logo

काउन्सिलको ‘फास्ट ट्रयाक’ विधि

 

दीपक खनाल
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल समाचारविरुद्ध परेका उजुरीलाई ‘फास्ट ट्रयाक’ विधिबाट टुंगो लगाउने कार्यलाई एक अभियानका रुपमा अगाडि बढाउँदै आएको छ । अदालतहरूमा समेत वादी/प्रतिवादीबीच सकेसम्म मेलमिलाप गराउने नीति रहेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (२) को अधिनमा रही उजुरीकर्ता र सम्बन्धित आम–सञ्चारमाध्यमबीच मेलमिलापको माध्यमबाट समस्याको समाधान दिन थालेको हो । यसैैक्रममा यही कात्तिक ८ गते बिहीबार प्रेस काउन्सिल सचिवालयको मध्यस्थतामा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच छलफल भई मेलमिलाप गराइएको छ । दुईपक्षबीच उजुरीकर्ताले पठाएको खण्डन जस्ताको तस्तै छाप्ने, उजुरीकर्ताको भनाइ राख्न पर्याप्त समय दिने विषयमा सहमति भएको छ । छलफलमा प्रेस काउन्सिल नेपालका तर्फबाट निमित्त मुख्य अधिकृत दीपक खनाल, उप–प्रशासकीय अधिकृत एवं आचारसंहिता अनुगमन उपसमितिका सचिव रामशरण बोहरा, विशेषज्ञ जगदीशप्रसाद पौडेल तथा ओशो तपोवनका तर्फबाट सदस्य राजु रिमाल, सदस्य–सचिव सुदीप पौडेल र सदस्य भोला ओडारी तथा नेपाल आज डटकमका सञ्चालक माधवप्रसाद गुरागार्इं र सम्पादक ध्रुव रिजाल सहभागी हुनुहुन्थ्यो । काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ सञ्चारमाध्यमको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा दिनहुँ उजुरी पर्ने गरेकाले त्यसलाई छिटो–छिटो किनारा लगाउन फास्ट ट्रयाक विधि अपनाउनुपरेको बताउनुहुन्छ । उहाँको निर्देशनमा काउन्सिलद्वारा यसअघि विभिन्न उजुरीकर्ता र आमसञ्चारमाध्यमबीच मेलमिलाप गराइँदै आएको छ । यसअघि देहायका मितिमा निम्नानुसार उजुरीकर्ता र आमसञ्चारमाध्यमबीच छलफलमार्फत सहमति गराइएको छ :–

१) मिति २०७५।१।१४ पूरा समाचार डटकमबाट नेपाल टेलिकमका विषयमा सम्प्रेषित सामग्री र सोमाथि नेपाल टेलिकमको तर्फबाट परेका उजुरीका सम्बन्धमा काउन्सिल र पूरा समाचार डटकमका सम्पादकबीच छलफल भई नेपाल टेलिकमबाट प्राप्त खण्डनलाई यसअघि प्रकाशित सबै समाचार शीर्षक उल्लेख गरी सोको विषयमा नेपाल टेलिकमबाट प्राप्त खण्डनको व्यहोरा स्पष्ट गरी खण्डन प्रकाशन गर्ने सहमति भएको
२) मिति २०७५।१।२७ गते व्यापारी सुवास श्रेष्ठका विषयमा सुशासन मन्यूज साप्ताहिक (सुशासनन्यूज डटकमसमेत) विरुद्ध परेको उजुरीका सम्बन्धमा मिडियाको तर्फबाट सम्पादक उत्तम अर्याल र व्यवस्थापक दिनेश अर्याल र उजुरीकर्ता र काउन्सिलको छलफल कार्यदलबीच उजुरीमा उल्लेख भएको फोनवार्ता, समाचारको आधारका विषयमा छलफल भएको थियो । यस सम्बन्धमा सुशासनन्यूज साप्ताहिकले उजुरीसँग सम्बन्धित विस्तृत विवरण उल्लेख गरी खण्डन प्रकाशन गर्ने र सो खण्डन पत्रिकाको अनलाइन संस्करणमा समेत प्रकाशन गर्ने सहमति भएको थियो
३) मिति २०७५।२।२ मा बारा जिल्लाको कलैयामा साझेदारी दैनिकले विभिन्न मितिहरूमा प्रकाशित समाचारका विरुद्ध जिल्ला कृषि विकास कार्यालय, बाराका वरिष्ठ कृष्ण विकास अधिकृतले मिति २०७४।६।२७ गते काउन्सिलमा दिनुभएको उजुरीका सम्बन्धमा पत्रिकाका सम्पादक श्यामबाबु प्रसाद यादव र काउन्सिलको कार्यदलबीच छलफल भएको थियो । छलफलपश्चात् उजुरीका विषयमा विवाद उत्पन्न भन्दा अगाडि वा पछाडिका समाचार, विज्ञापन प्रकाशन भएका सम्पूर्ण पत्रिकाको अंक उपलब्ध गराउन निर्देशन दिइएको थियो । सो पश्चात् पत्रिकाले माग भएका सबै अंक उपलब्ध गराएको थियो । यससम्बन्धमा कार्यदलले उजुरीकर्ता र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारसँग छलफल हुँदा उक्त विषयमा सञ्चारमाध्यम र जिल्ला कृषि कार्यालयमा प्रमुखबीच केही असमझदारी देखापरेपश्चात् उत्पन्न परिस्थितिलााई समाधानका निमित्त प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले दुवै पक्षलाई छलफलमा बोलाई भएको असमझदारी हटाउने आग्रह गरेपश्चात् मौखिक सहमति भएको व्यहोरा जानकारी भएको थियो । साझेदारी दैनिकले जिल्ला कृषि कार्यालय र त्यसका कार्यालयका प्रमुखका विषयमा पटक–पटक समाचार सामग्री सम्प्रेषण गरेकोे देखिन्छ । यसरी फलोअप न्यूजको रूपमा पटक–पटक सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइलाई स्थान दिनुपर्ने त्यसो नगरी एक पक्षीयरुपमा सम्प्रेषण भएको देखिएकोले पत्रिकालाई अब आइन्दा यस्ता सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालनामा सजग रहन सचेत गराउन कार्यदलको सिफारिसबमोजिम सचेत गराइएको ।
४) मिति २०७५।२।११ मा काउन्सिलबाट सञ्चारमाध्यमका स्वअनुगमन हुँदा एपीवान टेलिजिभनबाट मिति २०७५।२।५ गते बेलुका २०ः३२ बजे “क्थ्क्त्भ्ः ऋज्भ्ऋप्” कार्यक्रममार्फत प्रसारित व्यापारी सञ्जयघोष र चन्द्रमणि कट्टेल (सञ्चालक, पहिलो किताब अनलाइन) सँग भएको वार्तालापको अडियो र केही वर्षदेखि लण्डनमा बसोबास गर्दै आएकी क्षमता ढकालका विषयमा सञ्चारमाध्यममा आएका समाचारलाई कार्यक्रम उत्पादनको आधार बनाउँदा यस प्रकरणमा विभिन्न पक्षबाट पर्न आएका उजुरी र सोबारे भइरहेको छानबीन प्रक्रियाको ख्याल नै नगरी काउन्सिलका अध्यक्षज्यूँग अन्तवार्ता लिनेक्रममा अन्तर्वार्ताकारबाट एकातिर पूरै एकपक्षीय र आग्रहपूर्ण प्रश्न पटक–पटक राखिएको देखिएको एवं कार्यक्रम प्रस्तोताद्वारा यो संस्थाले न्याय दिँदैन, केही गर्न सक्तैन भन्दै प्रेस काउन्सिलको छविमा आँच पुग्ने, मिडिया जगतको एकमात्र स्वायत्त र नियामक निकायको भूमिकालाई विवादमा तान्ने गरी निष्कर्षपूर्ण टिप्पणी गरिएको स्वअनुगमनबाट देखिएको सन्दर्भमा मिति २०७५।२।१३ गते काउन्सिल र सञ्चारमाध्यमको तर्फबाट व्यवस्थापक, कार्यक्रम सञ्चालक र संवाददाताबीच सो विषयमा थप छलफल हुँदा काउन्सिलको मर्यादामा आँच पु¥याउने मनसायले कार्यक्रम निर्माण नभएको र अन्तर्वार्ताको शैली र प्रश्नको आसमा असन्तुलित जस्तो देखिएको प्रति आगामी दिनमा सजग रहने र केही कमीकमजोरीलाई सच्याई अगाडि बढाउनेतर्फ तत्परता रहने, आइन्दा काउन्सिलको मर्यादा प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने सहमति भएको ।
५) मिति २०७५।२।१६ मा काउन्सिलमा परेका उजुरी, यसको प्रकृति र काउन्सिलका आचारसंहिताको कार्यान्वयनको पाटोका सम्बन्धमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा र काउन्सिलबीच काउन्सिलमा प्राप्त उजुरी, कारबाही प्रक्रियाका विषयमा छलफल भएको थियो । काउन्सिलमा प्राप्त कान्तिपुरसँगसम्बन्धी उजुरीका सम्बन्धमा भएका केही समस्या वा एभलमष्लन भएका उजुरी भएमा तत्काल प्रतिउत्तर पठाउने र आगामी दिनमा काउन्सिलका तर्फबाट उजुरी विषयमा कार्य गर्न यअबएयष्लत खडा गरी समाधान गर्ने एवं प्राप्त उजुरीका सम्बन्धमा एक पटक प्रारम्भमा अनुगमन तथा अनुसन्धान गरी प्रक्रिया अगाडि बढाउनेतर्फ कार्य अगाडि बढाउने सहमति भएको ।
६) मिति २०७५।२।२३ मा मोरङ अनलाइनबाट पुस २९ गते व्बलगबचथ ज्ञद्ध, द्दण्ज्ञठ मा ‘दुःखद खबर जीप दुर्घटनामा एमाले अध्यक्ष खड्गसहित ५ जनाको मृत्यु’ भन्ने शीर्षकमा प्रकाशित संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित पाँच जनाको मृत्युको समाचारमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीको तस्बिर प्रयोग गरी पाठकवर्गमा भ्रम छर्ने नियतले असान्दर्भिक तस्बिर प्रयोग र यस्तै प्रकृतिका अपुष्ट सामग्रीहरू सम्प्रेषण गरी आफ्नो भ्यूअर बढाउने उद्देश्यले आपत्तिजनक सामग्रीहरू सम्प्रेषण गर्ने गरेकोप्रति छानबिन गरी थप अध्ययन गर्नका निमित्त अध्ययन अनुसन्धान कार्यदलले पूर्वाञ्चलको इटहरीमा अनलाइन सञ्चालकसँग छलफल भयो । छलफलमा अनलाइन सञ्चालकबाट काउन्सिलको निर्देशनपश्चात् कुनै सामग्री अपडेट नगरेको र अब उप्रान्त यस नामबाट अनलाइन सञ्चालन नगर्ने, यसको होस्टिङ नवीकरण नगर्ने, अब आइन्दा यस्तो गल्ती नदोहो-याउने, आचार संहिताबारे कुनै जानकारी नभएर यसो हुन गएको हो । अबउप्रान्त पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सहमति भएको ।
७) पाथीभरा अनलाइन डटकमबाट विभिन्न मितिमा विभिन्न शीर्षक राखी दुर्घटनाको समाचारमा अत्यन्तै आपत्तिजनक एवं विभत्स तस्बिर सम्प्रेषण भएको सम्बन्धमा मिति २०७५।३।४ गते भएको कार्यदल र पाथीभरा अनलाइन डटकमका सञ्चालकबीच छलफल भएको थियो । छलफलमा सञ्चालकले यसबाट पर्न गएको असुविधा अप्ठ्यारा र प्रेस काउन्सिलको नियम विनियमविपरीत भएकाले यस अनलाइनका तर्फबाट माफी माग्दै अगाडिका दिनहरूमा प्रेस काउन्सिलको मर्यादालाई शिरोधर गर्दै हामीबाट यस्तो गल्ती नहुने, यसका साथै अनलाइन रजिष्ट्ररका सम्न्धमा यो अनलाइन भर्खरै संचालनमा आएको र यसलाई छिटोभन्दा छिटो सम्पूर्ण प्रक्रिया पूरा गरी काउन्सिलमा सूचीकृत गरिने, अब आइन्दा यस्ता सामग्री सम्प्रेषण नहुने, पत्रकार आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त भएको र सोहीबमोजिम सहमति भएको
८) साझेदारी दैनिक पत्रिकामा मिति २०७५ असार २९ गतेको अंकमा प्रकाशित ‘फेटा गाउँपालिकाका लेखापाल साहलाई ३० हजार घुससहित अख्तियारद्वारा पक्राउ’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर प्राप्त उजुरीका विषयमा मिति २०७५।४४ गते उजुरीकर्ता पत्रकार श्यामबाबु शाह र साझेदारी दैनिकबीच काउन्सिलको रोहबरमा काउन्सिल सचिवालय छलफल हुँदा स्पष्ट नाम किटान स्पष्ट स्रोत खुल्नेगरी समाचारमा उजुरीकर्ताको नाम उल्लेख भएको अवस्थामा सम्बन्धित पक्षको भनाइ राख्नुपर्नेमा त्यस्ता हुन नसकेबाट सन्तुलन कायम हुन नसकेकोले आइन्दा यस्ता सामग्री सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सचेत रहने सहमति भई मेलमिलाप भएको ।
९) अन्नपूर्ण पोष्ट दैनिकमा २०७४।१२।१ गतेका अंकमा प्रकाशित ‘उपभोक्ता अधिकारको आडमा ठगी’ शीर्षकमा प्रकाशित समाचार सम्बन्धमा मिति २०७५।५।१ गते काउन्सिल र उजुरीकर्ता अप्सरा कोइरालाबीच काउन्सिल सचिवालय छलफल हुँदा अन्नपूर्ण पोष्ट दैनिकलाई उजुरीको सम्बन्धमा प्रतिक्रिया जनाइदिनका लागि पुनः पत्र पठाउने र खण्डन छाप्न सूचित गर्ने निर्णय भएको ।
१०) नादा एक्सप्रेस साप्ताहिकको २०७५।३।२३ गतेको अंकमा प्रकाशित ‘लाखौं उठाई दिन्छु भनी महिलालाई ललाई फकाई पोखराका एक दलाल महिलाले भारत पु¥याएको खुलासा’ शीर्षकको समाचारलाई लिएर विष्णु गुरुङ, निरमाया पुन कास्कीले दिनुभएको उजुरीको सम्बन्धमा नादा एक्सप्रेस साप्ताहिक, राष्ट्रबैंक चोक, पोखरालाई मिति २०७५।५।१ गते काउन्सिलमा छलफलको लागि बोलाइएकोमा मिति २०७५।५।८ गते आउँछु भनी सम्पर्कमा नआएकोले नादा एक्सप्रेस साप्ताहिकलाई अवज्ञाकारीको सूचीमा राख्ने निर्णय भएको ।
११) प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द, नेपालका अध्यक्ष रामेश्वर बोहराले चेष्टा साप्ताहिकविरुद्ध दिनुभएको उजुरीको सन्दर्भमा चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमिल्सिना र काउन्सिल सचिवालयबीच मिति २०७५।५।८ गते छलफल हुँदा समाचारको खण्डन चेष्टा साप्ताहिकमा नै पठाउन उजुरीकर्तालाई पत्राचार गर्ने सहमति भएबमोजिम उजुरीकर्तालाई पत्राचार भएको ।
१२) मिडिया डबली डटकमबाट ‘यी हुन महिला कर्मचारीलाई कार्यालयभित्रै यौन शोषणमा परेकाहरूले जुलुस निकाल्ने’ शीर्षकमा प्रकाशित समाचार र सो समाचारबाट पीडित दिनेश अधिकारीको उजुरीका सम्बन्धमा मिति २०७५।५।१२ मा काउन्सिल र सञ्चारमाध्ययमबीच छलफल भएको थियो । सो समाचारमा प्रयोग भएको तस्बिर, समाचारको सन्तुलनता र समाचारको स्रोत अपुष्ट भएको ठहर भई अनलाइनको तर्फबाट क्षमायाचनासहित खण्डन प्रकाशन गर्न र आगामी दिन आचारसंहिता पालनामा सजगत रहने प्रतिबद्धता व्यक्त गर्ने र क्षमायाचना तथा खण्डन प्रकाशनको लिंकसहित जानकारी काउन्सिल र उजुरीकर्ता दुवै पक्षलाई गराउने सहमति भएको काउन्सिलबाट सम्पत्ति सम्पूर्ण मुख्य–मुख्य कार्यहरूको विवरण प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिँदै आएको छ । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने जानकारी गराइन्छ । खनाल प्रेस काउन्सिलका नि. मुख्य अधिकृत हुन् । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...

सहकारीमा स्वार्थी सिन्डिकेट

सार्वजनिक, निजी र सहकारी संस्थाको त्रि–कोणात्मक सहकार्यबाट मात्र देशको आर्थिक उन्नति हुने वास्ताविकता हो ।...

राजनीतिमा एउटा अनौठा पात्र वामदेव – १

पछिल्लो समय नेपाली राजनीतिमा अत्यधिक चर्चाका पात्र भए वामदेव । अझ पछिल्लो हप्ता त राज्यले गर्न नसकेको काम आफूले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै