logo

उन्नत तोरीको बीउ वितरण

दाङ, असोज २६
तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ । उपमहानगरपालिकाभित्रका १९वटै वडाका ६९५ किसान, १३ कृषक समूह र तीन सहकारीलाई सो बीउ वितरण गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक केसीले जानकारी दिएका छन् । सबैभन्दा बढी अनुदानको बीउ वडा नं १ र २ का किसानले लिएका छन् । उक्त बीउको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरिएको छ । कृषि विकास कार्यालयले पनि उक्त उपमहानगरपालिका–१२ को उरहरीमा बीउ उत्पादन कार्यक्रम शुरु गरेको छ । बीउ उत्पादनको जिम्मा पशुपति आत्मनिर्भर सहकारी संस्थालाई दिइएको छ । जिल्लामा १७ हजार ८८५ हेक्टर जग्गामा तोरीखेती, एक सय हेक्टरमा रायो, एक सय हेक्टरमा सस्र्यु, २५० हेक्टरमा आलस, र २०३ हेक्टरमा सूर्यमुखीको खेती हुदै आएको सरकारी तथ्याङ्क छ । उक्त उपमहानगरपालिकामा ४२ हेक्टर जमिनमा तोरीखेती हुँदैआएको छ। जिल्लामा गतवर्ष १८ हजार ८०० मेट्रिक टन तोरी उत्पादन भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ज्ञानलक्ष्मी साकोसको ११औं साधारणसभा

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन, नारायणचोकमा रहेको ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११औँ...

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय...

ऐंसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती

जिल्लाको उत्तरी क्षेत्रको ऐेँसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती विस्तारको काम थालिएको छ । किसानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै