logo

ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जा

कृष्ण अधिकारी
केही वर्ष अघिसम्म वैकल्पिक ऊर्जा भन्नाले ग्रामीण क्षेत्रमा घरायसी प्रयोजनका लागि जडान गरिने सौर्य घरेलु प्रणाली, वायोग्यास, लघु जलविद्युत्, सुधारिएको चुलो, वायु ऊर्जालगायतका प्रविधिलाई सीमितरुपमा बुझ्ने गरिन्थ्यो । कुल ऊर्जा खपतमा ८७ प्रतिशत स्थान ओगट्ने वायोग्यास क्षेत्रलाई वैकल्पिक ऊर्जा स्रोतमा राखिएको थियो भने एक प्रतिशत योगदान दिने जलविद्युत्लाई निकै महत्वका साथ मूल ऊर्जाको रुपमा लिने गरिन्थ्यो । १२ प्रतिशत हिस्सा आयातित इन्धनले ओगटेको थियो । विश्वव्यापीरुपमा वैकल्पिक ऊर्जाका यी स्रोतहरुको प्रविधिमा आएको विकासले आज यिनको लागत निकै सस्तो हुन गई मुख्य ऊर्जा स्रोतको रुपमा विस्तार हुन थालेको छ । वातावरणीय सन्तुलन तथा जनस्वास्थ्यमा प्रत्यक्ष टेवा पु¥याउने र उपयोग गरेर कहिल्यै नसकिने नवीकरणीय ऊर्जा प्रविधिको रुपमा आज विश्वभर उच्च प्राथमिकता दिन थालिएको छ । नवीकरणीय ऊर्जाबाट मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान सहयोग गर्ने भएकाले सरकारले यसलाई उच्च महत्व दिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ २०७५ देखि ८५ सम्मलाई सरकारले ‘ऊर्जा तथा जलस्रोत दशक’को रुपमा अगाडि बढाउने लक्ष्यका साथ हालै सार्वजनिक गरिएको श्वेतपत्रमा पनि नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धनमा जोड दिइएको छ ।‘हरेक बस्ती, ऊर्जा बस्ती’ कार्यक्रमअन्तर्गत ७५३ वटै स्थानीय तहलाई हरेकले १०० देखि ५०० किलोवाटसम्मको सौर्य विद्युत् जडान गर्न संघीय सरकारले च्यालेन्ज फण्डको स्थापना गरी आयोजना लागतको ५० प्रतिशत व्यहोरिने भएको छ ।

यस कार्यक्रमबाट कम्तीमा २०० मेगावाट सौर्य विद्युत् उत्पादन गरिनेछ । यसैगरी ‘हरेक घर, उर्जा घर’ को अवधारणाअन्तर्गत ऊर्जा दक्षता कार्यक्रम र घरका छत वा छानामा राखिने सौर्य ऊर्जालाई नेट मिटरिङ तथा नेट पेमेण्टका आधारमा ग्रीडमा जोड्ने कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउन खोजिएको छ । ‘घर घरमा विद्युतीय चुल्हो’ प्रयोगको कार्यक्रमअन्तर्गत हरेक घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गरी ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटालाई न्यून गर्न खोजिएको छ । लघु जलविद्युत्, सौर्य, जैविक, वायु एवम् चिनी उद्योगको बगासबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रीडमा जोड्ने गरी विद्युत् खरिद सम्झौता गरिने भएको छ । देशका छवटा प्रदेशमा जलविद्युत्को प्रशस्त सम्भावना रहेपनि प्रदेश नं २ ऊर्जाको हिसाबले निकै पछाडि रहेकाले सरकारले श्वेतपत्रमा ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ कार्यक्रम अन्तर्गतः कम्तीमा २०० मेगावाटको सौर्य विद्युत् आयोजना सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । यसरी केही वर्षभित्र नेपाल पनि नवीकरणीय ऊर्जाको उपयोगको हिसाबले विश्वमा निकै अगाडि पुग्नेछ । दुई दशक अघिसम्म देशको कुल ऊर्जा खपतमा शूल्य दशमलव एक प्रतिशत मात्र नवीकरणीय ऊर्जाको हिस्सा रहेकामा अहिले झण्डै १३ प्रतिशत रहेको छ ।

नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिमार्फत मात्र नेपालमा ३६ लाखभन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत मात्र २४ वर्षको अवधिमा लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायोग्यास, सुधारिएको चुल्हो, वायु ऊर्जा, सुधारिएको पानी घट्टलगायतका नवीकरणीय ऊर्जामार्फत ती घरधुरीमा ऊर्जाको पहुँच पुगेको हो । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा साना/लघु विद्युुत् परियोजनाबाट ३० मेगावाट विद्युत्, आठ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाखभन्दा बढी वायोग्यास प्लान्ट, १४ लाख सुधारिएको चुलो, १० हजार सुधारिएको पानीघट्ट, जडान गरिसकेको छ । लघु तथा साना जलविद्युत् र सोलारमार्फत देशका १८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको केन्द्रले जनाएको छ ।केही महिनाअघि ऊर्जा मन्त्रालयले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार तथा १० वर्षभित्र आन्तरिक खपत १० हजार मेगावाटसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा १० प्रतिशतसम्म वैकल्पिक ऊर्जामार्फत ऊर्जा उत्पादन गर्ने उल्लेख छ । यसका आधारमा समेत आगामी १० वर्षभित्र एक हजार ५०० मेगावाटसम्म वैकल्पिक ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य छ । यस लक्ष्यअनुसार काम भएमा सबैका लागि ऊर्जाको पहुँच पु-याउन सहज हुने देखिन्छ । यसका लागि परम्परागत ऊर्जाको प्रयोगमा न्यूनीकरण गरी आधुनिक ऊर्जाको उपयोगलाई बढाउन जरुरी हुन्छ ।

नेपालमा छोटो अवधिमै नवीकरणीय ऊर्जा प्रविधिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ । विभिन्न दातृ निकायहरुको सहयोग र नेपाल सरकारको प्राथमिकतासँगै निजी क्षेत्रको सक्रियताका कारण जलविद्युत्ले लामो समयसम्म गर्न नसकेको प्रगति नवीकरणीय ऊर्जामा भएको छ । पहिले यिनै प्रविधिको प्रयोगकर्ताले वैकल्पिक ऊर्जा भनेको सानो क्षमताको सोलार, वायोग्यास र माटोको सुधारिएको चुलो भनेर बुझेका थिए । तर अहिले यिनै ऊर्जाका प्रविधिमा आएको विकासले ठूलाठूला क्षमताका सौर्य प्रणाली, व्यावसायिक एवम् संस्थागत वायोग्यास प्लान्ट, लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारणमा जाडेर विद्युत्को खरिदबिक्रीको अवसर प्राप्त भएको छ । देशका विभिन्न ठाउँमा सोलार र वायु ऊर्जालाई समिश्रण गरी विद्युत् उत्पादन भएका छन् । माटोको सुधारिएको चुलोलाई फलाम, स्टिलका आधुनिक चुलो प्रतिस्थापन गर्न थालेको छ । अर्थात् नवीकरणीय ऊर्जा अब उद्योगको रुपमा विस्तार भएको छ र देशको मूल ऊर्जा स्रोत बनेको छ भन्न सकिन्छ ।

ग्रामीण तथा सहरी क्षेत्रमा नवीकरणीय ऊर्जा विकास गर्दै अब यसको अभिवृद्धिमा जोड दिनु आवश्यक छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न पनि यसको विकल्प छैन । जलवायु परिवर्तनका असरलाई नवीकरणीय ऊर्जा विकास तथा खपतबाटै न्यूनीकरण गर्न सकिन्छ । जलवायु परिवर्तनले आर्थिक विकासमा पारेको असरलाई न्यूनीकरणका लागि नवीकरणीय ऊर्जा खपत बढाउनुपर्ने भएकाले सम्मेलनमा नवीकरणीय ऊर्जा खपत र जलवायु परिवर्तनको विषयलाई जोड दिइएको छ । अब दिगो आर्थिक विकास गर्न नवीकरणीय ऊर्जामा काम गर्नेलाई उचित अवसर र अध्ययन अनुसन्धान तथा विकासमा सरकारले उचित बजेट विनियोजन गर्न जरुरी देखिएको छ । 
मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा कसरी नवीकरणीय ऊर्जाका सेवाहरुलाई प्रभावकारीरुपमा विस्तार र व्यवस्थापन गर्ने भन्ने महत्वपूर्ण विषयमा पनि सम्मेलनमा छलफल भएको छ । मुलुकको आर्थिक विकासमा नवीकरणीय ऊर्जा प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले यी प्रविधिहरुलाई न्यून वर्गको पहुँचभित्र ल्याउन सरकारले सहुलियत तथा सुविधा बढाउनुपर्ने हुन्छ । आर्थिक–सामाजिक विकास र वातावरणीय संरक्षणका लागि नवीकरणीय ऊर्जाको भूमिका महत्वपूर्ण हुने भन्दै विश्वव्यापीरुपमा यसतर्फ जोड दिइँदै आएको छ । नवीकरणीय ऊर्जा ग्रामीण क्षेत्रमा मात्र सीमित नरही सहरी क्षेत्रमा पनि मुख्य ऊर्जा स्रोत बनेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न पनि नवीकरणीय ऊर्जा विकासमा जोड दिन आवश्यक छ । दिगो विकास लक्ष्यका १७ लक्ष्यमध्ये सातौंमा नवीकरणीय ऊर्जा विकासलाई जोड दिइएको छ ।

१२औं लक्ष्यमा पनि यसलाई उच्च प्राथमिकताका साथ उठाइएको छ । ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जाको महत्वलाई आत्मसात गरी यसैसाता राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म भएको सो सम्मेलनमा नेपाललगायत करिब २० देशका झण्डै दुई ५० जना ऊर्जाविद्को सहभागिता रहेको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैंगिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायतका विषयका करिब ८० वटा कार्यपत्रमाथि विज्ञ, नीतिनिर्माता र निजी क्षेत्रका व्यवसायीहरुबीच छलफल भएको छ । अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने र सहयोगमा नयाँ सम्भावनाको खोजी गर्न मद्दत पुग्दछ । यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौंमा सम्पन्न भएको थियो । सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो । ती सम्मेलनहरुले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा संरचनाको निर्माण, शैक्षिक विकास, दातृ निकायहरुको लगानीको आकर्षण र निजी क्षेत्रको अभिृद्धि भएको छ । जसका कारण नेपालले अन्तर्राष्ट्रिय जगत्मा समेत नवीकरणीय ऊर्जा प्रविधिमा थुप्रै उदाहरणहरु दिन सकेको छ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...

सहकारीमा स्वार्थी सिन्डिकेट

सार्वजनिक, निजी र सहकारी संस्थाको त्रि–कोणात्मक सहकार्यबाट मात्र देशको आर्थिक उन्नति हुने वास्ताविकता हो ।...

राजनीतिमा एउटा अनौठा पात्र वामदेव – १

पछिल्लो समय नेपाली राजनीतिमा अत्यधिक चर्चाका पात्र भए वामदेव । अझ पछिल्लो हप्ता त राज्यले गर्न नसकेको काम आफूले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै