिक कार्यक्रम, विवाह, ब्रतबन्ध, नयाँ घर प्रवेशजस्ता शुभकार्य तथा दुःख पर्दासमेत फूलको प्रयोग गर्नेक्रम बढेको छ ।” विसं २०७१ मा जिल्ला कृषि विकास कार्यालयबाट फलामको टनेल निर्माणका लागि ५० हजार अनुदान प्राप्त गर्नुका साथै विभिन्न समयमा फूलसम्बन्धी तालीम लिने अवसर प्राप्त गरेको उनले जानकारी दिइन्। उनका श्रीमान् वसन्तका अनुसार फूल बिक्रीबाट राम्रो आम्दानी भए पनि विदेशबाट महङ्गोमा बीउ खरिद गर्नुपर्ने बाध्यतासँगै डडुवा र डाँठ कुहिने रोगले समय समयमा दुःख दिने हुँदा यस पेशामा जोखिम बढेको छ । व्यवसायीले फूल खेतीका लागि बारी तयार गर्दा विशेष गरी मलका रुपमा बाख्राको जुतो प्रयोग गर्छन् । उनी सरकारले सर्वसुलभरुपमा बीउ, मल र प्रविधि उपलब्ध गराएर यस पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि...

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

नेपाली भूमिमा आमदानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा...

मकवानपुरमा दूध कारोबार बढ्दै

मकवानपुरमा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै