logo

नेपाली चलचित्र, ग्ल्यामर्सको व्यापार छैन अपार

लक्ष्मण सिटौला
केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन् भने यसलाई ग्ल्यामर्स भनिन्छ । अन्डरबेयर र गन्जी लगाएर यदि केटाले फोटो सुट ग-यो भने बहुला भन्छन् । अर्थात् यसको कुनै तुक रहँदैन । र केटाले यसरी फोटो पनि खिचाउँदैनन् । लाज हुन्छ भन्छन् । समाजले के भन्ला भन्छन् । समाज एउटा डरको घर पनि हो । समाज छ भने त्यहाँ नियम छ नियन्त्रण छ र नियमन पनि छ । समाज व्यक्ति –व्यक्तिको सम्पूजन पनि हो । अहिले केटीभन्दा केटाहरु लज्जानुभूति गर्छन् । कुनै केटा मोडलले अन्डरगार्मेन्ट र गन्जी लगाएर आपूmलाई ग्लामर्स देखाएको मैले देखेको छैन । तर त्यही पहिरन भिर्न र मोडल बनेर आफूलाई देखाउन केटीहरु सहजै लाज घिन पचाउँछिन् । नांगो हुन तयार हुन्छिन् । कतिपय अन्तर्वार्तामा हिरोनीहरुले भन्छन् कि कथाले माग्यो भने नांगो हुन पनि तयार छौँ भनेर । यो भन्नुको आशय के हो ? कथाले माग्यो भने जे पनि गर्ने ? कथाले जे पनि माग्न सक्छ । कथाले तिम्रो नारी अस्मिताको लिलामी माग्छ त्यो पनि पस्किन तयारी छौ त ? चलचित्र निर्माताहरुले ग्ल्यामर्सका नाउँमा र लगानी सुरक्षाका नाउँमा हिरोनीहरुलाई सकेसम्म नग्न पार्न खोज्छन् । तर अहिलेका दर्शक हिरोनीको नग्नता मात्रै हेर्ने उद्देश्यले हलमा जाँदैनन् । एउटा राम्रो कथावस्तु, नेपालीपन, देशकाल परिस्थितिको विम्ब, समाज परिवर्तनका मुद्दा, चोखो प्रेमको शालीन प्रस्तुति, पापीको हार र सतकर्मीको विजयलाई दृश्यमा देख्न चाहन्छन् नेपाली दर्शक ।

सधैँ नांगोपन विक्तैन । सधैँ यौन बिक्तैन । सधैँ जवानीको आगो बलिरहँदैन । सधैँ नदीमा बाढी पनि आइरहँदैन । नदीहरु सङ्लोमा नै सुन्दर शान्त र शालीन देखिन्छन् । नांगो हुनु ग्ल्यामर्स होइन । नेपाली दर्शकले खोजेको हिरोइजम हिरोनीको पेन्टी र ब्रा को बेजोड प्रदर्शन होइन । नांगोमा हिरोइज्म हुन्छ भन्ने भ्रमको पत्ता फ्याँकेर दर्शकलाइ मूर्ख बनाउने समय गइसक्यो अब । ग्ल्यामर्सका नाउँमा पहिलेका निर्माताहरुले धेरै अबोध नारीहरुलाई नङ्याय । अझैसम्म पनि त्यस्को अवशेष बाँकी नै छ । पुँजीवादी संस्कृतिमा स्त्री मनोरञ्जनका साधन बनिरहन्छन् । स्त्रीलाई निरीह पात्रका रूपमा उभ्याउने र उस्को शरीरको अधिकतम उपयोग गर्नु पुँजीवादी संस्कृतिको परम्परा हो नेपाली चलचित्रमा हिरोलाइ हिटलर र हिरोनीलाई सीताजस्तै आदर्श, त्याज्य, परित्यक्ता र भोग्याका रूपमा देखाउने प्रचलन अझै छ । फिल्मलाई कमर्सियलाज गर्नु भनेको हिरोनी र उसको नग्नतासँग सम्बन्धित छ । कमर्सियलाइजमा न त कथा महत्वपूर्ण हो, न त गीत सङ्गीत महत्व हो न त प्रस्तुतीकरण महत्व हो त्यही मात्रै महत्व जो हिरोनीको नितम्ब, हिरोनीको वक्षस्तल, हिरोनीको अर्धनग्नता र नांगो नाच ।

हाम्रोमा शिक्षित र शालीन हिरोनीको अभाव छ । अझैसम्म पनि नेपाली फिल्मी जगतमा चलचित्र क्षेत्रमा लागेका नारीहरुलाई त्यति राम्रो दृष्टिकोणले हेरिँदैन । चलचित्र (कला र संस्कृति पस्कने माध्यम नभएर यौवन र यौन पस्किने साधन बनिरहेको परिवेशमा इतिहासमा केही त्यस्ता चलचित्र पनि बने जसले नेपाली समाज र संस्कृतिलाई विम्बित गर्न सफल भए । नेपाली चलचित्रको माध्यमिक काल २०२९ देखि २०४६ सम्म बनेका नेपाली चलचित्रमा पक्कै नेपाल र नेपालको पहिचान बोलेको थियो । हुन त २०२३ सालमा बिएस थापाको निर्देशनमा बनेको माइतीघर चलचित्रले पनि नेपाली कला संस्कृतिको उठान गरेको छ । चलचित्र के हो भन्ने राम्रो सग नबुझ्ने नेपाली परिवेशमा पनि यो चलचित्रले नेपाली दर्शकलाई धेरै कुरा बुझाउन सफल भयो । त्यसपछि बन्ने नेपाली चलचित्रको इतिहासमा यो चलचित्रले एउटा कोसेढुंगाको काम गरेको छ । सिन्दुर , मनको बाँध, बदलिँदो आकाश, कुमारी, कान्छी जीवन रेखा, तीनै कोटीका चलचित्र हुन जहाँ ग्ल्यामर्स होइन नारी पात्रलाई आदर्शका रूपमा विशिष्टीकरण गरिएको थियो । नारी भनेको सम्मानका पात्र हुन यिनको सुरक्षा गर्नुपर्छ भन्ने भावको प्रचुर विकास भएको थियो त्यो बेलामा । जब फिलिम कमर्सियल बनाइन्छ यसको मतलब यो हुन्छ कि यसमा नारी पात्रको दुरुपयोग । अहिले नेपाली समाज धेरै खुला भइसकेको छ । हामीमा हाम्रो संस्कृति भन्ने नै बिस्तारै हराउँदै छ । सि ग्रेडका हिन्दी फिल्महरुमा पनि नारी पात्रको यौन अंगको प्रदर्शन गरिएको हुन्छ । सि ग्रेडको फिलिम हेर्ने दर्शक पनि सि ग्रेडकै हुन्छन् । ग्रेडचाहिँ हेर्ने दर्शक र फिल्मको प्रस्तुतीकरणमा भर पर्छ । परम्परागत धारमा नै फिल्म बनाउनुपर्छ भन्ने छैन । तर, कथाचाहिँ मंगल ग्रहबाट ल्याउनुपर्छ भन्न खोजेको पनि होइन । कथा त मानिसकै हुन्छ । मानिसभित्रका अनन्त कथाहरूलाई समेटेर कथा बनाइन्छ । कुनै कथा करुण होलान् कुनै कथा प्रेमका होलान्, कुनै कथा संघर्षका होलान् । किन कुनै निर्माता हिरोनीको अंग प्रदर्शन नै गर्न चाहन्छन बुझ्न सकिएको छैन ।

कथाले कहिले पनि स्वाभाविक रूपमा नारीको अंग प्रदर्शन माग्दैन । कथा यसरी नै बनाउन लगाइन्छ । यसको स्कृप्ट नै त्यसरी नै लेख्न लगाइन्छ जहाँ हिरोनीका अंगहरु निर्वाध रूपमा प्रदर्शन गरेर फिल्म बेच्न सकियोस् । अझैसम्म पनि विज्ञापनमा महिला नै देखाइन्छ । महिलाका यौनांग नै विज्ञापनको स्रोत बनिरहेको छ । रक्सीको बोतलसँग महिला देखाइन्छ । नेपालका अनेक टिभी च्यानलदेखि छापा मिडियाहरुमा रक्सी र नारीलाई सँगै देखान्छ । एकातिर नारी अस्मिता रक्षाका लागि हामी आचार संहिता लागू गर्छौं अर्कोतिर तिनै नारीलाई ग्ल्यामर्सका नाउँमा मनलाग्दी नग्याउँछौँ । यहाँ भनाइ र गराइमा कति भिन्नता छ हामी नै सोच्न सक्छौं । रक्सीको विज्ञापनमा किन महिलाको फोटो राख्नुपर्ने ? पुरुष जति रक्स्या हुन्छन् स्त्री पनि त्यतिकै रक्स्या हुने हो भने सम्भवतः यो समाज यति भयग्रस्त भइसकेको हुने थियो कि हामी कल्पना पनि गर्न सक्तैनौँ । चलचित्र मानिसलाई स्वस्थ मनोरञ्जन दिनाका लागि निर्माण हुनुपर्छ न कि यौन उत्तेजना फैलाउने द्वैध अर्थ बोक्ने संवाद र दोहोरो चरित्र बोक्ने हाउभाउ । मानिसले नीलो चलचित्र पनि निर्माण गरिरहेकै छन् । यसको पनि आ–आफ्ना ठाउँमा महत्व होला नै त्यस्को आफ्नै सीमा र सीमितता होला तर विशुद्ध प्रेमकथामा वा सामाजिक बहसमा समाजको जल्दाबल्दा विषयमा फिल्म निर्माण गर्दै हुनुहुन्छ भने बिक्री व्यापारका नाउँमा किन कथाले मागेको भन्दै हिरोनीलाई ब्रा र पेन्टीमा नांगो पार्नुहुन्छ ? कि प्रोनो फिल्म नै बनाउनुस् कि शुद्ध चलचित्र मात्रै बनाउनुस् किन एउटामा नै सन्सार जबर्जस्ती घुसाउनु हुन्छ पनको ? ।

संस्कृति बाँच्यो भने मात्रै देश बाच्ने हो । मानिस मात्रै बाँचेर देश बाँच्ने होइन । किन भुटान भुटान जस्तै छ ? किन नेपाल नेपाल जस्तै छ ? किन तिब्बत तिब्बत जस्तै छ ? धनी संस्कृतिले गरिब संस्कृतिलाई लोप बनाइदिन्छ । जस्तो अंग्रेजहरुको भाषा अंग्रेजीले आज विश्वका भाषालाई निरीह बनाइरहेको छ । अंग्रेजको अगाडि हामीले अंग्रेजीमै कुरा गर्नुपर्ने बाध्यता छ । अंग्रेजी भाषाकै कारण विश्वका कतिपय भाषाहरु लोपोन्मुख अवस्थामा आइसकेका छन् । चलचित्रले भाषाको पनि प्रतिनिधित्व गर्छ । साहित्य, चलचित्र, संगीतबाट पनि भाषाको उन्नति र विकासका लागि प्रशस्त मात्रामा सम्भावना रहन्छ । हामीले नेपाली चलचित्र निर्माण गर्दा शुद्ध नेपाली भाषालाई पनि ध्यान दिन सकिरहेका छैनौँ । अशुद्ध र अंग्रेजी लवजमा डायलग डेलिभरी गर्न सक्यो भने त्यो हिरो हिरोनी हिट खान्छन् । नेपाल अधिराज्यभरि खोलिएका निजी बोर्डिङले नेपाली भाषालाई यसरी सफाय बनाइरहेका छन कि कक्षा कोठामा नै नेपाली बोल्न ब्यान्ड गरिएको छ । स्कुल छिरेदेखि छुट्टी नभएसम्म एउटा नेपाली विद्यार्थीले नेपाली बोल्न पाउँदैन । नेपाली बोल्यो भने फाइन लगाउने चलन छ । हाम्रा विद्यार्थीहरु अंग्रेजीमै खान्छन् अंग्रेजीमै पढ्छन् अंग्रेजीमै हिँड्छन् अंग्रेजीमै सपना देख्छन् र अंग्रेजीमै बिहान उठ्छन् । सुत्दा गुडनाइट पापा उठ्दा गुड मर्निङ ममी ब्रेकफास्ट ममी । अंग्रेजी जान्नु राम्रै हो तर नेपाली भुल्नुचाहिँ अपराध हो पाप हो देशद्रोही हुनु हो । सिके रावत आज हरेक बोर्डिङ स्कुलले उत्पादन गरिरहेका छन । तपाईंलाई सजाय दिनु भनेको आफ्नो भूगोल भाषा संस्कृतिबाट अलग पारिदिनु हो ।

भाषा र संस्कृति सक्रियपछि तपाईंसँग बाँकी रहने भनेको चिज नै के छ र ? शरीर त हिंस्रक जन्तु किराहरुले पनि पाएकै छन नि । चलचित्रमा भाषाले भेषले संस्कृतिले महत्वपूर्ण भूमिका राख्छ । अमेरिकीले बनाउने चलचित्र र नेपालीले बनाउने चलचित्र उस्तै हाउभाउ र खुल्लम खुला भयो भने नेपाली चलचित्रको पहिचान के त ? आज विश्वमा लोप भएका र लोपोन्मुख संस्कृतिको खोजी हुँदैछ । मानिस जहिले पनि आफ्नो आदिम इतिहासप्रति गर्व गर्छ । ऊ आफ्नो पुर्खाले निर्माण गरेको इतिहासलाई माया गर्छ विदेशीहरु आदिम संस्कृति खोज्न नेपाल आउँछन् तर हामीचाहिँ हामीसँग भएको आफ्नै संस्कृतिलाई मेटाउने प्रयत्नशील छौँ । हामीलाई पश्चिमी संस्कृति प्यारो छ र विस्तारै चलचित्रका माध्यमबाट तिनै संस्कृति भित्र्याइरहेछौ । शुद्ध नेपाली विक्तैन यसलाई ठिमाहा पार्नुपर्छ अनि बिक्री हुन्छ । अहिले ढिकीमा चामल कसले कुट्छ खोइ समय त्यति धेरै । अहिले सेलर होलरमा मिलमा चम्काएको प्लास्टिक मिश्रित चामल बिक्छ । मानिसहरूले प्लास्टिक र विषादीको बाटो सम्हाउन थालिसकेका छन् । नेपाली समाज यति छाडा भइसकेको छ कि पोर्न फिलिम आउने वेबसाइड बन्द गर्दा यहाँ नेपालका हिरोनीहरुले नै यो बन्द गर्नु हुँदैन भनेर वक्तव्य निकाल्छन् । निर्मला पन्तको हत्यापछि सरकार निकै हतोत्साहित भएको छ कि हामी कति धेरै खुल्ला भइसकेको रहेछौ यौयको ममी र यौन विकृतिले कसरी नेपाली समाजलाई गाजिसकेको रहेछ भनेर ।

कुनैकुनै कुरामा मानिस पशुभन्दा पनि निच र घृणित देखिन्छन् । बलात्कार गरेर एउटी अन्जान नारीलाई किन मार्नु ? यो आदिम प्रवृत्तिबाट मानिस कति धेरै चुकेको छ कि बयान गर्न पनि सकिन्न । नेपालमा यौन हिंसा जगाउन नेपाली चलचित्र र भारतीय सि ग्रेडमा बनेका चलचित्र पनि त्यतिकै जिम्मेवार छन् । नेपालमा यौन हिंसा बढाउन जिम्मेवार स्वयं महिला पनि छन । कथाले माग्यो भने बेड सिन दिन पनि तयार छु भनेर मिडियामा सस्तो अन्तर्वार्ता दिने सस्ता हिरोनीहरुलाई सोधपुछ गर्नुपर्ने हुन्छ कि नेपालमा यौन हिंसालाई मलजल गर्न ब्रा र पेन्टीमा उत्रेका नग्न हिरोनीहरु कतिको जिम्मेवार छन भनेर । एकथरी हिरोनीहरु छन कि पुरुषको माग नै नग्नताप्रति छ हामी दोषी होइनौ दोषी त ती पुरुष हुन जो सधैं स्त्रीलाई नांगो मात्रै हेर्न चाहे । अबका दिनहरु झन भयग्रस्त हुन सक्छ यदि नियन्त्रण हुन सकेन भने । तपाईं हामी सबैले सहयोग गरुँ । चलचित्र कर्मीहरुले हिरोनीलाई ननंग्याऊँ, अफिसदेखि घरसम्म नारी मैत्रीपूर्ण बनाऊँ, विज्ञापन वयावसायीले रक्सीको बोतल छेउमा नितम्ब देखाएर नारीको तस्बिर नहालूँ । रक्सी र नारीमा उस्तै भाव दर्शाउन खोजेको हो भने एक्छिन त्यो दृश्यमा आफ्नी आमालाई उभ्याएर हेरुँ कति पीडा थपिन्छ । नारीलाई विज्ञापनमा प्रयोग गर्न बन्द गरुँ । यो पनि एक प्रकारको यौन हिंसा नै हो । नारी कुनै वस्तु र व्यापारसँग सम्बन्धित रहन्न । नारी सौन्दर्यका नाउँमा हरेक वर्ष हुने सौन्दर्य प्रतियोगिता पनि बन्द गरुँ । व्यवसायको नाउँमा नारीमाथि भएको थिचोमिचो अन्तः गरुँ । सिनेमा नारीप्रधान बनाऊँ । व्यापारका नाउँमा नारी अस्मिताको धज्जी नउडाऊँ ।  (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...

सहकारीमा स्वार्थी सिन्डिकेट

सार्वजनिक, निजी र सहकारी संस्थाको त्रि–कोणात्मक सहकार्यबाट मात्र देशको आर्थिक उन्नति हुने वास्ताविकता हो ।...

राजनीतिमा एउटा अनौठा पात्र वामदेव – १

पछिल्लो समय नेपाली राजनीतिमा अत्यधिक चर्चाका पात्र भए वामदेव । अझ पछिल्लो हप्ता त राज्यले गर्न नसकेको काम आफूले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै