logo

क्यासिनो महाजोङ्गलाई सर्वोत्कृष्ट सम्मान

काठमाडौँ, असोज २६
सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङ्गले सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । भारतका पर्यटनमन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारत, नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा महाप्रबन्धक अमूल्यविक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो । विसं २०६९ पुस १२ मा क्यासिनो महाजोङ्ग सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम रु २५ करोड चुक्ता शेयर पूँजी भएको महाजोङ्ग इन्टरटेन्मेण्ट प्रालि आफैँले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आइरहेको छ । सो क्यासिनोले स्थापनाकालदेखि नै हालसम्म बुझाउनुपर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनै पनि राजश्व रकम बुझाउन बाँकी नरहेको बताइएको छ । हालसम्म कम्पनीले रु २८ करोडभन्दा बढी राजश्व दाखिला गरिसकेको छ । 
सो क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी र हजारौँ व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाइ लम्व्याउन समेत यसले महत्वपूर्ण भूमिका खेलेको छ । क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडी हवाई मार्गबाट आउने हुँदा यसको योगदान होटल व्यवसायतर्फ मात्र नभई वायुसेवा व्यवसायतर्फ पनि उत्तिकै रहेको छ । गत आवमा करीब एक लाख जनाले सो क्यासिनोमा खेलेका थिए । आधुनिक सामग्रीको सुविधा प्रदान गरे आधुनिक तवरबाट मनोरञ्जन केन्द्र सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरेर राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको लक्ष्य रहेको छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै