logo

तथ्याङ्कमा देखिएको व्यापारघाटाको आयतन

 

 

नन्दलाल खरेल
सरकारको गलत आर्थिक नीतिका कारण हाम्रो अर्थतन्त्र व्यापार घाटाले थलिएको छ । मुलुकमा वस्तु निर्यातको अवस्था अत्यन्त कमजोर र आयात भने अत्यन्त बलवान हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । हरेक दिन, हरेक महिना, हरेक वर्ष, आयात निर्यातको फराकिलो अन्तर बढेसँगै नेपालमा व्यापारघाटाको आकार बढ्दै गएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष आव २०७५/७६ को पहिलो तीन महिनाको तथ्याङ्कमा तीन खर्ब ७४ अर्बको वस्तु आयात हुँदा निर्यात केवल २३ अर्ब ७४ करोडको मात्र भएको छ । यस हिसाब हेर्दा यति छोटो समयमा मुलुकको व्यापारघाटा साढे तीन खर्ब पुगेको छ । यो अधिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशत वृद्धि हो । यो तीन महिनाको मुलुकको व्यापारघाटा अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा देखापरेको छ । मुलुकको विकास हुन नसक्नुको पछाडिको धेरै कारणहरुमध्ये व्यापार घाटा पछिल्लो समयमा प्रमुख रुपमा आएको छ । किन हाम्रो व्यापारघाटाको आयतन यति उच्च विन्दुले बढिरहेको छ ? व्यापारघाटा कसरी हुन्छ ? हाम्रा शासकहरु तथा अर्थ विज्ञहरुले व्यापारघाटा कम गर्ने उपाय किन अवलम्बन गर्न सकिरहेका छैनन् ? कतै हाम्रा शासकहरुले अपनाएको आर्थिक नीतिले व्यापारघाटा बढिरहेको त होइन ? के समृद्धिको मुख्य चुनौती व्यापारघाटा हो ? यी सबै प्रश्नको उत्तर खोज्नु हामी सबै नेपालीको कर्तव्य हो ।आयतको वृद्धिदर उच्च हुनु र निर्यातको वृद्धिदर न्यून हुनु नै व्यापारघाटाको अवस्था हो । बढ्दो उपभोग प्रवृत्ति तथा आर्थिक गतिविधिका कारण वस्तु आयात उच्च दरमा बढेपछि व्यापारघाटा चुलिएको हो ।

आयात भएका वस्तुमध्ये सबैभन्दा बढी ५७ अर्बको धुवाँ भएर उड्ने वस्तु पेट्रोललियम पदार्थ रहेको छ । त्यसपछि ४० अर्बको फलाम र स्टीलका कच्चा पदार्थ, २९ अर्बको सवारी साधन, २८ अर्बको मेसीनरी सामान, २२ अर्बको विद्युतीय समान, १७ अर्बको विमान र विमानका सामान रहेका छन् । आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट दुई खर्ब ३६ अर्ब रुपैयाँको सामान आयात भएको छ । उक्त रकम कूल आयात रकमको ६३ प्रतिशत हो । त्यसपछि क्रमशः चीनबाट ५३ अर्ब, फ्रन्सबाट १४ अर्ब, युनाइटेड अरब इमिरेट्सबाट आठ अर्ब र थाइल्याण्डबाट चार अर्ब रुपैयाँका विभिन्न वस्तु आयात भएको देखिन्छ । हाम्रो मुलुक कृषि प्रधान देश हो । ६६ प्रतिशत जनताहरु अझै पनि कृषि पेसामा संलग्न छन् । तर विडम्बना कृषिप्रधान देश नेपालमा अन्न, फलफूल तथा तरकारीको आयात भने उच्च दरमा बढिरहेको छ । समीक्षा अवधिमा नेपालले यस्ता उपयोग्य वस्तुको आयातमा ४० अर्ब रुपैयाँ खर्चिएको छ । कृषि प्रधान देशको लागि यो ज्यादै लाजमर्दो कुरा हो । तीन महिनामा नेपालले १२ अर्बको अन्न, छ अर्ब ९१ करोडको तरकारी, दुई अर्ब ३१ करोड चिया तथा कफि, चार अर्ब ८९ करोडको फलफूल, सात अर्ब ७७ करोडको तेल र ध्यू तीन अर्बको गेडागुडी, एक अर्ब १० करोडको चिनी तथा चिनीजन्य वस्तुको आयात भएको छ । त्यस्तै मूल्य वरावरका कृषिमा आधारित अन्य उपभोग्य औद्योगिक उत्पादन समेत आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ ।

कृषियोग्य जमिन बाँझो हुनु, युवा जनशक्ति वैदेशिक रोजगारीको लागि पलायन हुनु , लागत खर्चमा सरकारको कुनै अनुदान नहुनु, खेतीयोग्य जमिनमा प्रयाप्त सिँचाइ नहुनु, रेमिट्यान्सको प्रभाव, ग्लोबलाइजेशन र उपभोक्ताको क्रयशक्ति बढ्दै जानुलगायतका कारणले आयात उच्च हुन गएको हो । यसप्रति सरकार गम्भीर हुनुपर्ने हो तर यस्तो गम्भीर्य देखा परेको छैन । निर्यात व्यापार कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो । मुलुक समृद्धिशाली नहुनुको मुख्यकारण हाम्रो निर्यात व्यापार कमजोर हुनु हो । नेपाल व्यापार एकीकरण रणनीतिले निर्यातयोग्य वस्तुको सूचीमा राखेका धेरै जसो कृषि वस्तुहरु नै छन् । तर, निर्यातयोग्य वस्तु भइकन पनि ती वस्तुहरु प्रयाप्त उत्पादनमा भने सरकारको ध्यान जान सकेको छैन । तथ्याङ्कअनुसार तीन महिनामा १६ प्रतिशतले मात्र निर्यात बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २० अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा यो वर्ष २३ अर्ब ७४ करोड पुगेको छ । मुलुकको सबैभन्दा धेरै व्यापारघाटा छिमेकी देश भारतसँग छ । भारतबाट दुई खर्ब ३६ करोड बराबरको आयात हुँदा १३ अर्ब १६ करोड रुपैयाँको मात्र निर्यात भएको छ । यो ज्यादै लाजमर्दो कुरा हो । मुलुकले हालसम्म एक सय ३६ वटा राष्ट्रसँग वैदेशिक व्यापार गरेको छ । तर अचम्म लाग्दो कुरा के छ भने १३६ वटा राष्ट्रसँग व्यापार गर्दा २८ वटासँग राष्ट्रसँग मात्र नाफामा छ । त्यो पनि सानो सानो अंकका मात्र ।

तीन महिनामा मुलुकले वैदेशिक व्यापार गरेका मुख्य देशहरुमा भारत, चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, युएईलगायत छन् । आयतको अवस्था हेर्दा सबैभन्दा बढी भारतबाट ६३ दशमलव दुई प्रतिशत छ भने चीनबाट १४ दशमलव दुई प्रतिशत र बाँकी देशबाट १६ दशमलव छ प्रतिशत आयात भएको भन्सार विभागले उल्लेख गरेको छ । मुलुकले निर्यात गरेको कुल सामानमध्ये ५५ दशमलव चार प्रतिशत भारत गएको छ । दोस्रोमा सबैभन्दा धेरै निर्यात भएको मुलुकमा अमेरिकामा छ । कुल निर्यातको १३ दशमलव पाँच प्रतिशत सामान अमेरिकामा गएको छ । व्यापारघाटा बढ्नुको एउटा प्रमुख कारण खुल्ला तथा बजारमुखी अर्थतन्त्र र आर्थिक उदारीकरणको नीति पनि प्रमुख हो । नेपाल मात्र होइन यो नीति अँगालेका हरेक मुलुकको समस्या अर्थात व्यापारघाटा विश्वभरि नै व्यापक भइरहेको छ । अमेरिका जस्तो ठूलो अर्थतन्त्र भएको समृद्धशाली मुलुक पनि यसबाट अछुतो रहन सकेन भने अर्को ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा पनि यही समस्या छ । आगामी दशकसम्मको अवधिमा अमेरिकी घाटा १० दशमलव एक प्रतिशत ट्रिलियनको पूर्वानुमानबाट ११ दशमलव सात प्रतिशत ट्रिलियन डलर पुग्ने अपेक्षा गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले भने वैदेशिक व्यापारबाट नाफा आर्जन गर्दै आएको छ । किनभने चीन खुला र आर्थिक उदारीकरणको नीतिभन्दा पनि राज्य नियन्त्रित अर्थव्यवस्था छ । उसले आफ्नो उद्योगहरुलाई भौतिक पूर्वाधारमा राज्यले लगानी गर्ने र सरकारी संरक्षणका विभिन्न नीतिहरुले वैदेशिक व्यापारमा ऊ अगाडि छ ।

व्यापार विविधीकरणको सम्भावना खोज्दै सन् २००४ अप्रिल २३ मा नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएको थियो । नेपाल विश्व व्यापार संगठनको सदस्यता भएको साढे १४ वर्ष पुगेको छ तर व्यापारघाटा १४ गुणाभन्दा बढी पुगेको छ । । नेपालले विश्व व्यापार संगठनको सदस्यता लिँदा व्यापारघाटा ८२ अर्ब थियो । आर्थिक वर्ष २०४९/५० मा व्यापारघाटा २२ अर्ब मात्र थियो भने गत आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६२ अर्ब १० करोड भएको छ । जुन भोलिका दिनमा यस्तो आयतन अझ डरलाग्दो नहोला भन्न सकिन्न । कतै मुलुक विश्व व्यापार संगठनको सदस्यता लिएपछि व्यापारघाटा चुलिँदै गएको त होइन ? प्रश्न चिह्न खडा भएको छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको छ । तर यो नारालाई सार्थक बनाउन व्यापारघाटालाई न्यूनीकरण नगरी सम्भव छैन । व्यापारघाटालाई न्यूनीकरण गर्न रेमिट्यान्सबाट प्राप्त रकम उपभोग्य तथा विलासी वस्तुमा मात्र खर्च नगरी उत्पादनमूलक कार्यमा खर्च गर्नुपर्छ, कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्छ, कृषिजन्य उद्योगहरु स्थापना गर्न सरकारले पहल गर्नुपर्छ, पर्यटन क्षेत्रको विकास गर्नुपर्छ । तब मात्र व्यापार घाटा कम हुन्छ । हाम्रो अर्थतन्त्र दलाल पुँजीवादीको हातमा गएको छ । दलाल पुँजीवादले राष्ट्रिय उत्पादनको अभिवृद्धि गर्दैन । यसको प्रकृति देशका युवा शक्तिलाई विदेश निर्यात गरी उनीहरुकोे रगत र पसिनाबाट साटेको रेमिट्यान्सबाट प्राप्त रकमले उतैबाट उत्पादन भएको समान आयात गरी ठूलो रकम कमिसनबाट आर्जन गर्ने रहेको छ । तसर्थ दलाल पुँजीपतीहरुलाई विस्थापित गरी राष्ट्रिय उद्योगपतिहरुको हातमा राष्ट्रको मुख्य सम्पत्ति केन्द्रित हुनुपर्दछ । तबमात्र स्वाधीन अर्थतन्त्रको विकास हुन्छ । स्वाधीन अर्थतन्त्रमा मात्र मुलुकको व्यापारघाटा कम हुन्छ । जबसम्म हामीले यी कुराहरु व्यवहारमा ल्याउन सक्दैनौ तबसम्म हाम्रो व्यापारघाटाको आयतन उच्च रहन्छ ।  (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...

सहकारीमा स्वार्थी सिन्डिकेट

सार्वजनिक, निजी र सहकारी संस्थाको त्रि–कोणात्मक सहकार्यबाट मात्र देशको आर्थिक उन्नति हुने वास्ताविकता हो ।...

राजनीतिमा एउटा अनौठा पात्र वामदेव – १

पछिल्लो समय नेपाली राजनीतिमा अत्यधिक चर्चाका पात्र भए वामदेव । अझ पछिल्लो हप्ता त राज्यले गर्न नसकेको काम आफूले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै