logo

दशैंको मोबाइल बजार

चिरञ्जीवी आचार्य
पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न थालेका छन् । यस्तोमा चाडबाड नजिकिँदै गर्दा स्मार्टफोनको बजारमा चपहपहल पनि बढ्दो क्रममा रहेको छ । यस्तोमा स्मार्टफोन निर्माताहरुले पनि आफ्नो व्यापार विस्तारको लागि चाडबाडको समयमा महत्वपूर्ण अफरहरु ल्याइरहेका छन् । यस्तोमा यो दशैंका लागि भने केही नयाँ उच्च गुणस्तरका स्मार्टफोनहरु आएका छन् । उच्च गुणस्तरको स्मार्टफोन किन्न चाहनेहरुका लागि यो दशैंमा निम्न उत्पादनहरु महत्वपूर्ण बन्नसक्छ– 
१. आईफोन एक्सएस, एक्सएस म्याक्स तथा एक्सआर :- केही समयअघि चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले तीनवटा नयाँ आईफोन ल्याएको छ । ती नयाँ आईफोनहरुमा आईफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर रहेका छन् आईफोन एक्सआरको सुरु मूल्य नै ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ  । यो एकदमै कम स्टोरेज क्षमताको हकमा तोकिएको मूल्य हो । त्यसैगरी एक्सएसको करिब १ लाख १४ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको आईफोन एक्सकै मूल्यबराबर हो भने एक्सएस म्याक्स ६४ जीबी मोडेललाई १ लाख २५ हजार रुपैयाँ पर्न आउँछ । आईफोन एक्सएस र एक्सएस म्याक्समध्ये एक्सएस ५.८ इन्चको छ भने म्याक्स ६.५ इन्चको रहेको छ । दुवैमा ओलेड एचडीआर स्क्रिन अर्थात् सुपर रेटिना डिस्प्ले रहेका छन् । यिनीहरु गोल्ड, सिल्भर र स्पेस ग्रे कलरमा उपलब्ध छन् । यिनीहरुमा १२ मेगापिक्सेल वाइड र टेलिफोटो लेन्सको डुअल क्यामरा रहेका छन् । त्यस्तै ७ मेगापिक्सेलको अगाडि क्यामरा रहेको छ, जसबाट पोट्रेट मोडमा समेत तस्बिर लिन सकिन्छ । यी दुवैको स्टोरेज तीन चरणमा छ, जुन ६४ जीबी, १२८ जीबी र ५१२ जीबी रहेका छन् । त्यसैगरी आईपी६८ वारट रेसिस्टेन्स रेटिंग रहेको छ । जसले २ मिटर गहिराइसम्म ३० मिनेटसम्म पानी छिर्न दिँदैन । ब्याट्री लाइफको कुरा गर्दा एक्सभन्दा एक्सएस ३० मिनेट बढीसम्म टिक्न सक्छ भने म्याक्स एक्सभन्दा डेढ घण्टा बढी समयसम्म टिक्न सक्छ । त्यस्तै अर्को महत्वपूर्ण विशेषता भनेको इ सिम प्रविधियुक्त डुअल सिम (दुई सिमयुक्त) भएको फोन हुन् यी दुवै भने फेस आईडीमार्फत अनलक गर्ने सुविधा रहेको छ । ३डी टर प्रेसर सेन्सिटिभ स्क्रिन रहेको स्टेरियो साउन्ड फोनमा रहेको छ । यी फोनमा आईओएस१२ सफ्टवेयर पनि रहेको छ ।

४. ओप्पो एफ ९ :- ओप्पो कम्पनीले आफ्नो लोकप्रिय एफ श्रृंखलाका नयाँ उत्पादन, ओप्पो एफ९ सार्वजनिक गरेको छ । मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनसहितको फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफ९ उपलब्ध रहेको छ । ओप्पो एफ९ चार जीबीको मूल्य ४१ हजार पाँच सय ९० रुपैयाँ र छ जीबीको मूल्य ४५ हजार पाँच सय ९० रुपैयाँ निर्धारण गरिएको छ । उद्योगकै पहिलो ६.३ इञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८ प्रतिशत स्क्रिन टू बडी रेसिया पृथक् ग्राडियण्ट कलर र तीन हजार पाँच सय एमएएच ब्याट्रीसहित ओप्पो एफ९ले उत्कृष्ट सेल्फीफंक्सनका साथै अन्य प्राविधिक पक्षमा समेत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने बताइएको छ । ओप्पो एफ९को भोक फ्ल्यास चार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

२. सामसुङ ग्यालेक्सी एस९ प्लस :- सामसुङको स्मार्टफोन ग्यालेक्सी एस९ र एस९ प्लस गरी दुई नयाँ मोडल पनि नेपाली बजारमा आएको छ । ग्यालेक्सी एस९ मा ५ दशमलव ८ ईञ्च र एस९ प्लसमा ६ दशमलव २ ईञ्चको डिस्प्ले छ । अन्य फोनको तुलनामा यी दुई फोनमा निकै राम्रा विशेषता रहेको छ । दुवै फोनमा १० एनएमएन ६४ बिट अक्टाकोर प्रोसेसर दिइएको छ । फोन ६४ जीबी, १ सय २८ जीबी र २ सय ५६ जीबी गरी तीन प्रकारका स्टोरेज अप्सनमा उपलब्ध हुने बताइएको छ । इन्टरनल मेमोरी माइक्रो एसडी कार्डको माध्यमबाट ४ सय जीबीसम्म बढाउन सकिनेछ । दुवै फोन मिडनाइट ब्लयाक, टाइटानियम ग्रे, कोरल ब्लू र लिल्याक पर्पल कलरमा उपलब्ध रहेका छन् । त्यस्तै फोनको अगाडिपट्टि एफर १.७ अपर्चरसहितको ८ मेगापिक्सलको अटोफोकस क्यामरा राखिएको छ । ग्यालेक्सी एस९ को पछाडि अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस)सहित सुपर स्पीड ड्युअल पिक्सलयुक्त १२ मेगापिक्सलको अटो फोकस क्यामरा छ । एस९ प्लसको पछाडिपट्टि आईओएससहित सुपर स्पीड ड्युअल पिक्सल भएको १२–१२ मेगापिक्सलका २ ओटा क्यामरा छ । एस९ मा फोर जीबी -यामसहित ३ हजार एमएएच क्षमताको ब्याट्री छ । ग्यालेक्सी एस९ प्लसमा ६ जीबीको -यामसहित ३ हजार ५ सय एमएएचको ब्याट्री छ । एप्पलको आईफोनमा एनिमोजी फिचर भएझैं यी दुई फोनमा एआर इमोजी फिचर दिइएको छ ।

२. हुवावे नोभा ३ :- चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू (नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ । मानव जीवनलाई पूर्ण सहज बनाउने गरी बनाइएको आकर्षक डिजाइनका यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली(एसओसी जडान गरिएको छ । हुुवावे नोभा थ्री तथा हुवावे नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू,२४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ । प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्न सक्छ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्छ । क्यामरामा भएका दुईवटा सेन्सरहरूले साँच्चै नै उत्कृष्ट फोटोहरू खिच्नसक्छ । सेल्फी खिच्ने मजालाई बढाउन हुवावे नोभा थ्री तथा हुवावे नोभा थ्री आई दुवैले दृश्य चिन्ने क्षमता पनि रहेको छ । हुवावे नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर१.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ । यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन गर्दछ । हुवावे नोभा थ्री आईमा शक्तिशाला रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ । उत्कृष्ट डिजाइन तथा आकर्षक रंग विकल्पहरूले हुवावेलाई फेसनएबल बनाएको छ । अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा यी स्मार्टफोनहरूको आकर्षक र पातलो पनि छ। दुवै फोनहरू आकर्षक रंगहरूमा उपलब्ध छन् । हुवावे नोभा थ्री तथा हुवावे नोभा थ्री आई दुवै यस वर्षको चर्चित रंग प्रयोग भएको छ । आइरिस ब्लूू, हुवावेका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै